१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिकित्सक सङ्घले भन्यो-चिकित्सकमाथि आक्रमण र स्वास्थ्यसंस्थामा हुलहुज्जत झन् बढ्यो

अ+ अ-

काठमाडौँ । देशका विभिन्न ठाउँमा चिकित्सकलाई लक्षित गरी भएका साङ्घातिक आक्रमण र स्वास्थ्य संस्थामा अस्वाभाविक हुलहुज्जत र गुण्डागर्दी बढेको भन्दै नेपाल चिकित्सक सङ्घले आपत्ति जनाएको छ ।

२७ भदौमा हेटौँडाको सञ्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण भएयता बुटवल, लमजुङ, मणिपाल शिक्षण अस्पताल पोखरा, विराटनगर, बघौडा अस्पताल चितवन, पाटन अस्पताल लगायतमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण भएको सङ्घले जनाएको छ ।

हेटौडामा भएको घटनालाई लिएर सरकारसँग सम्झौता गरेको एक हप्ता नपुग्दै देशको विभिन्न स्थानमा चिकित्सकमाथि आक्रमण हुनुले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुर्‍याएको सङ्घको ठहर छ ।

‘‘सरकार समक्ष गरिएको सम्झौताको हप्ता दिन पनि नहुँदै देशका विभिन्न स्थानमा चिकित्सकहरूलाई लक्षित गरी साङ्घातिक आक्रमण गरेर गम्भीर घाइते बनाइनु तथा स्वास्थ्य संस्थामा अत्यन्तै अस्वाभाविक, अनियन्त्रित हुलहुज्जत र गुण्डागर्दीले नेपालको स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुर्‍याएको छ’ सङ्घका महासचिव डा. सञ्जीव गिरीले विज्ञप्तिमा भनेका छन् ।

चिकित्सकमाथि आक्रमण गर्नेलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र पहिलो संशोधन ऐन २०७९ बमोजिम कानूनी कारबाही नगरिनु, सुरक्षाकर्मीहरूको भूमिका शङ्कास्पद हुनु तथा समग्र स्वास्थ्यकर्मीहरू अत्यन्तै असुरक्षित र भयभित भइरहेको विद्यमान अवस्थामा नियमित स्वास्थ्य सेवा प्रवाह गर्न सक्ने वातावरण नभएको सङ्घले उल्लेख गरेको छ ।

पोखरामा चिकित्सकमाथि लाठीचार्ज र हिरासतमा राखिएको घटनाले कानुनी राज्यको उपहास भएको समेत सङ्घले जनाएको छ । सङ्घले दोषीलाई कानुनको दायरामा ल्याई चिकित्सकीय सेवामा संलग्न जनशक्तिको सुरक्षा र कानुनी राज्य छ भन्ने प्रत्याभूति दिलाउन सरकारलाई आग्रह गरेको छ ।

सङ्घले चिकित्सकमाथि भइरहेका आक्रमणको घटनाका विषयमा भावी दिनमा अवलम्बन गर्नुपर्ने रणनीतिक भूमिकाका विषयमा छलफल गर्न भोलि १० गते विस्तारित बैठक बोलाएको छ । बैठकमा अस्पतालका निर्देशक, सङ्घका पूर्व पदाधिकारी, परिषद्का सदस्य, विभिन्न विशेषज्ञ सोसाइटीका पदाधिकारीहरू, सङ्घका शाखा कार्यालयका अध्यक्ष एवं सचिवहरू, रेजिडण्ट एशोसिएसनका पदाधिकारीहरू सहभागी हुने चिकित्सक सङ्घले बताएको छ ।

प्रतिक्रिया दिनुहोस