९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नापी कार्यालयका प्रमुखसहित नौ जनाविरुद्धको मुद्दा सर्वोच्चमा

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालयका प्रमुखसहित नौ जनाविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

सरकारी जग्गा व्यक्ति विशेषको नाउँमा दर्ता गरी भ्रष्टाचार गरेको आरोप लागेका उनीहरूलाई सजायको माग गर्दै सर्वोच्चमा पुनरावेदन गरिएको हो ।

मालपोत कार्यालय खोटाङका तत्कालीन मालपोत प्रमुख यदुनाथ दाहालसहित नौ जनालाई विशेष अदालतले गरेको फैसला बदर गरी प्रतिवादीहरूलाई सजायको माग गर्दै सर्वोच्चमा पुनरावेदन गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

अख्तियारले १३ जेठ २०७७ सालमा मालपोत प्रमुख यदुनाथ दाहाल, नापी विभागका प्रमुख सियाकान्त चौधरी, मालपोत अधिकृत कटक बहादुर खत्री, मालपोत कार्यालयमा ना.सु. भीम बहादुर खत्री, तत्कालीन खरिदार टेकबहादुर खड्का,जग्गाधनी गजेन्द्रकुमार थापा, रामबहादुर थापा, तत्कालीन नापी कार्यालयका अमिन गणेश कुमार खिडहरी, जग्गा मालपोत कार्यालय खोटाङका कर्मचारी टेक बहादुर खड्का र मालपोत कार्यालय खोटाङका तत्कालीन ना।सु।चन्द्र बहादुर कार्कीको मिलेमतोमा सार्वजनिक जग्गा व्यक्तिको बनाएको आरोपमा विशेषमा मुद्दा दायर गरेको थियो।

खोटाङ दिक्तेलको सरकारी जग्गा कित्ता नम्बर १३७ र ८१५ को छुट जग्गा दर्ता गराउँदै उनीहरूले ४ लाख ९१ हजार २ सय रुपैयाँ भ्रष्टाचार गरेको आरोप पत्र दायर गरेको थियो। अख्तियारले सबै प्रतिवादीसँग ४ लाख ९२ हजार २ सय बिगो र सोही बराबरको जरिवाना र भ्रष्टाचार निवारण ऐनअनुसार कैद सजायको माग दाबी गरेको थियो।

तर विशेष अदालतले प्रतिवादी खत्रीलाई ६ महिना कैद र हानी-नोक्सानी गरेको बिगोको दामासहितले हुन आउने १ लाख ६३ हजार ६७ जरिवाना ,खत्री र खड्कालाई ५ महिना कैद र १ लाख ६३ हजार ६७ रुपैयाँ बिगो ठहर गरेको थियो।

सो मुद्दाका प्रतिवादी चौधरी र दाहालले भने सफाइ पाएका थिए। जग्गा दर्ता समिति मार्फत विभागीय सहमति लिई कित्ता नम्बर १३७ र ८१५ को जग्गा दर्ता गर्न सिफारिस गरेको कार्य अन्यथा देखिन नआएपछि सो कार्यमा संलग्नता नदेखिएको भन्दै अख्तियारले उनीहरूलाई सफाइ दिएको थियो। चन्द्रबहादुर कार्की,गजेन्द्र बहादुर थापा, चन्द्रबहादुर कार्कीले आरोपित कसुरबाट सफाइ पाएका थिए।

तर, विशेष अदालतले मालपोत प्रमुख दाहाललाई ४ लाख १४ हजार ४५३ रुपैयाँ बिगो, नापी प्रमुख चौधरीलाई ४ लाख ८९ हजार २०१ रुपैयाँ बिगोसहित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजायको माग गर्दै सर्वोच्चमा पुनरावेदन दिएको हो।

यसैगरी अख्तियारले जग्गाधनी गजेन्द्रलाई ४ लाख १४ हजार ४५३ रुपैयाँ र रामबहादुरलाई ७४ हजार ७४८ रुपैयाँ बिगोसहित उनको नाममा रहेको जग्गाको दर्ता स्रेस्ता भ्रष्टाचार ऐन २०५९ को दफा ८ को उपदफा ९१० बमोजिम बदरको माग गरिएको छ। नासु कार्कीलाई ६३ हजार ८५० रुपैयाँ बिगोसहित सजायको माग गरेको छ।

प्रतिवादीहरू सियाकान्त, यदुनाथ, चन्द्रबहादुर, गजेन्द्र,रामबहादुर,गणेशकुमारका हकमा सफाइ दिने विशेष अदालतको फैसला बदर गरी सजायको माग गर्दै पुनरावेदन गरेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस