१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विधान अक्षरस पालना गर्न निर्देशन दिँदै प्रदेश र जिल्ला कमिटीलाई एमालेको पत्र

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले जिल्ला अधिवेशन सुव्यवस्थित गर्नको लागि प्रदेश र जिल्ला कमिटीलाई परिपत्र पठाएको छ । महासचिव शंकर पोखरेलले परिपत्र पठाउँदै जिल्ला अधिवेशनसँगै पार्टी पालिकारइलाका, वडा-शाखा र टोल अधिवेशनको तयारीमा जुट्न निर्देशन दिएका छन् ।

परिपत्रमा भनिएको छ, ‘एकातिर पार्टी वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा पार्टी अध्यक्षको नेतृत्वमा एकताबद्ध रूपमा क्रियाशील भइरहेको छ, अर्कातिर स्थानीयस्तरमा उत्पन्न मतभेदले पार्टीको सङ्गठनात्मक जीवनलाई प्रभावित गरिरहेको पनि देखिन्छ । गएका दुईवटा चुनावको परिणामसमेत आन्तरिक कारणले प्रभावित भएको अनुभूति पार्टीपङ्क्तिलाई भएकै छ । भविष्यमा त्यस्तो स्थिति आउन नदिनका लागि आसन्न अधिवेशनहरूलाई सुव्यवस्थितरुपमा सम्पन्न गर्न जोड दिनु पर्दछ ।’

मुलुक प्रादेशिक संरचनामा गएपछि गठन गरिएका प्रदेश कमिटीहरूका अधिवेशन तोकिएकै समयमा सम्पन्न भएको उल्लेख गर्दै ०८१ साल जेठ मसान्तसम्म जिल्ला अधिवेशनहरू सम्पन्न गर्नेगरी तयारीमा जुट्न भनेका छन् ।

विगतमा अधिवेशनको आयोजना गरिरहँदा प्रतिनिधि छनौट, बन्दसत्रको व्यवस्थापन र नेतृत्व चयनजस्ता विषयमा एकरूपता कायम हुन नसकेको र कतिपय ठाउँमा विवादसमेत सिर्जना स्मरण गर्दै पार्टी विधान, नियमावली र पार्टी केन्द्रीय कमिटीबाट जारी भएका निर्देशन अनुसार चल्न निर्देशन दिएको छ।

‘पार्टीको जिल्ला अधिवेशन आयोजनाका सन्दर्भमा पार्टी विधान तथा नियमावलीको अक्षर र भावनालाई सर्वोपरि ध्यानमा राखी तयारीमा जुट्ने । पार्टी विधानको धारा ३४ देखि ३८ सम्म र नियमावलीको धारा ११ ले जिल्ला अधिवेशनका सम्बन्धमा गरेको स्पष्ट मार्गदर्शनलाई ध्यान दिने । जिल्ला अधिवेशनको उम्मेदवारको योग्यताबारे विधानको धारा ६३ को १०, ११ र १२ तथा समावेशीताका विषयमा धारा ६२ मा उल्लेख गरिएको छ । जिल्ला र मातहत कमिटीका अधिवेशनहरू गर्दा सोहीअनुसार गर्ने/गराउने’ परिपत्रमा भनिएको छ ।

अधिवेशन आयोजना गर्ने जिल्ला कमिटीहरूले केन्द्रीय सङ्गठन विभागबाट पछिल्लो पटक प्रमाणीकरण गरिएको नवीकृत पार्टी सदस्यहरूको सूचिलाई नै आधार मानेर अधिवेशनको प्रक्रिया अघि बढाउने भनेको छ ।

प्रतिक्रिया दिनुहोस