१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फेरियो उदयपुरगढीको मुहार, साढे ३ करोड खर्चेर पुनः निर्माण सम्पन्न 

अ+ अ-

गाईघाट । उदयपुर जिल्लाको ऐतिहासिक एवम् पुरातात्त्विक महत्त्व बोकेको उदयपुरगढीको पुनः निर्माण तथा स्तरोन्नति भएसँगै उद्घाटन गरिएको छ ।

जिल्ला सदरमुकाम गाईघाटबाट करिब ३८ किलोमिटर पश्चिम समुद्र सतहदेखि झण्डै १ हजार १६० मिटरको उचाइमा १५ रोपनी क्षेत्रफलमा फैलिएको ऐतिहासिक उदयपुरगढीको पुनः निर्माण भएपछि गढीले पुरानो आकार लिएको छ ।

तत्कालीन पञ्चावती गाविसमा पर्ने उदयपुरगढी दरबार हाल उदयपुरगढी गाउँपालिकामा पर्दछ । करिब तीन करोड ५० लाख रुपैयाँ खर्चेर पुनस्निर्माण गरिएको सो पुरानो गढी दरबारको आइतबार नेपाली सेना पूर्वी पृतना मुख्यालय इटहरीका प्रमुख उपरथी आसबहादुर तामाङ र उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले संयुक्त रूपमा उद्घाटन गरे ।

कार्यक्रममा पञ्चकन्याबाट कलश यात्रा, नेपाली सेनाको ब्याण्डबाजासहितको उच्च अधिकृतहरूको टोली, जनप्रतिनिधिहरू, राजनैतिक दलका कार्यकर्ता तथा स्थानीयवासीको सहभागिता थियो ।

पुरानो गढीको वरिपरि एकसय ३० मिटर गोलो बङ्कर, बंकरको बीचमा पाँचसय मिटर व्याससहितको गोलाकार अग्लो भागमा आठ त्रिभुज (अष्टकोण) आकारको गढीको निर्माण गरिएको छ ।

गढीको वरिपरि बाहिरपट्टी छ फीट र भित्रपट्टी १४ फीट उचाइको गारो लगाएर बङ्कर पुनस्निर्माण गरिएको छ । प्राचीन गढी झल्काउने गरी काँचो ढुङ्गा चिल्लो र निश्चित आयातकारमा ढालेर कलात्मक बनाएर जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस