११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रका चुनौती सामना गर्न पार्टीले टिकट दियो : कृष्णप्रसाद सिटौला

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका लागि कोशी प्रदेशबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारी आवश्यक रहेको बताएका छन् । त्यही जिम्मेवारी पूरा गर्न आफूलाई पार्टीले राष्ट्रिय सभाको टिकट दिएको सिटौलाले बताए ।

सोमबार बिहान उम्मेदवारी दर्ता गराएपछि पत्रकाहरुसँग कुरा गर्दै सिटौलाले भने, ‘राष्ट्रिय सभामा पुगेपछि राष्ट्र सामु उपस्थित चुनौतीको सामना गर्न र जनताको हितमा काम गर्न साझा दृष्टिकोणका साथ पार्लियामेन्ट अगाडि जानुपर्छ भन्ने मेरो मान्यता हो । मलाई मेरो पार्टीले पनि त्यही भूमिका निर्वाह गर्न सक्छ भनेर नै उम्मेदवार बनाएको हो ।’

यदि आफू राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएमा राष्ट्रका चुनौती सामना गर्न र जनताको हितमा काम गर्न सबै दलहरूको समझदारी निर्माण गर्न पहल गर्ने उनले बताए ।

सिटौलाले भने, ‘नेपालको राजनीतिक विकासक्रममा संसदबाट नयाँ ढङ्गले अगाडि जान आवश्यक छ । सबै दलहरुबीचमा संसदबाट समझदारी निर्माण गरेर नयाँ ढङ्गले मुलुकसामु उपस्थित चुनौतीको सामना गर्ने कुरामा नीतिगत रूपबाट संयुक्त भएर जानु आवश्यक देखेको छु मैले ।’

उम्मेदवार छनौटको सन्दर्भमा जतिसुकै विमति भए पनि गठबन्धनका उम्मेदवारहरूलाई जिताउन एकताबद्ध भएर निर्वाचनमा होमिने पनि उनले बताए । ‘निर्वाचनका उम्मेदवार छनोट गर्ने निर्णयका सन्दर्भमा जे जति कुराहरू भएका छन् ती सबलाई थाती राखेर हामी आफ्नो पार्टीका उम्मेदवारहरूलाई र गठबन्धनका उम्मेदवारहरूलाई जिताउन भरमग्दुर प्रयास गर्छौँ । संयुक्त रूपले एकताबद्ध भएर अगाडि जान्छौँ ।’

नेपाली काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन कुमार थापाले पार्टीका उम्मेदवार छनौट प्रक्रियाप्रति असहमति जनाएका थिए । थापाले विधि मिचिएको भन्दै दुई बुँदे फरक मत लेखे भने शर्माले मौखिक रूपमा ६ बुँदे विमति राखेका थिए ।

पत्रकारहरूले त्यही विषयमा सिटौलासँग जिज्ञासा राखेका थिए । उनले आफ्नो नाममा पहिल्यै सर्वसहमति भएपछि आइतबार नै गाडी चढेर विराटनगर आएको र सोमबार बिहान उम्मेदवारी दर्ता गराएको बताए ।

प्रतिक्रिया दिनुहोस