१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिउँद वर्षादमै जोखिम बढाउँदै रामेछापको भूँजी पहिरो

अ+ अ-

मन्थली । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका-७ भूजीको पहिरोले यहाँका स्थानीयवासी सधैँ त्रासमा जीवन जिउन बाध्य छन् ।

विसं २०७२ को भूकम्प जाँदा यहाँ थोरै पहिरो गएको भए पनि त्यस वर्षको वर्षादेखि लगातार पहिरो जान थालेका कारण बस्ती र जमिन नै बगिरहेको स्थानीयवासी भीमबहादुर नेवारले बताए ।

उनका अनुसार-“निरन्तर पहिरो झर्ने भएका कारण वर्षामा बढी र हिउँदमा केही कम जोखिम हुने गरेको छ ।

वर्षाको बेला निरन्तर पहिरो झर्ने गरेका कारण विद्यालय जाने आउने बालबालिकालाई निक्कै समस्या हुने गरेको छ ।

जोखिमका कारण विद्यालयका बालबालिकालाई वर्षाको समयभर वडा कार्यालयमै वडाको व्यवस्थापनमा राखेर पढ्न पठाउने गरिएको छ ।

पहिरोका कारण भूजीको ठिन्केपु पिपलडाँडा, सारिटोल, कोकर्सी गाउँको नेवारी समुदाय, सुनुवार समुदाय र दलित समुदाय गरी करिब

असी घरपरिवार विस्थापित भएको मावि भूजीका निवर्तमान प्रधान अध्यापक तथा उमाकुण्ड गाउँपालिकाका वर्तमान कार्यपालिका सदस्य हेमन्त सुनुवारले बताए ।

पिपलडाँडाँबाट विस्थापित भई वडाध्यक्ष रुद्रमणि नेवारलगायत दलित घरपरिवारका २५ घरपरिवार पहिरोकै कारण अन्यत्र बसाइँसराइ गरिसकेका छन् ।

पहिरोका कारण स्थानीय ठिंन्केपु आधारभूत विद्यालयलाई समेत यसको असर परेको छ ।

नेपाल सरकारले यस ठाउँको बस्ती स्तानान्तरणको कार्यक्रम ल्याए पनि उक्त कार्यक्रम प्रभावकारी ढङ्गबाट कार्यान्वयन हुन नसककेको स्थानीय दशराम सुनुवारले बताए ।

रुना, ठिङ्केपु, पिपलडाँडा, फास्तुबाट वडा कार्यालय आवतजावत गर्न सङ्घीय सरकारमार्फत मुहान खोलामा झोलुङ्गे पुलको योजना परेको, पहिरो नियन्त्रणका लागि प्रदेश सरकारबाट रु. १० लाखको योजना परेको भए पनि त्यसले मात्र पर्याप्त नभएको पनि उनले बताए ।

उनका अनुसार-“उक्त जोखिमका कारण पोल्दिममा भएको स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामीको सङ्ख्या पनि घटेको छ ।

स्वास्थ्य ल्याब लगायतका अन्य उपकरण व्यवस्था गर्न सके र उक्त पहिरो नियन्त्रणका लागि केही पहल गर्न सके स्वास्थ्य उपचार गर्न आउनेको सङ्ख्यासमेत बढ्ने सुनुवारको भनाइ रहेको छ ।

”भूगर्वविदहरुलाई अध्ययन अवलोकन गराएर यस समस्याको समाधान बेलैमा नगरे यसले ठूलो जोखिम निम्त्याउने सम्भावना रहेको पनि कार्यपालिका सदस्य सुनुवारले बताए ।

प्रतिक्रिया दिनुहोस