९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसी राष्ट्रपतिमा पुटिनको जित सुनिश्चित

अ+ अ-

काठमाडौँ । रुसमा आम निर्वाचन सम्पन्न भएको छ । अब भ्लादिमिर पुटिन फेरि राष्ट्रपति बन्ने अपेक्षा गरिएको छ । रुसी सञ्चारमाध्यमका अनुसार प्रारम्भिक रुझानले पुटिनले करिब ८८ प्रतिशत मत प्राप्त गर्ने सम्भावना रहेको देखाएको छ । 

रुसी मिडिया रिपोर्टका अनुसार एक्जिट पोलले पुटिनले रुसी राष्ट्रपतिको रूपमा अर्को ६ वर्षको कार्यकाल पाएको देखाएको छ । अहिलेको चुनावमा युक्रेन युद्धको विरोध गर्ने कोही पनि चुनावमा उम्मेदवार बन्न पाएनन् ।

सुरुमा ३३ जनाले रुसको राष्ट्रपतिको दौडमा दाबी गरेका थिए । १५ जनाले मात्रै आवश्यक कागजात पेस गर्न सकेका थिए । तर, अन्त्यमा चार जनाको मात्रै उम्मेदवारी कायम भएको थियो । जसमा भ्लादिमिर पुटिन, भ्लादिस्लाव डवान्कोभ, लियोनिद स्लुत्स्की र निकोले खारिटोनोभ रहेका छन् । पुटिनको तुलनामा अरु जम्म राजनीतिक भाषमा ‘डमी’ उम्मेदवारको रूपमा रहेका छन् ।

३१ डिसेम्बर १९९९ मा बोरिस येल्तसिनले राष्ट्रपति पदबाट राजीनामा दिएका थिए । त्यसपछि पुटिन कार्यवाहक राष्ट्रपति बने । पुटिनले मार्च २००० मा आफ्नो पहिलो चुनाव जितेका थिए । २००४ मा, पुटिन दोस्रो पटक राष्ट्रपति निर्वाचित भए । 

संविधानअनुसार कोही पनि लगातार दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न पाउँदैन । यस्तो अवस्थामा पुटिनले सन् २००८ मा पद त्याग्नु परेको थियो । पुटिनले दिमित्री मेदवेदेवलाई आफ्नो उत्तराधिकारी घोषणा गरे र आफैँ प्रधानमन्त्री भए । 

मेदभेदेव सरकारले संविधान संशोधन गरी राष्ट्रपतिको कार्यकाल चार वर्षको सट्टा ६ वर्ष तोकेको थियो । यसपछि पुटिन सन् २०१२ मा तेस्रो पटक र सन् २०१८ मा चौथो पटक राष्ट्रपति बनेका थिए । जुलाई २०२० मा पुटिनले एक विवादास्पद संवैधानिक संशोधन ल्याए, जसले उनलाई २०३६ सम्म राष्ट्रपति रहने बाटो खुला गरेको थियो । 

प्रतिक्रिया दिनुहोस