७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तेल उत्पादन बढाउन इरानमा १३ अर्ब डलरको सम्झौता

अ+ अ-

काठमाडौँ । पश्चिमी प्रतिबन्धको सामना गरिरहेको इरानले तेल उत्पादन बढाउन घरेलु कम्पनीहरूसँग अर्बौँ डलरको सम्झौतामा हस्ताक्षर गरेको छ।

तेल मन्त्रालय र इरानी व्यवसायीहरूले आइतबार छवटा प्रमुख क्षेत्रमा दैनिक तेल उत्पादन बढाउन १३ अर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेका हुन्।

तेल उद्योगको आधिकारिक समाचार एजेन्सी सानाले यो सम्झौतालाई इरानको ‘पछिल्लो दशकमा सबैभन्दा ठूलो तेल सम्झौता’ भनेको छ। एजेन्सीका अनुसार उनीहरूले मुलुकको दैनिक उत्पादनमा तीन लाख ५० हजार ब्यारेल थप्ने लक्ष्य राखेका छन्।

अक्टोबरमा इरानी तेलमन्त्री जवाद ओवजीले मार्च १९ को फारसी वर्षको अन्त्यसम्म मुलुकको तेल उत्पादन प्रतिदिन ३६ लाख ब्यारेलसम्म पुग्ने वाचा गरेका थिए। ‘फारसी क्यालेन्डरअनुसार नयाँ वर्षमा तेल उत्पादन प्रतिदिन ४० लाख ब्यारेलसम्म पुग्नेछ’, उनले भनेका थिए।

तेहरानको आणविक कार्यक्रमलाई रोक्न बनाइएको ऐतिहासिक सम्झौताबाट अमेरिका पछि हटेपछि पश्चिमी प्रतिबन्ध पुनः लागु भएसँगै सन् २०१८ मा इरानको तेल क्षेत्रलाई झट्का लागेको थियो। पश्चिमी प्रतिबन्धका कारण विदेशी कम्पनीहरू इरान छाड्न बाध्य भएका थिए। तेल मन्त्रालयका अनुसार इरान इराकको सीमामा रहेको खुजेस्तान प्रान्तमा अजादेगनसहित आफ्नो पश्चिमी तथा दक्षिण पश्चिमी क्षेत्रमा तेल उत्पादनलाई बढाउन सहयोग गर्न ‘घरेलु विशेषज्ञतामा भरोसा गर्नेछ।’

इरानको सबैभन्दा पुरानो तेल क्षेत्र खुजेस्तानमा मस्जेद सोलेमनको विकास सम्झौतामा पनि हस्ताक्षर गरिएको छ। सन् १९०८ मा पहिलो पटक खनिएको मस्जेद सोलेमनमा कुवा नम्बर १ मध्यपूर्वमा सबैभन्दा पुरानो हो।

प्रतिक्रिया दिनुहोस