७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निक्षेप १० प्रतिशत र कुल कर्जा १२ प्रतिशतले वृद्धि गर्ने राष्ट्रिय वाणिज्य बैंकको लक्ष्य

अ+ अ-

काठमाडौँ । आर्थिक वर्ष २०७९-८० मा तीन अर्ब ५९ करोड रुपैयाँ नाफा गरेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आ.व.को पुस मसान्तसम्म दुई अर्ब एक करोड रुपैयाँ नाफा गर्न सफल भएको छ । बैंकका अनुसार बैंकको २०८० पुस मसान्तसम्म निष्क्रिय कर्जा ३.९५ प्रतिशत, कोषको लागत ५.६७ प्रतिशत तथा औसत आधारदर ८.२५ प्रतिशत रहेको छ ।

बैंकको ५९ औ वार्षिकोत्सवको अवसरमा बुधवार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकिंग क्षेत्रका महत्त्वपूर्ण सूचकहरू निक्षेप, कर्जा, नाफा एवं घट्दो खराब कर्जा अनुपात आदि सबल बन्ने आशा जगाएको बताए । झन्डै ६ दशकको इतिहासमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले विभिन्न खाले चुनौतीको सामना गर्दै आएको उल्लेख गर्दै उनले बैंकका ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न बजारको माग अनुसारको सम्पूर्ण सेवा तथा सुविधाहरू उपलब्ध गराउँदै आएको जानकारी दिए ।

श्रेष्ठका अनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता लगायत शिक्षा, स्वास्थ्य, प्राकृतिक प्रकोपका क्षेत्रहरूमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न सहयोग गर्दै आएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको निक्षेप १० प्रतिशतले तथा कुल कर्जा १२ प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको छ ।

आ.व. २०८०÷८१ मा अगाडी बढाइएका विशेष कार्यक्रमहरू “ग्रामीण जीवनमा सुधार, एसएमई कर्जाको विस्तार“, “किसानसँग राष्ट्रिय वाणिज्य बैंक”, “एक प्रदेश, एक विशेष“ कार्यक्रमहरूलाई प्रभावकारी ढङ्गले अगाडी बढाई उत्पादन र रोजगारी अभिवृद्धिमा ठोस कार्यहरू गरिने उनले बताए ।बैंकले देशको ८ वटा विभिन्न ठाउँहरू बसन्तपुर, थापाथली, भैरहवा, बुटवल, पोखरा, लहान कोहलपुर तथा महेन्द्रनगरमा आफ्नै भवनको निर्माण गरेको उनले जानकारी दिए ।

बैंकले देशभरि २८६ शाखा कार्यालय, ३०० ए.टी.एम., ७० वटा एक्टेनशन काउन्टर तथा ९५ शाखारहित बैंकिङमार्फत् सेवा दिँदै आएको छ । बैंकसँग कारोबार गर्ने कुल निक्षेप ग्राहकको सङ्ख्या ४१ लाख पुगेको छ भने कर्जा ग्राहकको सङ्ख्या २ लाख पुगेको छ ।

हाल बैंकसँग करिब १७ लाख मोबाइल बैंकङ प्रयोगकर्ता, करिब ७ लाख ५० हजार ए.टी.एम प्रयोगकर्ता, ३० हजार इन्टरनेटबैंकङ प्रयोगकर्ता, १० हजार ब्राञ्चलेस बैंकङ प्रयोगकर्ता रहेका छन् । बैंकको पीओएस मेसिनको सङ्ख्या १ हजार ८८२ पुगेको छ भने ७४ हजार ३६१ को सङ्ख्यामा क्युआर कोड जारी गरेको छ । हालै मात्र नेपाल क्लियरिङ्ग हाउसले सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकको रूपमा बैंकलाई सम्मान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस