९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१८ वर्षसम्म शान्ति प्रक्रियाका काम टुंग्याउन नसक्नु हामी सबैको कमजोरी : सापकोटा

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले शान्ति प्रक्रियाका बाँकी चाँडै पूरा गर्नुपर्ने बताएका छन्। शनिबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता सापकोटाले १८ वर्ष लागिसक्दा समेत शान्ति प्रक्रियाका बाँकी काम पूरा नहुनु राष्ट्रिय कमजोरी भएको बताए।

‘१८ वर्ष लागिसक्दा पनि शान्ति प्रक्रियाको काम टुंगोमा पुर्‍याउन नसक्नु राष्ट्रिय रूपमा कमजोरी हो। यसलाई हरहालतमा टुंगोमा पुर्‍याउनुपर्छ भनेर सबैसँग अन्तरक्रिया र छलफल सम्माननीय प्रधानमन्त्रीज्यूले गरिरहनु भएको छ। एमाले, माओवादी र कांग्रेसबीच सहमति गर्न भरमग्दुर कोसिस भइरहेको छ। ढिला गरियो भने हाम्रो अन्तर्राष्ट्रिय शाख गिर्नेछ,’ उनले भने।

माओवादीका उपाध्यक्ष तथा प्रवक्तासमेत रहेका सापकोटाले चारपटक निर्वाचन भइसकेकाले शान्ति प्रक्रिया टुंगो लागिसकेको भए पनि कानुनी रूपमा लिपिबद्ध गर्न बाँकी रहेको बताए।

‘शान्ति प्रक्रिया नेपालको मौलिक हो। चार चोटिसम्म निर्वाचन भइसकेकाले कानुनले निश्चित गर्न बाँकी छ कि शान्ति प्रक्रिया टुंगो लागिसकेको छ। यति ठूलो सफलता हुँदा हुँदै सेना समायोजन भइसकेको छ। यसलाई निष्कर्षमा पुर्‍याएर घोषणा गर्न बाँकी छ। यो घोषणा गर्न विभिन्न खेलहरू भइरहेका छन्। समस्याहरू आइरहेका छन्। यसलाई टुंगोमा पुर्‍याउन राष्ट्रिय सहमति गराएर अन्तर्राष्ट्रिय समुदायहरूको पनि महत्वपूर्ण भूमिका हुन्छ। त्यसकारण उहाँले यहाँ गरिने कामको प्रतिबद्धता जनाउनुहुनेछ,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले अमेरिका पुगेर विश्व समुदायलाई नेपालले मौलिक रूपमा आफ्नो विशेषतासहितको शान्ति प्रक्रिया अगाडि बढाइरहेको जानकारी गराउने उनले बताए।

‘शान्ति प्रक्रिया टुंगोमा पुग्यो भनेर घोषणा गर्नका लागि तपाईंहरूको समर्थन चाहिन्छ भनेर प्रधानमन्त्रीज्यूले अपील गर्नुहुनेछ,’ सापकोटाले भने।

प्रतिक्रिया दिनुहोस