११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१५ खर्ब ७३ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति 

अ+ अ-

काठमाडौँ । आयातमा कमी र वैदेशिक मुद्रा आर्जन गर्ने प्रमुख स्रोत रेमिट्यान्समा भएको उल्लेख्य वृद्धिले बाह्य क्षेत्र सबल बन्दै गएको छ । 

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नै विदेशी विनिमय सञ्चित करिब ३४ अर्बले बढेर १५ खर्ब ७३ अर्ब १२ करोड पुगेको छ ।

२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको विदेशी विनियम सञ्चिति २.२ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा लगातार कमजोर बन्दै गर्दा नेपाली रुपैयाँमा विदेशी मुद्राको सञ्चित बढ्दै गए पनि अमेरिकी डलरमा पनि सञ्चित बढ्दै गएको छ । साउनमा विदेशी विनियम सञ्चिति ११ अर्ब ८५ अमेरिकी डलर पुगेको राष्ट्र बैंकले जनाएको छ । असारमा ११ अर्ब ७१ करोड रहेकोमा १ महिनामा १.२ प्रतिशतले बढेको हो । २०८० साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको दबाब बढ्दै गर्दा २०७८ पुसपछि विदेशी मुद्रामा कडाइ गरेको थियो । तर, पछिल्लो समय वैदेशिक भ्रमणमा जानेदेखि आयात गर्न एलसी खोल्दा पाउने सुविधा समेत बढाएको छ । तर, पनि विदेशी विनियम सञ्चिति भने बढ्दै गएको छ ।

आयातमा सङ्कुचन कायम रहेको र बिदेसी मुद्रा सञ्चिति बढ्दै जाँदा सञ्चिति पर्याप्तता सूचकमा पनि उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८०-८१ को साउन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १२.५ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।

२०८० साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २९.२ प्रतिशत, कुल आयातसँगको अनुपात ८५.७ प्रतिशत, विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू २६.३ प्रतिशत रहेको छ ।

२०८० असार मसान्तमा कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २८.६ प्रतिशत, कुल आयातसँगको अनुपात ८३ प्रतिशत, विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू २५.१ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस