६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पश्चिमी सीमा नाका गड्डाचौकी भएर आउने पर्यटक बढे

अ+ अ-

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी भएर आउने पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।

इस्वी सम्बत्को अक्टोबर महिनासम्म आठ सय ८७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको डिसेम्बर महिनासम्म पाँच सय ४२ पर्यटक भित्रिएका थिए । गत वर्षभन्दा यस वर्षको अक्टोबरसम्म मात्रै तीन सय पाँच बढी पर्यटक भित्रिएका हुन् ।

कोरोनाको सङ्क्रमण घट्दै गएसँगै आवतजावतका लागि वातावरण सहज भएकाले विदेशी पर्यटक आउने क्रम बढ्दो रूपमा रहेको हो ।

भारतबाट स्थलमार्ग हुँदै सीमा नाकाबाट भित्रिने पर्यटकमा फ्रान्स, इजरायल, रुस, संयुक्त अधिराज्य९युके०, संयुक्त अधिराज्य अमेरिका, जापानलगायत युरोपेली मुलुकका रहेका छन् ।

गड्डाचौकीस्थित अध्यागमन कार्यालयका अधिकृत पदमराज भट्टका अनुसार सबैभन्दा बढी पर्यटक अक्टोबर महिनामा एक सय ६१ जना आएका छन् ।

गत जनवरीमा ३१, फ्रवरीमा ६३, मार्चमा एक सय ३७, अप्रिलमा एक सय १३, मेमा ८५, जुनमा ४५, जुलाईमा २०, अगस्तमा ३७ र सेप्टेम्बरमा एक सय ५५ पर्यटक भित्रिएका थिए। यसैगरी सन् २०२० मा छ सय २० र सन् २०२१ मा ५८ पर्यटक सीमा नाका भएर आएका थिए ।

सीमा नाका भएर बाहिरिने पर्यटकको सङ्ख्या भने शून्य रहेको छ । भारत सरकारले निश्चित नाकाहरूबाट मात्रै पर्यटक बाहिरिने अनुमति दिएकाले यस नाकाबाट बाहिरिने पर्यटक शून्य भएका हुन् । कोरोना महामारीको सङ्क्रमण पश्चात्(सन् २०२१ को डिसेम्बर देखि) सीमा नाका भएर भारततर्फ जाने पर्यटकलाई भारत सरकारले रोकेको उनले बताए । ‘सीमा नाका भएर भित्रिने पर्यटकमध्ये केही एक दिन महेन्द्रनगर बजार क्षेत्रका होटलमा बसेर अन्यत्र जाने गरेका छन्’ अध्यागमन कार्यालयका सूचना अधिकारी पदमराज भट्टले भने, “केही सिधै गन्तव्यमा जाने गरेका छन् ।”

उहाँका अनुसार अधिकांश पर्यटक पोखरा, काठमाडौँ , लुम्बीनी, अछामको रामारोशन, खप्तड, बर्दिया, चितवन राष्ट्रिय निकुञ्ज घुम्नका लागि आउने गरेका छन् भने महिनामा एक दुई जना मात्रै पर्यटकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्नका लागि इच्छा जाहेर गर्ने गरेका छन् ।

‘कुन गन्तव्यमा जाने भन्नेबारे विदेशी पर्यटकले आउनु अघि नै योजना बनाइसकेका हुन्छन्’ उनले भने, ‘सोही अनुसार उहाँहरू होटेलमा बसेर तोकिएको गन्तव्यमा जाने मार्ग प्रयोग गर्ने गरेका छन ।”

भारतहुदै यहाँ आइपुग्ने अधिकांश पर्यटकले भारतीय रुपैंया बोकेर आउने गरेका र भिसा दिँदा लाग्ने शुल्क डलरमा लिइने भएकाले सटही काउन्टर नहुँदा डलर खोज्न झन्झट हुने गरेको छ ।

नेपाली नागरिकसँग वैवाहिक सम्बन्धमा बाँधिएका विदेशीको भिसा म्याद समाप्त भएको खण्डमा थप्न चाहे ९० डलर भिसा शुल्क लिएर थप्न सक्ने अधिकार अध्यागमन अधिकृतलाई छ ।

यसैगरी पर्यटकले तोकेको समय अवधि पूरा गरी एक महिना अझै नेपालमै घुम्ने इच्छा जाहेर गरेमा तोकिएको भिसा शुल्क लिएर म्याद थप्न सक्ने व्यवस्था रहेको सूचना अधिकारी भट्टले जानकारी गराए । उनका अनुसार वैवाहिक भिसाको म्याद थप्ने विदेशीहरूको सङ्ख्या केही वर्षदेखि बढ्दो रहेको छ ।

प्रतिक्रिया दिनुहोस