८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रालयले बिमा बोर्डबाट आफ्नै शाखामा फर्कायो विपन्न नागरिक उपचार

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बिमा बोर्डबाट उपलब्ध हुँदै आएको मुटु, क्यान्सर, मिर्गौला, अल्जाइमर्स, पार्किन्सन, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाको उपचार सहुलियत दिने कार्यक्रम आफ्नै नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखामै फर्काएको छ।

यसअघि कडा रोगहरूको उपचार खर्च स्वास्थ्य बिमा आबद्ध गर्ने कार्यविधि २०७८ जारी गरेपछि स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाबाट विपन्नलाई दिँदै आएको उपचार सेवा बिमा बोर्डबाट दिइँदै आइएको थियो।

सरकारबाट जनतालाई दिइने उपचार सेवाको सहुलियत छरिएको भन्दै चालू आवको बजेटमा नै स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षाका कार्यक्रम र स्वास्थ्य बिमाका बीच दोहोरोपन नहुने गरी चालू आवभित्रै कार्यविधि तर्जुमा गरिने समेत उल्लेख गरिएको थियो।

चालू आवको बजेट वक्तव्यको २३८ नम्बर बुँदामा उल्लेख गरिएको छ, ‘स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षाका कार्यक्रम र स्वास्थ्य बिमाका बीच दोहोरोपन नहुने गरी चालू आवभित्रै कार्यविधि तर्जुमा गरिनेछ। यस्ता सामाजिक सुरक्षाका कार्यक्रमलाई क्रमशः स्वास्थ्य बिमाको दायरामा ल्याइनेछ।’

स्वास्थ्य मन्त्रालयले भने बजेटमा उल्लेख गरिएको विषय मात्रै नभएर दुई वर्षअघि आफैँले ल्याएको विपन्न नागरिक औषधि उपचार कार्यक्रममा कडा रोगहरूको उपचार खर्च स्वास्थ्य बिमा आबद्ध गर्ने कार्यविधि २०७८ लाई खारेज गरी विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका(२०८० स्वीकृत गरी बिमा बोर्डमा गइसकेको कार्यक्रम पुनः मन्त्रालयमा नै तानेको हो।

मन्त्रालयले ६ मंसिरमा मन्त्रिस्तरीय निर्णय गर्दै विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका-२०८० स्वीकृत गरेको हो। उक्त निर्देशिका कार्यान्वयनमा आएसँगै दुई वर्षअघि बनेको कार्यविधि खारेज भएको छ र बिमा बोर्डमा गएको विपन्न उपचार सेवा कार्यक्रम मन्त्रालयमै फर्किएको छ।

योसँगै विपन्न बिरामीका लागि एक वर्षदेखि स्वास्थ्य बिमा बोर्डबाट उपलब्ध हुँदै आएको मुटु, क्यान्सर, मिर्गौला, अल्जाइमर्स, पार्किन्सन, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाको उपचार सहुलियत पुनः नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखामै फर्किएको हो।

बिमा बोर्डका अनुसार स्वास्थ्य बिमाका बीच दोहोरोपन नहुने गरी एकद्वार प्रणालीबाट सञ्चालन गर्ने भन्दै २०७८ कात्तिक ३० गते मन्त्रिस्तरीय निर्णय तयार भएको विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७५ ९दोस्रो संशोधन २०७७० बमोजिम नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाबाट सञ्चालन हुँदै आएको विपन्नका लागि उपचार कार्यक्रमलाई स्वास्थ्य बिमा अन्तर्गत लैजाने गरी निर्णय भएको थियो।

सोहीअनुसार बिमा बोर्डले १ वैशाख २०७९ देखि यो कार्यक्रम सञ्चालन गर्दै विपन्न नागरिकलाई दिइँदै आएको कडाखालका ९ प्रकारको उपचार सेवा सञ्चालन गरेको थियो।

सरकारले विपन्न नागरिकलाई लाग्ने ८ वटा कडा रोगको उपचारका लागि सहुलियत दिन चालू आवमा २ अर्ब ५० करोड रुपैयाँ बजेट छुट्याएको छ। निर्देशिकाले उक्त बजेटको ०.५ प्रतिशत बजेट विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालनका लागि कार्यक्रम प्रस्ताव गरी विभागबाट स्वीकृत गराई काम गर्न सकिने भनिएको छ। त्यसअनुसार यो कार्यक्रम व्यवस्थापन गर्न १ करोड २५ लाख रुपैयाँ महाशाखाले प्रयोग गर्न पाउनेछ।

प्रतिक्रिया दिनुहोस