९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्प प्रभाव व्यवस्थापनमा बिराउन लागेको बाटो

अ+ अ-

शुरु: एउटालाई असजिलो पर्दा अरूले सहयोग गर्ने मानवीयता हो । पशुले पनि आफ्नो समूहमा विपत्ति पर्दा समूल सदस्यलाई जोखिम उठाएर सहयोग गरेको पाइन्छ । पहिला मान्छेहरू पापसँग दराउथे र गलत काम गर्दैनथे । अहिले पनि समाजमा यस्ता केही व्यक्ति छन्, गलत काम किमार्थ गर्दैनन् । गर्न पापको डर मान्दछन् । भोलि मरे पछि नर्क गइन्छ भन्ने डर छ उनीहरूलाई । यस्तो डर नमान्नेहरू पनि छन् उनीहरूलाई आचरण र नैतिकताको डर छ ।

आजकल धेरै मन्छेहरु पलाप्पिए भनेर मेरा एक जना मित्रले भने । के भन्छौँ तिमी भनेको ”कुरा गर्छ अध्यात्मवादको, काम गर्छ बेइमानी” भनेर पो भन्छन् । के बेइमानी ? मेरो स्वभाविक पश्न थियो । ‘भूकम्पले आफ्नो सँगैको घर भत्किएर एउटा छोरो अस्पतालमा छ । घर सखाप पार्‍यो । उसको घर भत्किएकै छैन । पाल, कम्मल र राशन माग्ने लाइनमा छ । त्यो क्षति भएको छिमेकीको लागि लाइन बसेको होला, दुवै जना लाइनमा छन् दुवै जना भए पछि दुबैबाट छिमेकीलाई राम्रै सहयोग हुने भयो भनेको त आफैको लागि पो रहेछ । कसरी सकेको होला त्यसो गर्न । त्यही आत्मग्लानि र आत्मा विभोर भएको छिमेकी भन्दा चर्को स्वरमा यति दिएर हुन्छ । यस्तो दिए हुन्छ । सरकारले यही ढिलो, सेवा दिने भनेर कराउँछ ।” भनेर भने । म झस्किएँ । हामी के हुँदै छौँ ? हामी कता जादैछौं । आदि इत्यादि तर्क मनमा उब्जिए ।

दैविक प्रकोप सम्बन्धी शिक्षा समूहको बैठक बसीरहेका थियौँ । पहिला नै भूकम्प प्रभावित क्षेत्रमा काम गरेका अनुभवी एक सहभागी भरखरै जाजरकोट र रुकुमका भूकम्प प्रभावित क्षेत्रमा पुगेर आएका थिए । उनी हतास देखिन्थे । ”बालबालिकाको अवस्था बिजोक छ, सुत्केरी र गर्भवती महिलाको अवस्था मर्माहत छ, अपाङ्गता भएका र जेष्ठ नागरिकको आवाजै छैन । कसैले वास्ता गर्दैन । मानौँ उनीहरू मानिस नै होइनन् ।” आफैले संयोजन र अगुवाइ गर्न पर्ने बैठक थिइन । ”त्यसो त होइन होला, नेपाली मानिसहरू त्यति निर्दयी हुँदैनन्” भन्दै थिएँ । उनी रोकिन सकेनन् ”उनीहरू जमात बनाउन र भिड्न सक्दैनन्, दलका कार्यकर्ताको पनि पहिलो दृष्टिमा उनी पर्दैनन् । यो आवाज नभएको वर्ग, आवाज पुर्‍याउने नसक्ने वर्गमा पर्दो रहेछ । छुट्टै विशेष ध्यान दिनु पर्ने समूह रहेछ ।” रोकिन संकेत गरेँ तर रोकिएनन् ”अहिले भूकम्प प्रभावित क्षेत्रमध्ये सबैभन्दा सुगम जाजरकोटका सदरमुकाम खलङ्गा हो । त्यहाँ महोत्सव लागे जस्तो भएको छ । पर्यटन क्षेत्र जस्तो भएको छ । फोटो खिचाउने र फेसबुकमा राख्ने प्रतिस्पर्धा जस्तो भएको छ । अभिभावक गुमाएको बाल- वालिकालाई रुवाउँदै बोल्न लगाई थप तनावग्रस्त बनाउँदै फेसबुकमा भिडियो अपलोड गर्नेले क्यावात गरेँ भनेको छ ।”

अरु देशका कुरा: भूकम्पको प्रभावित क्षेत्रका यी र यस्ता घटना र जानकारी प्राप्त हुँदै गर्दा केही विपद् विज्ञहरूसँग परामर्श भयो । सामान्यतया अरु मुलुकमा विपद्का उद्धार र सेवा प्रवाहमा राजनीतिकर्मी सहभागी हुँदैनन् रे ! जनप्रतिनिधि पनि हुँदैन रे । सुरक्षा निकाय र कर्मचारीको जिम्मा हुन्छ रे । तर उद्धार, उपचार, गाँस, बास, कपास, स्वास्थ्य र कमजोर वर्गको सेवा जस्ता पक्षमा जनप्रतिनिधिले नीतिगत सहजता प्रदान गर्न तत्पर बसेका हुन्छन् रे । राजनीतिकर्मीले निगरानी गर्ने र सुधारको लागि निरन्तर सुझाव र सहयोग गर्दछन् रे । जति धेरै राजनीतिककर्मी सेवामा सहयोग गर्दछन् उति भोट घट्दछ भन्ने मान्यता रहेछ।

यही कुरा एकजना शालीन राजनीतिकर्मीलाई प्रसङ्गवश सुनाए, उनले तत्कालै भने “हुनुपर्ने त्यही हो, तर हेर्नुहोस् यहाँ ठिक उल्टो हुन्छ । जो त्यहाँ गएर डिस्टर्ब गरेको छ, नानाथरीका फोटो खिचेर सामाजिक सञ्जालमा राखेको छ, त्यसैलाई क्यावाद भन्छन् । हेर्नुहोला भोट त्यसैले धेरै पाउँछ।”

अर्को एक स्थानीय विज्ञसँग मैले कुरा गरेँ । उनले परिस्थितिलाई मज्जाले नियाली रहेका रहेछन् । ”अहिलेसम्म हामी ठिक बाटोमा छौँ जस्तो लाग्छ । चिकित्सक खाँचो भएन । औषधीको अभाव कतै भएन । हाम्रो, प्रदेशको आपूर्ति केन्द्रले अभूतपूर्व समन्वय र सहजीकरण गर्‍यो । स्वास्थ्य निर्देशनालयलगायत संयन्त्रले चिकित्सक र स्वास्थ्यकर्मीको पटकै अभाव हुन दिएन । तर राहत वितरण र विद्यालय सञ्चालनको लागि न्यूनतम सामाग्री व्यवस्थापनका सम्बन्धमा गुनासो सुनिन लाग्यो अब पो डर लागेको छ, यो विषयको बैठान कसरी गर्ने होला ?”

उहाँको सहज प्रतिक्रिया थियो  “हेर्नुहोस् अहिलेसम्म प्राविधिक काम थियो । मानवीय संवेदना बढी भयो । त्यहाँ राजनीति पस्न सकेन । अव राजनीतिक पक्ष जति हाबी हुन्छ उति बेथिति हुन्छ । हामीले राजनीतिकर्मीलाई दोष दिन्छौँ तर वहाँलाई झन् सकस छ”  भनेर अलमलमा पारिदिनु भयो । भूकम्प गएको भोलि पल्ट बिहानै दिमागीय घनचक्रमा फसेको थिएँ ।

आफ्नै देशका राजनीतिकर्मीका कुरा:  भूकम्प गएको रातीको भोलिपल्ट बिहान प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा भन्ने खबर आयो । सम्बन्धित प्रदेशका मुख्यमन्त्रीलाई लिएर पुगेका होलान् भन्ने विश्वास थियो, धन्न मुख्यमन्त्रीलाई जानकारीसम्म रहेछ । मनमा चिसो पर्‍यो यो सङ्घीयता कस्तो होला  “तपाइको प्रदेशमा विपद् परेछ, ल जाऊ है म निस्केँ” भनेको भए के हुन्थ्यो होला त । नजिकको सरकारको मुख्यमन्त्रीलाई बोलाएको भए व्यावहारिक हुन्थ्यो होला । मनमा यस्तो तरङ्ग उठ्यो । सानो मान्छेले के त्यस्तो ठूलो कुरा गरेको होला भनेर आफैलाई सम्हाले ।

श्रृंखलावद्धरूपमा केन्द्रीय नेताहरू प्रभावित क्षेत्रमा पुगे । प्रदेशका सम्बन्धित मन्त्रालयलाई विरलै जानकारी भयो । स्वास्थ्यमन्त्री र सचिव आएर गए रे, प्रदेशका स्वास्थ्य मन्त्री र सचिवलाई पत्तै भएन् । जो जो ठुला मान्छे विज्ञ बने, निर्देशन दिए गए ।निर्देशनमा एकरूपता, प्राविधिकता, संवेदनशीलता मानवीयता, व्यावसायिक कुशलता कति घुलित भयो समयले विश्लेषण गर्ला । एउटा अलि भिन्न खबर आयो नेपाली काँग्रेसका महामन्त्री द्वयले भूकम्प प्रभावित सम्पूर्ण कार्यहरू प्रदेश सरकारमार्फत गर्न सरकारलाई अनुरोध गरे रे । उनीहरूले दुईवटा नमुना घरसमेत बनाए र यस्तै स्थानीयता मैत्री घर बनाउन उपयुक्त हुन्छ भने रे । त्यसको सुनुवाइ कहीँ कतै भए जस्तो लाग्दैन । हालसम्म त्यो अनुरोधमै सीमित भए जस्तो लाग्छ ।

स्थलगत रूपमा भूकम्प प्रभावित क्षेत्र अवलोकन गरेर फर्केका कर्णाली प्रदेशका सामाजिक (स्वास्थ्य, शिक्षा, महिला/बालबालिका तथा जेष्ठ नागरिक र युवा तथा खेलकुद) मन्त्रीको भावपूर्ण भनाइ स्मरणमा आयो “हामी जस्ता मान्छे त्यहाँ गएर केही काम रहेनछ । हामीले गर्ने मान्छेलाई अरु अलमल पार्दा रहेछौँ । नजिकबाट सहयोग गरेका कर्मचारी अलमलमा पर्दा रहेछन् । बरु यही बसेर कामको मूल्याङ्कन गर्नु, कहाँ के समस्या छ, के खाँचो छ, उपलब्ध गराउँदा सहयोग होला जस्तो छ। त्यसैले म त तत्कालै फर्के”

अहिलेको अवस्थामा दैवको नियति भन्दा हाम्रो नियति कयौँ गुना खतरायुक्त देखिँदै छ । सुर्खेतमा जाजरकोट तिरबाट झरेका कयौँ मानिसहरू यहाँ छैनन् । यही बेला केही पाइन्छ भनेर जाजरकोटतिर हानिएका छन् । त्यसमा कर्मचारी, व्यापारी, व्यवसायिककर्मी सबै छन् । अन्य सहरबाट पनि त्यसै गरेका होलान् । त्यस्ता मानिसको राजनीतिमा पनि रैथाने भुमिपुत्र, दलितहरूको भन्दा राम्रै पहुँच हुन्छ । दबिएका दमितका आवाजहरू फेरि दमित नै भइरहने खतरा झाँङ्गिदो छ, भनिन्छ ।

अबको बाटो: यी र यस्ता कुरा हुँदै गरेका छन् तापनि हामीले आ-आफ्नो ठाउँबाट जे सकिन्छ गरिरहेका छौ । गरिरहन पर्छ भन्ने मान्यता दृढ छौँ  । स्वास्थ्य, शिक्षा, महिला/बालबालिका तथा जेष्ठ नागरिक र अपाङ्गता सम्बन्धी छुट्टा छुट्टै कार्य समूह गठन भएको छन् । छुट्टाछुट्टै समूहगत सूचना सङ्कलक छन् । दिनदिनै  विमर्श गर्दै रणनीति बनाउँदै अगाडि जान्छौँ । हिजोको रणनीति आजका जानकारी र सूचनाले बदलिन्छन् । जानकारीमा अलि निखार आउँछ । लाग्छ । अब गर्नु पर्ने तल उल्लेख भए अनुसार छन् । यसमा सबैको सहयोगको अपेक्षा । आव्हान गरिन्छ ।

क)    स्वास्थ्य तर्फ

१)   कार्यक्षेत्रमा खटिएका चिकित्सकहरू कोही थाकी सकेका छन् । कोही बिरामी परे र पर्दैछन् । उहाँहरूको सट्टामा अरूलाई पठाउने ।

२)   विशेष परिस्थिति वा प्रकोप भन्नाले हैजा, झाडापखाला, निमोनिया जस्ता महामारी फैलन सक्ने सम्भावना भएकोले तयारी अवस्थामा जनशक्ति राखिएको (व्याकअप प्लान)

३)   हाल जहाँ जहाँबाट सेवा प्रदान भई रहेको छ र जुन जुन ठाउँमा स्वास्थ्य संस्थाहरू छन, ती संस्थाहरूमा निरन्तर सेवा चालू राख्ने,  थप जनशक्ति आवश्यकता हुना साथ पठाइ हाल्ने ।

४)   हालसम्म औषधी र उपचारको सामाग्रीको अभाव देखिएको छैन । प्रदेश आपूर्ति केन्द्र थप आवश्यक पर्नासाथ तत् तत् ठाउँमा पुर्‍याउन तत्पर छ । प्रभावित स्थानका संघसंस्थाहरुसँग सम्पर्कमा रही रहन अनुरोध गरिएको छ ।

तत्काल प्राप्त जानकारी अनुसार चिसोको कारण निमोनिया, रुघाखोकीको प्रकोप क्रमशः बढ्न थालेको छ । आवास (सेल्टर) र खानेपानी तथा सरसफाइ (वास) समूह अब क्रियाशील हुनुपर्ने देखिएको छ  । ती समूहसँग समन्वय भइरहेको छ। थप सबल बनाउन सबैलाई अनुरोध छ । यस प्रकारका रोगहरू बढ्न थालेमा हाम्रो जनशक्ति प्राप्त नहुन सक्छ । वरपरका स्थानीय तह, जिल्ला, प्रदेश,  संघीय एकाइहरू र सम्बन्धित सबैलाई अनुरोध हुनासाथ स्वास्थ्यकर्मी विशेष गरी चिकित्सक तयारी अवस्थामा राखिदिनुहुन अनुरोध गरिन्छ ।

ख)    संरक्षण समूह (प्रोटेक्सन क्लस्टर)

१)   प्रभावित प्रत्येक स्थानीय तहमा एक जना मनोपरामर्श विज्ञसहित एक जना सम्पर्क व्यक्ति (फोकल पर्सन)ले समन्वय गर्ने गरी समूह (टोली) पठाइसकिएको छ।

२)   त्यो समूहले स्थानीय तहको बालबालिका, महिला (गर्भवती र सुत्केरी), अपाङ्गता भएका र जेष्ठ  नागरिकहरूलाई विशेष ध्यान दिनेछ ।

३)   बाबु-आमा दुवै गुमाएको,  बाबु तथा आमा एउटा गुमाएका अन्य कसैको सहारा नभएका बालबालिकालाई विशेष प्राथमिकता दिन पर्नेछ । स्थानीय तहमा उनीहरूको सम्बोधन नहुने अवस्थामा प्रक्रिया पुरा गरी तुरुन्त सामाजिक मन्त्रालयमा सम्पर्क गर्नुपर्ने छ । यसका लागि मानव सेवा आश्रम, कोपिला भ्याली, एशोएस जस्ता परोपकारी संस्थाहरू सहकार्य गर्न तयारी अवस्थामा हुनुहुन्छ ।

ग) शिक्षा समूह (जुकेशन ल्कप्टर)

१)   प्रभावमा परेका र पाठ्यपुस्तक लगायत दैनिक प्रयोगका सामाग्री गुमाएको बालबालिका प्रत्येक कक्षामा लगभग एक हजारका दरले भएको प्रारम्भिक अनुमान छ । यसको लागि करिव दश हजार पाठ्यपुस्तक लगायत‌का सामाग्री संघीय सरकारसँग समन्वय गरेर यथाशीघ्र प्राप्त हुने गरी विमर्श भई रहेको छ । बजारबाट खरिद गरेर समेत उपलब्ध हुने गरी बजारमा उपलब्ध भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । व्यवस्थित गर्न प्रयास भई रहेको छ  ।

२)   विद्यालय, शिक्षक, वाल विकास केन्द्र र विद्यार्थी (तल्लो कक्षा र माथिल्लो कक्षा) लाई चाहिने सामग्री सम्बन्धमा युनिसेफ, सेभ द चिल्ड्रेन, कर्णाली प्रदेश पुस्तक तथा स्टेसनरी व्यावसायिक सङ्घ, लगायत संस्थाहरूसँग सहकार्य सम्भावना आँकलन गरिसकिएको छ। यी सामग्री (किट-kit) हरू तयारीको जिम्माको बाँडफाँड गरिएको छ।

३)    प्रारम्भमा नलगाएको सबैभन्दा प्रभावित ठाउँमा चिउरीगाँएमा दलितहरूको मात्र वस्ति भएको पाइएको छ । तिहारपछि विद्यालय खुल्नासाथ आवश्यक सामग्री बालबालिका र विद्यालयलाई उपलब्ध गराउने र त्यसबाट सिक्दै अन्य ठाउँमा विस्तार गर्ने रणनीति बनेको छ ।

प्रभावित नभएका बालबालिका र अभिभावक बाट पनि यस प्रकारको माग आउँछ भन्ने कुरामा हाम्रो कार्यक्षेत्रमा काम गर्ने कर्मीहरू अतालिनु भएको छ । सायद त्यसो नहोला । सबैलाई शुद्ध र निष्पक्ष कामका लागि सहयोग गर्न अनुरोध छ । दुःख सुखमा सच्चा सहयोग गर्ने नेपालीको अनुपम विशेषता हो भनी अरूलाई पहिचान दिने अवसर नगुमाऔँ । विनम्र अनुरोध छ ।

मौलिक काइदातराईमा धेरै जसो थारु बस्तीमा अझै पनि सानो एक तले, इट्टाले बनेको कटेरो आकारका घर छन् । सामान्य स्थानीय झ्याङकट,  डाँठ, यस्तैबाट भित्ता बनाइन्छ र लिपिन्छ विच बिचमा डोरी राखेर कुन्टी (कोठो) बनाइन्छ । त्यो घर निकै वातावरण मैत्री मानिँदो रहेछ । खरले छाइन्छ भुईँमा खटिया बिछ्याइन्छ । चिसो र गर्मीबाट बाँच्न निकै उत्तम मानिन्छ । तत्काल हामीले ठुला र आधुनिक घरको सपना देख्नु हुँदैन।

अहिलेलाई दुई वटा धुरी खामो चार वटा अरु खामा तिन वटा  बला, केही डाडहरु जम्मा गरेर स्थानीय गोठ जस्तो घर बनाउन शुरु गरिहाले हुन्छ । भित्र टाँड बनाए सुत्ने ठाउँ बन्छ । छाउने खर नपाए स्याउलाले छाउँदा पनि हुने रहेछ । यसका लागि कोही विदेशी गुहार्न पर्दैन/गाउँमा आपसमा मिलेर गर्दा केही दिनमै तयार हुन्छ । आफन्त हुन्छन्,  घरप्रति माया र मोह हुन्छ । छाना चुहिने भएमा उद्धारका क्रममा प्राप्त पाल प्रयोग गरेर ओत बनाउन सकिन्छ ।

यो मन गढन्ते कुरा होइन आधुनिक इन्जिनियरहरूसँग परामर्श गर्दा उत्तम तरिका त्यही हो । तर जनमासमा तयार छैनन् । यसलाई पहिले राजनीतिले बुझिदिनु पर्छ भन्ने निचोड निस्किँदो रहेछ । त्यसो भएमा वस्ति छाडेर सहर पसेका पहुँचवालाको राहतमा पहुँच पनि कमजोर हुने थियो । हामी प्रकृतिको काखमा जन्मियो । यही रैथाने भएर जीवन निर्वाह गरिरहेका छौँ । अब हामी आफै सहकार्य गरेर अर्मपर्म गरेर, मित लगाएर आफ्नो घर आफै बनाउन सुरु गरियो भने सरकारले सुरक्षाकर्मी उपलब्ध गराएर होस्टेमा हैँसे गर्नेछ ।

अन्त्य तिर:  राति भूकम्प गयो । राति नै हाम्रा चिकित्सक र स्वास्थ्यकर्मी जाजरकोट र रुकुम पश्चिम पुगे । ती कर्मीलाई धन्यवाद बाहेक अरु केही दिन सकिँदैन । धन्यवाद व्यक्त गर्नु खल्लो र अपूर्ण, अपमान त भएन भन्ने लाग्छ । आपूर्तिको व्यवस्था आचार्यजनक रूपमा व्यवस्थित गर्न रातदिन खट्ने आपूर्ति केन्द्रले कहिले कुनै बेला, कुनै दिन, गाह्रो भयो, सकिएन,  जनशक्ति पुगेन आदि कुनै समस्या देखाएन । जाजरकोटकी युवा महिला डाक्टर लगायत त्यहाँको समूह र अन्य स्वास्थ्यकर्मी र चिकित्सकको अतुलनीय र अविस्मरणीय खटाई र सेवाको बारेमा उल्लेख गरेर खल्लो बनाउनु मात्र हुनेछ ।

सामाजिक विकास मन्त्री ज्यूले भने  जस्तै उच्च पदाधिकारी र नेताहरूको उपस्थितिले उहाँहरूको सेवामा सहयोग पुग्यो की असहजता भयो,  उहाँहरूलाई थाहा छ कि विज्ञहरूलाई जानकारी होला असहजता भएको भए क्षमा प्रार्थी छौँ । कुराको चुरो छ मानवीयतामा । हामी नेपाली अस्वभाविक,  बदमास, असहयोगी हुन सक्दैनौँ । हुनु हुँदैन । दुःखीलाई आएको राहत । यत्रो विपत्तिको बेला अरूले सहयोग गरेको कुरालाई, हामीले  लुब्धता देखाउनु हुँदैन । पापी हुन भएन, पार्टीको पनि हुन भएन । ठग पनि हुनु भएन । यसको समाधानका लागि अरूसँग के गर्ने सोध्न पर्दैन । आफ्नो आत्मालाई सोधे  पुग्छ । यति पाल र खाद्यान्न आवश्यक नपरे पनि लिए भनेर अरूले कुरा काट्ने कुरामा बहादुरी देखाउनु भन्दा यति जनालाई यति सहयोग गरेँ भन्दा शान्ति मिल्छ ।

अन्त्यमा: यस विषम विपत्तिको वेलामा नकारात्मक काम गर्नेले अर्को जुनीमा दुःख भोग्नु पर्छ भन्छन्, त्यो त के कसो होला । यसै जुनीमा आफैलाई अशान्ति हुन्छ । दिनदिनै पछुताउनु पर्छ । बिस्तारै लघुताभास हुन थाल्दछ । अपराधी भएको भान दिन दिनै हुन्छ । क्षणिक उमङ्गले जीवनभर पछुताउनु पर्छ । १५४ जनाले हामीलाई निदाएकै अवस्थामा छाडेर परलोक जानु भयो । वहाँको आत्माले हामीलाई नसरापोस् । अरूले बेमानी नेपाली भनेर हामी जाजरकोट र रुकुम पश्चिमका मानिसले नकारात्मक सन्देश अवश्य दिने छैनौँ । वहाँहरू जानुभयो । हामी बाँचेका मात्र हो । सधैँ बाँचिने  होइन । भोली हामी पनि मर्नु छ । यो विपत्तिको घडीमा आत्मा साक्षी  राखेर खास पीडितलाई सहयोग गरौँ । सके गुणी बनौँ । नसके अवगुणी नबनौँ । सकिन्छ सरकारको प्रयासमा सहयोगी बनौँ । चलाखीपूर्ण अपराधी नबनौँ ।

 

प्रतिक्रिया दिनुहोस