१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री बस्नेतको असन्तुष्टि : मन्त्रालय खाली पारेर कर्मचारी आईएनजीओको कार्यक्रममा हिँड्छन्  

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले खोप कार्यक्रममा मन्त्रालयले अपेक्षित सफलता पाउन नसकेको भन्दै चर्को असन्तुष्टि व्यक्त गरेका छन् ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले मंगलबार राजधानीमा आयोजना गरेको राष्ट्रिय दादुरा–रुवेला खोप अभियान २०८०/०८१ को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले कर्मचारीको कार्यशैलीप्रति असन्तुष्टि पोख्दै क्षमता अनुसार काम नभएको बताएका हुन् ।

सरकारले सन् २०२६ सम्म दादुरा-रुवेला निवारण गर्ने लक्ष्य लिएको भए पनि यही गतिमा काम गर्ने हो भने सम्भव नभएकोले स्वास्थ्यका हरेक कर्मचारीले आफ्नो काम गर्ने शैली परिवर्तन गर्नु आवश्यक रहेको मन्त्रीको भनाई थियो ।

अहिलेकै कार्यशैलीमा काम गर्ने हो भने सन् २०२६ सम्म पनि दादुरा-रुवेला निवारण हुनेमा आफू विश्वस्त हुन नसकेको मन्त्री बस्नेतले बताए ।

सन् २०२३ मै निवारण गरिसक्ने लक्ष्य लिएको भए पनि कर्मचारीकै ढिलासुस्ती र गैरजिम्मेवारीपनका कारण त्यो पुरा हुन नसकेर सन् २०२६ को लक्ष्य लिएको भए पनि जिम्मेवारीका साथ काम भइनरहेकोले फेरि अर्को मिति तोक्नु पर्ने अवस्था आउन नहुने मन्त्री बस्नेतले बताए ।

‘जागिर मात्र खाने मानसिकताले काम गर्दा तोकिएको लक्ष्य पुरा गर्न सकिँदैन । आफूमा भएको क्षमता प्रदर्शन गर्न सक्नु पर्छ,’ मन्त्री बस्नेतले असन्तुष्टि व्यस्त गर्दै भने, ‘स्वास्थ्यका अधिकारीको काम महिनामा दुई/दुई पटक विदेश जाने र आईएनजिओको काम गर्ने मात्र होइन , सरकारी सेवामा प्रवेश गरेपछि जनताको पक्षमा काम गर्नु पर्छ ।’

स्वास्थ्यका कर्मचारीको अहिलेको काम गर्ने तौरतरिका परिवर्तन नभए स्वास्थ्यमा अपेक्षाकृत नतिजा हासिल गर्न कठिन हुने बताउँदै मन्त्री बस्नेतले सरकारले दिएको जिम्मेवारी गहन ढङ्गले बहन गर्न सबै कर्मचारीलाई निर्देशन दिए ।

मन्त्रालय, विभाग, महाशाखा नै रित्तो बनाएर कर्मचारी आईएनजीओको कार्यक्रममा हिँडेको र जनताको सेवामा चुकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस