१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सञ्जाल प्रविधिको उपहार हो, निन्दा र भर्त्सना पोख्ने प्लेटफर्म बनाइयो : वर्षमान पुन

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सामाजिक सञ्जाल प्रविधिको उपहार भए पनि त्यसको चरम दुरुपयोगले समाजलाई गाँजेको बताएका छन्।

काठमाडौँको वनस्थलीमा आइतबार हाम्रो एकता खेलकुद क्लबले आयोजना गरेको खुला फुटसल प्रतियोगिताको उद्घाटन गर्दै उनले सामाजिक सञ्जालको सही र रचनात्मक प्रयोग गर्न सके मुलुक, समाज र मानिसको जीवनमै परिवर्तन ल्याउन सकिने उल्लेख गरे।

लोकतन्त्रमा आलोचना, विरोध र खबरदारी सबै ग्राह्य भए पनि सामाजिक सञ्जाल निन्दा र भर्त्सना पोख्ने प्लेटफर्ममा विकास हुँदै गएकामा पुनले चिन्ता जनाए। उनले कतिपय अवस्थामा मूलधारका सञ्चार माध्यमभन्दा सामाजिक सञ्जाल शक्तिशाली देखिने गरेको भन्दै फिल्टर नगरिएका मिथ्या र सूचनाका कारण व्यक्ति, राज्य र समूहहरूप्रति भ्रम पैदा हुने गरेको बताए।

आफूले बुझेको, आफूले सुनेको र आफ्ना आँखाले देखेको मात्र अन्तिम सत्य ठान्ने र अरूका कुरा नसुन्ने प्रवृत्तिले समाजमा विग्रह ल्याउन सक्ने उनको चिन्ता थियो।

‘कतिपय अवस्थामा मूलधारका सञ्चार माध्यमभन्दा सामाजिक सञ्जाल शक्तिशालीजस्तो हुने गरेको छ। व्यक्ति व्यक्तिका हातमा स्मार्ट फोन र सामाजिक सञ्जालका प्लेटफर्महरू छन्। प्रविधिले समाजलाई पत्रिका, रेडिओ, टेलिभिजन, बैंकिङ कारोबार सबैका लागि एउटा स्मार्ट बोमाइल भए पुग्ने अवस्थामा ल्याएको छ,’ उनले भने, ‘तर, प्रविधिको सही र रचनात्मक प्रयोग गर्न सक्ने समाज हाम्रो बनेको छैन। त्यसअनुसार सामाजिक चेतनाको विकास भएको छैन। आफ्नो धारणा नै सबैको धारणाजस्तो, आफूले बुझेको नै अन्तिम सत्यजस्तो, आफ्नो आँखाले देखेको कुरा नै सबै संसार हो भन्नेजस्तो भएका भएको छ।’

समाज अन्तरक्रियात्मकबाट क्रमशः साँघुरो व्यक्तिवादी प्रवृत्तितिर जान थालेको उनको ठम्याइ छ। सामाजिक सञ्जालमा भेटिएका सबै सूचना सत्य ठान्ने प्रवृत्तिले समाजलाई असहिष्णुतातिर धकेलेको तथा व्यक्ति, समाज र राज्यका बारेमा एकाङ्गी धारणाको विकास हुने अवस्था सुजना हुन थालेको निष्कर्ष उनले सुनाए।

तर, आलोचना गरेकै कारण नागरिकहरूलाई प्रविधिको उपयोगबाट रोक्ने नभई राजनीतिक दल र सरकारले एकाङ्गी बन्नबाट जोगाउन सक्नुपर्ने उनको भनाइ थियो। 

प्रतिक्रिया दिनुहोस