९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्व वरीयतामा स्तर खस्किए पनि एसियामा भने पहिलेजस्तै छ : त्रिभुवन विश्वविद्यालय

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विश्व वरीयतामा आफ्नो स्तर खस्किए पनि एसियामा भने नखस्किएको बताएको छ । मंगलबार त्रिभुवन विश्वविद्यालय, जनसम्पर्क महाशाखाले प्रेस विज्ञप्ति जारी गर्दै एसियाका विश्वविद्यालयहरूबीच भने त्रिविको स्तर पहिलेको जस्तै कायमै रहेको जनाएको हो ।

विश्व वरीयतामा पाँच वर्षदेखि आठ सयदेखि एक हजारभित्रको सूचीमा पर्दै आएको त्रिवि पछिल्लो सर्वेक्षणमा भने १२ सयदेखि १५ सयको सूचीमा खस्किएको हो । टाइम्स हायर एजुकेसनले सन् २०२४ का लागि गरेको सर्वेक्षण प्रतिवेदनले विगतमा भन्दा त्रिविको वरीयता कमजोर बनेको देखाएको हो ।

‘सन् २०२३ को टाइम्स हाइएर एजुकेसन स्तर मापन अनुसार त्रिवि विश्वस्तरमा ८०१ देखि १००० को बीचमा रहेको थियो भने एसियाका विश्वविद्यालयहरूबीच २५१ देखि ३०० स्तरमा थियो । आउँदो वर्ष २०२४ को लागि यस संस्थाले त्रिवि स्तर मापनमा १२०१ देखि १५०० बीचमा देखाएको छ । एशियाका विश्वविद्यालयहरूमा भने त्रिवि मापन स्तर गतवर्ष जस्तै २५१ देखि ३०० बीचमा नै रहेको छ,’विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित समाचार : त्रिभुवन विश्वविद्यालय विश्व वरीयतामा खस्कियो

टाइम्स हाइएर एजुकेसनले विश्वविद्यालय स्तर मापनमा केही मापदण्ड परिवर्तन गरेकाले पनि त्रिभुवन विश्वविद्यालय पछि परेको विज्ञप्तिमा दाबी गरिएको छ । ‘टाइम्स हाइएर एजुकेसनले विश्वविद्यालयको स्तर निर्धारणमा अनुसन्धान साइटेसनलाई ३० प्रतिशत (अर्थात् एक तिहाई) अङ्कभार दिएर स्तर निर्धारण गर्ने परम्परालाई सन् २०२४ बाट १५ प्रतिशत मात्र अंकभार दिने गरी मूल्याङ्कन पद्धतिमा परिवर्तन गरेका पाइन्छ जो त्रिविको सबैभन्दा राम्रो सूचक थियो त्यसलाई कम अंकभार बनाएको छ, त्रिभुवन विश्वविद्यालयले भनेको छ ।

नयाँ मापदण्डले नेपाल मात्र नभई चीन भारतका विश्वविद्यालयमा समेत असर परेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । ‘चीन, भारत र नेपाललगायत एसियामा अभिवृद्धि हुँदै गएको विश्वस्तरीय अनुसन्धान र प्रकाशन एवं सोको साइटेसनलाई कम अङ्कभार दिई गणना गर्दा विविध शङ्का, उपशङ्का उब्जिएको पाइन्छ, ‘विज्ञप्तिमा भनिएको छ । नेपाललगायत अन्य विकासशील देशहरूको सन्दर्भमा अव्यवहारिक तथा कानुनले निषेध गरेका नयाँ-नयाँ सूचकहरू पनि थपिएका विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस