७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चाडपर्वको बेला गाउँमा नै रमाइलो

अ+ अ-

दमौली । तनहुँ व्यास नगरपालिका-३ निवासी डा. विनय शाह दसैँ मनाउन पुर्ख्यौली गाउँ गोरखा गाउँ फर्किए । 

फूलपातीकै दिन उनी सपरिवार आफ्नो जन्मस्थानमा गएका हुन् । 

“ हामी प्रत्येक वर्षको फूलपातीमा  दसैँ मनाउन गाउँ जान्छौ, गाउँमा नै दसैँ मनाउन रमाइलो छ,” उनले भने, “टीका सकिएपछि मात्रै पुनः दमौली फर्किन्छौ ।” डा. शाहको परिवार दसैँ मनाउन गाउँ जान थालेको धेरै वर्ष बितिसकेको छ । 

अन्य ठाउँमा रहेका आफन्तहरू पनि दसैँ मनाउन गाउँ फर्किने गरेपछि गाउँ रमाइलो हुने गरेको उनको भनाइ छ ।

 उनले भने, “दसैँका बेला सबै आफन्तहरू गाउँमा भेट हुन्छौ, यसले गर्दा रमाइलो वातावरण बनाउँछ ।”

दमौलीमा पत्रकारितामा सक्रिय मिलन तामाङ फूलपातीको दिन आफ्नो जन्मस्थान धादिङ नै गए । 

“दसैँ गाउँमा रमाइलो हुन्छ, दसैँ सकाएर पुनः काममा फर्किन्छु,” उनले भने ।

दसैँका कारण यति बेला दमौली बजार सुनसान बनेको छ । 

बजार क्षेत्रका मानिसहरू दसैँ मनाउन गाउँ फर्किएपछि बजार क्षेत्र सुनसान बनेको हो । 

दमौलीमा पसल सञ्चालन गर्दै आएका व्यापारी, कर्मचारी, विद्यार्थी लगायत सर्वसाधारण दसैँ मनाउन गाउँ हिँडेपछि यति बेला दमौली बजार सुनसान छ । 

अन्य समयमा यातायातको चाप रहने यहाँ दसैँको समयमा निकै कम मात्रामा मात्र सवारी साधन सञ्चालन भएको छ । 

यहाँका धेरैजसो पसलहरू बन्द भएका छन् । 

मुख्य व्यापारिक केन्द्रहरू दुलेगौंडा, खैरेनीटार, आँबुखैरेनी, डुम्रे, भीमाद लगायतका ठाउँलाई समेत दसैँले प्रभाव पारेको छ । 

सर्वसाधारण दसैँका लागि किनमेल गरेर दसैँ मनाउन व्यस्त छन् । 

शुक्रबारसम्म बजारका पसलहरूमा राम्रो व्यापार भए पनि शनिबार फूलपातीदेखि व्यापार घटेको व्यवसायी मोहन बरालीले बताए । 

उनले भने, “शुक्रबारसम्म बजारमा किनमेल गर्ने सर्वसाधारणको अत्याधिक घुइँचो थियो, शनिबारेदेखि व्यापार व्यवसाय घटेको छ ।”

जिल्लाका ग्रामीण भेगहरूमा भने दसैँको उल्लासमय वातावरण रहेको छ । 

विदेशमा रहेका र शहरमा रहेका सर्वसाधारण गाउँ छिरेपछि ग्रामीण भेगमा दसैँको छुट्टै उल्लास रहेको स्थानीयवासी बताउँछन् । 

अन्य समयमा आ-आफ्नो काममा व्यस्त रहने आफन्तहरूको भेटघाटले ग्रामीण भेगहरूमा छुट्टै रौनकता थप्ने भिमाद नगरपालिका-९ का शिवकुमार आलेले बताए । 

उनले भने, “वर्षौसम्म पनि भेटघाट नहुने आफन्तजन, साथीभाइ चाडपर्वको बेला गाउँमा भेट हुन्छन् ।”

प्रतिक्रिया दिनुहोस