७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिमाल चढ्न २६४ आरोहीले लिए अनुमति

अ+ अ-

काठमाडौँ । वसन्त ऋतुको आरोहण सिजनका लागि शुक्रबारसम्म २६४ जना आरोहीले हिमाल आरोहण अनुमति लिएका छन् ।

पर्यटन विभागको तथ्याङ्क अनुसार शुक्रबारसम्म १५ हिमालका लागि सो संख्यामा आरोहण अनुमति जारी भएको विभागले जनाएको छ । यस सिजनमा हिमाल चढ्न सबैभन्दा धेरै सगरमाथामा अनुमति जारी भएको छ ।

सगरमाथाका लागि शुक्रबारसम्म ११ समूहका १३० जना आरोहीले अनुमति लिएका छन् । जसमध्ये २६ जना महिला छन् । दोस्रो स्थानमा अमादब्लम रहेको छ । यो हिमाल चढ्न ४ समूहका ३८ जनाले अनुमति लिएका छन् । जसमध्ये ६ जना महिला छन् ।

अन्नपूर्ण प्रथमका लागि २५ र धौलागिरि हिमाल चढ्न १५ जनाले अनुमति लिएका छन् । यसैगरी मकालु प्रथमका लागि १०, जुगल प्रथम र द्वितीयका लागि ८/८, पुथा हिउँचुली र कञ्चनजङ्घाका लागि ७/७ जनाले अनुमति लिएको विभागले जनाएको छ ।

हिमलुङ हिमालमा ५, तेङगोपा हिमालमा ४ जनाले अनुमति लिएको विभागले जनाएको छ । अहिलेसम्म सबै हिमालमा ६० जना महिलाले आरोहण अनुमति लिएका छन् ।

शुक्रबारसम्म विभागले आरोहण अनुमतिबाट मात्र १९ करोड ९२ लाख रुपैयाँ बराबर रोयल्टी संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस