७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विभिन्न व्यक्ति र संस्थालाई १ लाख राशिको अवार्ड वितरण

अ+ अ-

काठमाडौँ । सरकारले सूचना प्रविधि क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई सात वटा विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि अवार्ड वितरण गरेको छ ।

सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उनीहरूलाई सम्मान गरेको हो ।

सरकारले नेशनल आइसीटी एक्सेलेन्स अवार्ड २०२४बाट शैलेन्द्र गिरीलाई प्रदान गरेको छ । उनी राप्ति इन्जियनियरिङ कलेजका अध्यक्ष हुन् । यस्तै नेशनल आइसीटी एक्सेलेन्स अवार्ड २०२४ (वुमन)बाट लेना केशरी कंसाकार सम्मानित भएकी छन् । उनी एनसेलकी चिफ टेक्नोलोजी अफिसर हुन् ।

यस्तै नेशनल आइसिटी नवप्रवर्द्धन अवार्ड वान प्वाइन्ट कम्पनीलाई प्रदान गरेको छ । कम्पनीले एपीआई म्यानेजमेन्ट एकीकृत सिस्टम विकास गरी बैंक तथा वित्तीय क्षेत्रलाई सहज बनाएको छ ।

वान पोइन्टले बनाएको एपीआई म्यानेजमेन्ट सिस्टमले एउटै प्लेटफर्मबाट सम्पूर्ण एपीआई र डिजिटल सेवाहरूलाई व्यवस्थापन र मोनिटरिङ गर्दै आएको छ ।

यस्तै नेशनल आइसिटी अवार्ड पब्लिक सेक्टरबाट सामाजिक सुरक्षा कोषले पाएको छ । सरकारी सेवा प्रवाहमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने निकाय भएको भन्दै उक्त पुरस्कार दिइएको हो ।

यस्तै नेशनल आइसिटी अवार्ड प्राइभेट सेक्टरबाट डाटा हबले पाएको छ । डेटा हबले नेपालमै पहिलो पटक डेटा सेन्टर स्थापना गरी साना तथा ठूला कम्पनीलाई डेटा सेन्टर सेवा प्रदान गर्दै आएको छ ।

डेटा हब प्रालि, नेपालको अग्रणी डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायक हो । निजी क्षेत्रको पहिलो डेटा सेन्टरको रूपमा सन् २०११ मा स्थापित डेटा हबको बुटवलमा डिजास्टर रिकभरी साइट रहेको छ ।

यसैगरी आइसिटी नेशनल आइसिटी अवार्ड प्रादेशिक पुरस्कार डाइनामिक टेक्नोसफ्ट नामक कम्पनीले पाएको छ । वीरगञ्जमा स्थापना भएर देशको सूचना प्रविधि क्षेत्रमा योगदान गर्ने डायनामिक टेक्नोसफ्टलाई प्रदेशतर्फको नेशनल आईसीटी अवार्ड दिइएको छ ।

सूचना प्रविधि सेवा निर्यात गरी नेपालमा सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउने कम्पनीको रूपमा स्प्राउट टेक्नोलोजीज सर्भिसेस (क्लाउड फ्याक्ट्री) सम्मानित भएको छ ।स्प्राउट टेक्नोलोजी आइटी कम्पनी हो, जसले विभिन्न आइटी सम्बन्धी विभिन्न सेवाहरू आउटसोर्सिङ गर्दै आएको छ ।

आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने आईसीटी कम्पनीको रूपमा नेपाल टेलिकम सम्मानित भएको छ । नेपाल टेलिकम सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक हो ।

मोनाल टेकले नेसनल आईसिटी स्टार्टअप अवार्ड २०२४ प्राप्त गरेको छ । देश तथा विदेशमा साइबर सुरक्षा सेवा प्रदान गरिरहेको मोनाल टेकलाई स्टार्टअप नेशनल आईसीटी अवार्ड प्रदान गरिएको छ ।

सन् २०२० मा स्थापना भएको मोनाल टेक नेपालको उदाउँदो साइबर सुरक्षा स्टार्टअप कम्पनी हो । साइबर सुरक्षा र सफ्टवेयर क्षेत्रमा एक दशक बढी काम गरेका अनुभवी समूहले स्थापना गरेको मोनाल टेकले स्वदेश तथा विदेशका विभिन्न संघ संस्थालाई २४ सै घण्टा नेटवर्क, पूर्वाधार र डेटा सुरक्षामा काम गरिरहेको छ । यी सबै पुरस्कारको राशि एक-एक लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस