९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महालेखापरीक्षक इतिहासमा पहिलो पटक महिला उमेद्वारको दाबेदारी

राममाया कुँवर
अ+ अ-

काठमाडौँ । रिक्त रहेको महालेखापरीक्षकको लागि पहिलो पटक महिला उमेद्वारको दाबेदारी प्रस्तुत भएको छ । महालेखापरीक्षक ६५ वर्षे इतिहासमा पहिलो पटक महिला उमेद्वारको दाबेदारी प्रस्तुत भएको हो । 

महालेखापरीक्षकको कार्यालयमा २० वर्ष कार्य गरेकी राममाया कुँवरले महालेखापरीक्षकको लागि दाबेदारी प्रस्तुत गरेकी हुन् । निजामती सेवामा ३१ वर्षको कार्य अनुभव भएकी कुँवरले कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी समेत निर्वाह गरिसकेकी छन् । २०२४ सालमा लमजुङमा जन्मिएकी कुँवरले मुखियादेखि सचिवसम्मको जिम्मेवारी निर्वाह गरिसकेकी छन् ।

महालेखापरीक्षकको लागि १६ जनाले दाबेदारी प्रस्तुत गरेकोमा उनी मात्र आवेदन दिने एक्ली महिला हुन् । गत साउनमा महालेखापरीक्षकको कार्यालयबाटै सेवा निवृत्त भएकी कुँवरले निवर्तमान महालेखापरीक्षक टङ्कमणि शर्मा दंगाल सेवाबाट हटेपछि केही समय कार्यवाहकको रूपमा भूमिका निर्वाह गरेकी थिइन् । 

राममाया २०४९ साल जेठ १ मा वन विभागमा मुखिया पदबाट निजामती सेवामा प्रवेश गरेकी थिइन् । उनले २०५३ सालमा खरिदार पदमा नाम निकालिन् भने २०५९ साल चैत्रमा शाखा अधिकृतका रूपमा महालेखापरीक्षकको कार्यालयमा प्रवेश गरेकी थिइन् । उनले २०६७ सालमा उपसचिव र २०६९ मा सहसचिवमा नाम निकालिन् । २०७५ साउन २३ गते विशिष्ट श्रेणी अर्थात् सचिवसरह उपमहालेखापरीक्षकमा बढुवा भएकी राममायाले करिब साढे दुई महिना कार्यवाहक महालेखापरीक्षक जिम्मेवारी समेत निवार्ह गरिन् । उनले गत साउन २३ मा अवकाश लिएकी हुन् ।

महालेखापरीक्षकको कार्यालयमा लामो समय काम गरेको अनुभव र कार्यवाहक महालेखापरीक्षक समेत भइसकेकाले उनलाई महालेखापरीक्षकको प्रमुख दाबेदार मानिएको छ । महालेखापरीक्षक जिम्मेवारी पाएमा सुशासन प्रवर्द्धन, आर्थिक तथा वित्तीय सुशासन कायम गर्नुका साथै गुणस्तरीय लेखा परीक्षण सेवा प्रदान गर्ने उनले बताइन् ।  

आफ्नो ऊर्जाशील समय नै महालेखापरीक्षकको कार्यालयमा खर्चिएकोले त्यही कार्यालयमा प्रमुख भएर आउने हुटहुटी राममायामा छ । राष्ट्रिय महिला आयोग बाहेकका संवैधानिक निकायमा महिला प्रमुख नभएको अवस्थामा महालेखापरीक्षकको कार्यालयले प्रमुख महिला पाउने सम्भावना पनि छ । 

कार्य अनुभवका साथै शैक्षिक योग्यतामासमेत आफू योग्य रहेको उनको भनाई छ ।सर्टिफिकेट लेबलमा आई कम र आईएल तथा व्यवस्थापनमा स्नातक गरेकी राममायाले जनप्रशासन र व्यवस्थापन गरी दुई विषयमा स्नातकोत्तर गरेकी छिन् भने लेखा परीक्षणलाई बुद्ध धर्मसँग जोडेर विद्यावारिधि सक्दै छिन् । 

सार्वजनिक पदमा रहे पनि नरहे पनि आफ्नो योग्यता र अनुभवलाई नेपालको लेखा परीक्षण प्रणालीको सुधारमा केन्द्रित हुने उनको भनाई छ ।   

प्रतिक्रिया दिनुहोस