७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भन्सार विभागका यी सूत्रले गत वर्षभन्दा राजश्व सङ्कलनमा वृद्धि

अ+ अ-

काठमाडौँ । भन्सार प्रशासनले गत आर्थिक वर्षको साउनदेखि असोज महिनासम्मको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ११.२ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ ।

गत आर्थिक वर्षमा ९७ अर्ब ७९ करोड राजस्व सङ्कलन भएकोमा चालू आर्थिक वर्षमा १ खर्ब ८ अर्ब ७४ करोड राजस्व सङ्कलन भएको छ । गत वर्षको तुलनामा आयात व्यापारमा १.६९ प्रतिशतले मात्र वृद्धि भएको भएता पनि राजस्व सङ्कलनमा उल्लेखनीय प्रगति भएको देखिएको हो ।

भन्सार विभागमा नयाँ नेतृत्व आएसँगै राजस्व चुहावटमा शून्य सहनशीलता अवलम्बन गर्ने नीति लिएको छ । विभागका अनुसार अनलाइनको माध्यमबाट हुने प्रत्यक्ष अनुगमन कार्यलाई प्रभावकारी बनाई बिदाको दिनमा र कार्यालय समयअगाडि पछाडिसमेत सबै भन्सार कार्यालयको अनुगमन गर्ने कार्यको थालनी गरिएको हो ।

अनुगमनको क्रममा भन्सार मूल्याङ्कन, वस्तु वर्गीकरण र मालवस्तुको घोषणामा कुनै कैफियत देखिएमा तत्काल भन्सार ऐन अनुसार कारबाही गर्न लगाउने गरिएको छ । यसरी अनुगमन गर्दा गम्भीर राजस्व छली हुन सक्ने देखिएमा त्यस्ता कन्साइमेन्ट रोकी विभागबाटै छड्के परिक्षणको लागि टोली पठाउने कार्यको सुरुवात भएको विभागले जनाएको छ ।

त्यस्तै, भन्सार नियन्त्रणलाई प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोगलाई पूर्ण उपयोग, भन्सार जाँचपासमा जोखिम व्यवस्थापनको प्रयोग, नियमित प्रणाली परीक्षण गरी कुनै कैफियत देखिएमा वर्षभरिकै छुट रकम असुली र राजस्व चुहावटमा कुनै कर्मचारी संलग्न देखिएमा तत्काल जिम्मेवारीबाट हटाउने जस्ता नीति अवलम्बन गरिएको छ ।

विभागले प्रत्यक्ष अनुगमनबाट चालू आर्थिक वर्षको साउनमा १२ करोड १८ लाख, भदौमा १४ करोड र असोजमा २० करोड थप राजस्व असुल गरेको बताएको छ । गत आर्थिक वर्षको सोही अवधिमा प्रत्यक्ष अनुगमनबाट साउनमा २ करोड ३० लाख, भदौमा १ करोड ८६ लाख र असोजमा ८३ लाख थप राजस्व असुल गरिएको थियो ।

विभागले लिएको प्रभावकारी नीतिका कारण प्रत्यक्ष र अप्रत्यक्ष रूपमा समग्र राजस्व सङ्कलनमा सुधार भएको, समग्र व्यापार वृद्धिको तुलनाभन्दा राजस्व सङ्कलनको वृद्धिदर बढी भएको, भन्सारको आन्तरिक नियन्त्रण पक्ष प्रभावकारी भएको, सबै भन्सार कार्यालयमा भन्सार मूल्याङ्कनमा एकरूपता कायम भएको र भन्सार घोषणामा शुद्धता आउन थालेको अधिकारीहरूको दाबी छ ।

प्रतिक्रिया दिनुहोस