१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकीमा जारी भयो गाईभैँसी कल्याण सम्बन्धी मापदण्ड

अ+ अ-

पर्वत । पशु कल्याणको अवस्थामा सुधार गर्नका लागि गण्डकी प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्था मन्त्रालयले व्यावसायिक पशुपालन फर्महरूले अवलम्बन गर्नुपर्ने गाई भैँसी कल्याण सम्बन्धी मापदण्ड जारी गरेको छ।

असल अभ्यास अवलम्बन गर्दै पशुपक्षीजन्य उपजको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न, त्यस्ता उत्पादनहरूको स्वच्छता अभिवृद्धि गर्न तथा आर्थिक लाभ बढाउन मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि कृषि तथा भूमि व्यवस्था मन्त्रालय र स्नेहाज केयरबीच सहकार्य गर्न समझदारी पत्र आदान प्रदान गरिएको छ।

मन्त्रालय, स्नेहाज केयर र नेपाल फार्मर्स एडभाईजरी काउन्सिल प्रा।लि। को संयुक्त प्रयासमा सरोकारवालाहरूबीच समग्र पशु कल्याण र विशेष गरी गाईभैंसी कल्याणका विषयहरूमा विस्तृत छलफल गरिएको थियो। गण्डकी प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जारी गरेको व्यावसायिक फर्महरूले अवलम्बन गर्नुपर्ने गाई भैँसी कल्याण सम्बन्धी मापदण्ड, २०७९ ले पशु कल्याणका क्षेत्रमा भोक, प्यास र कुपोषण हुन नदिने, डर, त्रास तथा तनाव हुन नदिने, भौतिक र शीत तथा तापजन्य असुविधा हुन नदिने, पिडा, चोटपटक र रोगब्याधीबाट सुरक्षित राख्ने र सामान्य प्राकृतिक व्यवहार अभिव्यक्त गरी बाँच्न पाउने स्वतन्त्रता गरी पाँच वटा क्षेत्रमा सम्बोधन गरेको छ।

मापदण्डमा दूध उत्पादनका लागि पालिएका पशु बाहेक भार वहन प्रयोजनका लागि प्रयोग गरिने बहर, गोरु, राँगा, भार तान्ने बाहेक थारो र अनुत्पादक पशुप्रति गरिने व्यवहार एवं अपनाइने विधिबारे उल्लेख गरिएको छ। छाडा तथा निवृत्त पशुको व्यवस्थापन सम्बन्धमा पनि मापदण्डमा व्यवस्था गरिएको छ। गाई भैँसीप्रति निर्दयी व्यवहार गर्न नहुने र गाई भैँसी प्रतिको जिम्मेवारी र उत्तरदायित्वका सम्बन्धमा समेत मापदण्डले व्यवस्था गरेको छ। मापदण्डमा तोकिएको ढाँचामा तयार गरिएको पशु कल्याण मापन सूचक अनुसार पशु कल्याण अवस्थाको मापन गर्ने र सो को अनुगमन मन्त्रालयबाट हुने, व्यवसाय विकास र सो को कार्यान्वयनको पक्ष समेत उल्लेख भएका छन्। त्यस्तै गाई भैँसीको ढुवानीमा सुधार ल्याउन वैज्ञानिक विधिहरूको अवलम्बन गर्ने भनिएको छ।

नेपालको सङ्घीय सरकारले पशु कल्याण विधेयक तयार गरी संसदमा पेस गर्ने तयार गरिरहेको अवस्थामा सो ऐन स्वीकृत र कार्यान्वयनको वातावरण तयार गर्न सबै कृषकहरू एवम् यस पेसामा संलग्न संघ/संस्थाहरूले पशु कल्याणको व्यवस्थापनमा स्वतःस्फूर्त सुधार गरुन् भन्ने मापदण्डको उद्देश्य रहेको स्नेहाज केयरकी निर्देशक स्नेहा श्रेष्ठ बताउँछिन्।

‘हामीले यस्तै किसिमका उदाहरणीय मापदण्डहरू निर्माण गरी लागू गर्न सकेमा पशु कल्याण सहितको स्वास्थ्यकर पशुपक्षीजन्य उत्पादन उपभोग गर्न पाउने उपभोक्ताको अधिकार समेत सुनिश्चित हुने र पशु कल्याणप्रति प्रतिबद्ध समुन्नत समाज निर्माणमा टेवा पुग्ने विश्वास लिएका छौँ’, उनी भन्छिन्, ‘वर्षौँदेखिको पशु कल्याण स्थापनाको अभियानलाई राज्यले पहिचान गरी सम्मानपूर्वक स्वीकार गर्दै सहकार्य गर्ने अवसर प्रदान गर्नु हामीजस्ता जस्ता तमाम पशु कल्याण अभियन्ताहरूको लागि निकै सुखद कुरा हो।’

पशु कल्याण सम्बन्धी कार्य गर्ने उद्देश्यले २०७२ सालमा ललितपुर महानगरपालिका–२१ मा स्थापित स्नेहाज केयरले विगत आठ वर्षदेखि पशु कल्याणका क्षेत्रमा विभिन्न कार्यहरू गर्दै आइरहेको छ। आवाजविहीन पशुपंक्षीहरुको उपचार, उद्धार तथा पुनर्स्थापनाका लागि विभिन्न गतिविधिहरूका साथै सामुदायिक कुकुरहरूको संख्या नियन्त्रणका लागि बन्ध्याकरण कार्यक्रम सञ्चालन, रेबिज रोग उन्मुलनका लागि बृहत् रेबिज विरुद्धको खोप कार्यक्रम सञ्चालन, छाडा तथा बेवारिसे गाई बाच्छाहरूको उपचार, उद्धार तथा पुनर्स्थापना, पशु कल्याणका लागि बोटबिरुवामा आधारित खानेकुरा सम्बन्धी सचेतनामूलक सामुदायिक शिक्षा कार्यक्रमका साथै विद्यार्थीहरूका लागि पशु कल्याण तथा मानवता सम्बन्धी सचेतना तथा ज्ञानमूलक शैक्षिक कार्यक्रमहरू पनि स्नेहाज केयरले गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस