९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधान न्यायाधीशले भने-वर्षमा ४० हजार मुद्दा पर्छन्, त्यसैले काम गर्दागर्दै पनि ढिलो हुन्छ

अ+ अ-

काठमाडौँ । गोरखा जिल्ला अदालतको नवनिर्मित भवन निर्माण भएको तीन बर्षपछि उद्घाटन भएको छ । शुक्रवार
एक कार्यक्रमकाबीच प्रधानन्यायाधीश बिश्वम्भरप्रसाद श्रेष्ठले भवनको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै उनले नयाँ भवन बनेसँगै यसबाट प्रवाह हुने सेवा र कार्यसम्पादन थप गुणस्तरीय हुनेमा विश्वास लिएको बताए । ‘न्याय नपाए गोरखा जानू भन्ने युक्ति स्मरण गर्दै उनले न्यायको इतिहासमा गोरखा अंग्रपक्तिमा रहेको र यस जिल्लाको भवन उद्घाटन गर्न पाउँदा आफू खुशी भएको जानकारी दिए । नवनिर्मित भवनको समय समयमा आवश्यक मर्मतसम्भार समेत गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै उनले सर्वोच्च अदालतमा यो वर्ष २८ हजारभन्दा बढी मुद्दा दर्ता भइसकेको जानकारी गराए । उनले भने, ‘वर्षेनी ४० हजारभन्दा बढी मुद्दा दर्ता हुन्छ, यता जनताको अपेक्षा चाडै न्याय सम्पादन होस् भन्ने हुन्छ, हामीले सबै मुद्दा हेर्नुपर्ने भएकाले गर्दा गर्दै पनि न्याय सम्पादनमा केही समय लाग्छ ।’

सर्वोच्च अदालतमा बक्यौता मुद्दाको लगत कम हुँदै गएको उनले बताए । दुई वर्ष नाघेका मुद्दाहरू शून्यमा ल्याउने उद्देश्यका साथ अदालतहरू लागी परेका बताउँदै उनले गोरखा अदालतले गत आव गरेको कामको मूल्याकंन समेत गरे ।

सर्वोच्च अदालतमा पेशी तोक्ने कार्यलाई स्वचालित पद्धतिमा राखिएको र त्यसको सकारात्मक नतिजा आएको बताए । पेशी कार्य तोक्दा स्वचालित मेसिनको प्रयोग समेत गर्न थालिएको उनले जानकारी दिए । ‘यो सर्वोच्च अदालतमा प्रभावकारी देखिएको छ, अव छिट्टै उच्च अदातलहरुमा यसको प्रयोग गर्छौ, त्यसको नतिजाको आधारमा जिल्लाका अदालतमा पनि प्रयोग गर्ने योजना छ,’ उनले भने । अनलाइन प्रणालीबाटै मुद्दा दर्ताको तयारी समेत भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस