१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्घ र प्रदेशले उपेक्षा गरेपछि ‘एउटै पुस्तामा समृद्ध बनाउने लिम्चुङबुङको सपना’

अ+ अ-

काठमाडौँ । नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । पर्यटन प्रवर्द्धन गरी आर्थिक पाटोमा सुर्धान ल्याउन यहाँ धेरै प्रयास भएका छन् । यस्तै प्रयासमा जुटेको छ, लिम्चुङबुङ गाउँपालिका । 

गाउँपालिकाले पर्यटनको विकासद्वारा गाउँलाई ‘एउटै पुस्तामा समृद्ध बनाउने लिम्चुङबुङको सपना’ अभियान घोषणा गरेको छ । मंसिर २५ मा घोषणा भएको उक्त अभियानले पक्की  सडक निर्माण, कृषिमा आधुनिकीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रको स्तरोन्नति र पर्यटनको विकासलाई मुख्य लक्ष बनाएको छ । 

लिम्चुङबुङलाई प्रकृतिले धेरै कुरा दिएको छ । गाउँपालिकाको एभरेष्ट भ्यु टपबाट सगरमाथासहित आठ हजार भन्दा अग्ला छवटा हिमालहरू एकैसाथ नियाल्न सकिन्छ । चोयु, लोत्से, लोत्सेशार, मकालु, कञ्चनजंगालगायतका हिमाल लिम्चुङबुङको आँगनमै छन् । यसैगरी एक ठाउँबाट सूर्योदय र सूर्यास्तको पनि दृश्य अवलोकन गर्न सकिन्छ । 

प्रकृतिले दिएका यी उपहारलाई बेचेर समृद्धि ल्याउने अभियानमा होमिएको गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले बताए । ‘मंसिर २५ मा एउटै पुस्तामा गाउँलाई समृद्ध बनाउने लिम्चुङबुङको सपना घोषणा भएको छ,’ राई भन्छन्, ‘प्रकृति, संस्कृति र कृषिलाई बेचेर मात्र गाउँमा समृद्धि ल्याउन सकिन्छ भनेर लागेका छौँ । किन कि यो भन्दा अर्को विकल्प हामीसँग छैन ।’

केही नबेची पैसा आउँदैन, पैसा नआएसम्म जनताको जीवनस्तर माथि उठ्दैन, जीवनस्तर माथि नउठेसम्म शिक्षा र स्वास्थ्यमा सुधार नहुने बुझेरै जनप्रतिनिधिहरू पर्यटन प्रवर्द्धनमा लागेका हुन् । ‘केन्द्र सरकारसँग धेरै अपेक्षा गर्‍यौँ । पालिकाको बजेट नौ करोड हुन्छ । सबै बजेट लगायो भने पनि मदन भण्डारी राजमार्गबाट पालिकासम्म सडक पीच गर्न २८ वर्ष लाग्ने रहेछ,’ अध्यक्ष राईले भने, ‘अब जनतासँगै मिलेर अघि बढ्ने योजना बनाएका छौँ ।’

व्यवस्था परिवर्तन भयो । सङ्घीयता आयो । तर, सङ्घीयताले दुर्गमका पालिकाको समस्या सम्बोधन गर्न सकेन । ‘बजेट पार्नका लागि कि त यो ठाउँले मन्त्री जन्माउनु पर्‍यो, कि त जनस्तरबाट दबाब दिनु पर्‍यो । यही निष्कर्षमा पुगेर हामीले जनस्तरबाट दबाब दिनका लागि यो अभियान सुरु गरेका हौँ,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र राज गुरुङले भने, ‘सङ्घ र प्रदेशबाट दुर्गमका पालिकालाई उपेक्षा गरिन्छ भने पालिकाले जनदबाब र जनसहयोगबाट पनि केही गर्न सक्दछन् भन्ने नजिरका बसाल्न पालिकाले यो अभियान सुरु गरेको हो ।’

अभियानको नेतृत्व लिम्चुङबुङले गर्ने र अन्य छिमेकी पालिकालाईसमेत यसमा सहभागी गराउने योजना रहेको छ । पटक पटक अर्थ मन्त्रालय धाउँदा पनि बजेट नपाएपछि गाउँपालिकाले यो कदम चालेको हो । उक्त अभियानलाई स्थानीयले स्वागत गरेका छन् । बजेट जुटाउनका लागि सहयोग गर्न जनता र कर्मचारी तयार देखिएका छन् । यो अभियानले बसाइसराइ रोक्ने र पर्यटक आवागमनमा वृद्धि हुने अपेक्षा गरिएको प्रशासकीय अधिकृत गुरुङले बताए ।

तराई र पहाडसँग जोडिएको उदयपुर जिल्लामा रहेको लिम्चुङबुङबाट हिमाललाई पनि नजिकैबाट नियाल्न सकिन्छ । साथै यहाँबाट पूर्वको पशुपति भनेर चिनिने हलेसी महादेवको दर्शन गर्न पनि सजिलो हुने गर्दछ । तर, मदन भण्डारी राजमार्गबाट ३४ किलोमिटरको सडक दूरीमा रहेको लिम्चुङबुङ सडक पूर्वाधारकै कारण पछि परेको छ ।

‘सडक राम्रो भयो भने भारतीय पर्यटक भित्र्याउन सकिने गाउँपालिकाका पर्यटन सल्लाहकार राम सुन्दर बाके बताउँछन् । ‘केन्द्र र प्रदेशमा पर्यटनसँग सम्बन्धित मन्त्रालय छन् । तर, कार्यान्वयन गर्ने स्थानीय तहमा यसको संरचना नै छैन,’ उनी भन्छन्, ‘वडा स्तरबाटै संरचना बनाएर लैजानु पर्छ । वडा-वडामा पर्यटन समिति बनाउनु पर्छ ।’

स्थानीय सरकारले कल्पना गरेको पर्यटन प्रवर्द्धनका विषयलाई प्रदेश र केन्द्र सरकारले पनि प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनले बताए । बाकेका अनुसार सडकको सहजता भएमा लिम्चुङबुङ पनि पोखरा, चितवन र धरान जस्तै पर्यटकीय गन्तव्य बन्छ ।

प्रतिक्रिया दिनुहोस