९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालय शिक्षा विधेयकमाथि १६० संशोधन प्रस्ताव दर्ता

अ+ अ-

काठमाडौँ । सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न तयार पारेको विधेयक, २०८० माथि एक सय ६० संशोधन प्रस्ताव दर्ता भएको छ।

संविधानले विद्यालय तहको शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिएको व्यवस्थालाई सम्बोधन गर्दै सरकारले विद्यालय शिक्षा विधेयक ल्याउने तयारी अघि बढाएसँगै चौतर्फी विरोध भएको थियो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विधेयक संसद्मा दर्ता गराएसँगै विधेयकमा गरिएको व्यवस्थाको सरोकारवालाहरूले विरोध गरेपछि सरकार छलफलको लागि पुनः संसद्मा विधेयक दर्ता गरेको हो।

त्यसपछि विधेयकमाथि एक सय ६० संशोधन प्रस्ताव दर्ता भएको संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले जनाएको छ ।

संविधानले विद्यालय शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिएको अवस्थामा शिक्षकहरू भने स्थानीय तहको मातहतमा बस्न नचाहनु नै विधेयकको मुख्य चुनौती रहेको समितिका सभापति भानुभक्त जोशीले बताए।

उनले हालसम्म विधेयकमाथि १ सय ६० वटा संशोधन प्रस्ताव दर्ता भइसकेको तर छलफल अझै नभएको अवस्था उजार गरे।

संविधानले सङ्घीयताको मर्म अनुसार विद्यालय शिक्षाको सम्पूर्ण व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिएको छ तर शिक्षकहरू भने स्थानीय तहको साटो केन्द्र र प्रदेश तहको सरकारको मातहतमा बस्ने अडान राख्दै आएका छन्। यसले गर्दा ५२ वर्ष पछि सरकारले ल्याउन तयारी गरेको विद्यालय शिक्षा विधेयक २०८० अझै कहिले पूर्णतः पाउने बारे अन्योल बन्दै गएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले छलफलको लागि विधेयक संसद्मा दर्ता गराएसँगै मुख्य रूपमा विधेयकमा रहेको शिक्षक र स्थानीय तहको सम्बन्धनलाई लिएर खिचातानी देखिएको हो।

विधेयकमाथि परेको संशोधन प्रस्ताव कानुन र संविधान संवत् भए/नभएकोबारे कात्तिक सरोकारवालाहरूलाई बोलाएर समितिमा छलफल हुने एक साताभित्र तय गरिएको सभापति जोशीले जनाए।

प्रतिक्रिया दिनुहोस