८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ईन्द्रजात्रा अवलोकन गर्न अमेरिका र चीनबाट पाहुना आउने

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाको चिनारीसँग जोडिएको ईन्द्रजात्रा अवलोकनका लागि अमेरिका र चीनबाट पाहुना आउने भएका छन्। काठमाडौँ महानगरपालिकाले आज पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो।

महानगरका प्रवक्ता नवीन मानन्धरले दुवै देशबाट २२ जना पाहुना आउने बताए। अमेरिकाको फेडरिसवर्ग सिटी र चीनको नान्जिन, छेन्दु र झान्झाउ नगरपालिका र सियान सिटीबाट पाहुना आउने उनको भनाइ छ।

जात्राको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले महानगरले २०७६ सालबाट भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाबाट पाहुना बोलाउन थालेको हो। ती पाहुनालाई ईन्द्रजात्रा अवलोकन हुने रुटमा पर्ने हनुमान ढोका केन्द्रित सम्पदा पदयात्रा, हाँडीगाउँ, स्वयम्भू र भक्तपुर दरबार क्षेत्रको समेत अवलोकन गराउने तयारी भइरहेको मानन्धरको भनाइ छ। सबै पाहुनाहरू मङ्गलबार आइपुग्ने छन्।

जात्राको सुरुको दिन दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै कान्तिपुरी नगरीको परिक्रमा गरिने छ। असोज ११ गते इन्द्रजात्राको मुख्य दिन हो। सो दिन बढी भिडभाड हुने भएकाले व्यवस्थापन समितिले विशेष सुरक्षा बढाएको छ। उक्त दिन एक सय ८० स्वयंसेवक परिचालन गरी जनपथ र सशस्त्र प्रहरी तथा महानगरको प्रहरीले विशेष सुरक्षा दिने छ। जात्रा अवधिमा हुन सक्ने आगलागीको जोखिमलाई ध्यानमा राख्दै वारुणयन्त्रको समेत व्यवस्था गरिएको छ।

असोज १५ गते नानिचा याः अर्थात् अन्तिम दिन हनुमानढोका परिसर, प्याफल, नरदेवी, किलाघः, भेडासिंह, वंध (इन्द्रचोक) र मखन क्षेत्रमा सवारी निषेध गरिएको छ। कार्यक्रमअनुसार असोज ९ गते बिहान १० बजेर ३७ मिनेट जाँदा लिङ्गो ठड्याउने, असोज १० गते जीवित देवदेवी कुमारी, गणेश र भैरवको पूजा गरी रथयात्रा गराउने साइत छ। त्यस्तै, जात्राको अन्तिम दिन १५ गते जात्रासँगै राति ८ बजेर ३७ मिनेटमा लिङ्गो ढाल्ने कार्यक्रम छ।

जात्रामा राष्ट्रप्रमुखबाट जीवित देवी कुमारी, गणेश, भैरवको दर्शन गर्ने परम्परा छ। जात्राको प्रचलन मल्ल राजा जयप्रकाशका पालादेखि सुरु भएको विश्वास गरिन्छ।

प्रतिक्रिया दिनुहोस