८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुसन्धान छिटो गराउन दिइने दबाबले स्पिडमै ब्रेक लाग्न सक्छ : डिआइजीपी पोखरेल

अ+ अ-

काठमाडौँ । सुरक्षा दृष्टिले सीमावर्ती क्षेत्र संवेदनशील मानिन्छ । भारतसँगको खुला सीमाका कारण मधेस प्रदेशमा अपराध नियन्त्रणमा थप चुनौती छ ।  काठमाडौँमा अपराध गरेर भागेर भारत जाने बाटो पनि मधेस प्रदेश पर्दछ । अपराध गर्ने तरिकामा नयाँ प्रविधिको प्रयोग, विकास र बिस्तार बढ्दै गएको छ । सोही अनुसारको पर्याप्त जनशक्ति र आवश्यक प्रविधि नेपाल प्रहरीसँग छैन । मधेस प्रदेशमा सङ्गठित तथा आर्थिक अपराध, घरेलु हिंसा, महिलाविरुद्धको ठाडो उजुरीका घटनामा वृद्धि भएका छन् । 

अपराध न्यूनीकरण, अन्तर्राष्ट्रिय अपराध नियन्त्रणका सुरक्षा चुनौती र अनुसन्धानबारे नागरिको गुनासोको सन्दर्भमा मधेस प्रदेश प्रहरी कार्यालय प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डिआइजीपी) यज्ञ विनोद पोखरेलसँग प्रशासन डटकमले गरेको कुराकानीको सम्पादित अंश ।

मधेस प्रदेशका जिल्लाहरूमा आपराधिक घटना बढेको भनिन्छ, प्रहरी तथ्याङ्क कस्तो छ ?
पछिल्लो तीन महिनाको तथ्याङ्कमा धेरै घटबढ छैन । तर, वार्षिक तथ्याङ्क हेर्ने हो भने केही अपराध बढेका छन् भने केही अपराध घटेका छन् ।

यो वर्षको तथ्याङ्कमा कर्तव्य ज्यान, ज्यान मार्ने  उद्योग, गर्भपतन, भब्यतब्य ज्यान, ज्यान सम्बन्धी कसुर, आत्महत्या घटेको छ । महिला तथा बालबालिका सम्बन्धी अपराध, जबरजस्ती करणी, बहुविवाह, बालविवाह, बोक्सीको आरोप, सवारी दुर्घटनाका घटना घटेको छ ।

सङ्गठित र आर्थिक अपराध, घरेलु हिंसा, महिलाविरुद्धको ठाडो उजुरी बढेको छ ।

अपराध नियन्त्रण र न्यूनीकरणका लागि के कसरी काम गर्दै हुनुहुन्छ ? 
सूचना र योजना नै ठूलो कुरा हो । सूचना र योजना अनुसार नै प्रहरी युनिटहरू परिचालित हुन्छन् । सादा पोसाकमा सिभिल प्रहरी परिचालन गरेर पक्राउ गर्ने गरेका छौँ ।

फरार प्रतिवादी तथा अभियुक्तहरू पक्राउ गर्नुका साथै विगतमा अपराधिक कार्यमा संलग्न भएका अदालतबाट कैद भुक्तान गरिसेकेका र पुर्पक्षमा रहेको अदालतले छोडेका व्यक्तिहरूको गतिविधिमाथि पनि निगरानी राख्ने गरिएको छ ।

मधेस प्रदेशमा खुला सीमाका कारण अन्तर्राष्ट्रिय अपराध पनि हुने हुँदा त्यस प्रकारका अपराध न्यूनीकरणका लागि भारतीय प्रहरीहरूसँग समन्वय गरेर काम गर्ने गरिएको छ ।

अन्य क्षेत्र र सीमावर्ती क्षेत्रमा सुरक्षा रणनीति फरक हुन्छ ?
सुरक्षा व्यवस्थापनमा फरक रणनीति हुन्छ । सीमा क्षेत्र बढी संवेदनशील हुने हुनाले बढी प्रहरी परिचालन गरिएको हुन्छ । 

अन्तर्राष्ट्रिय अपराध नियन्त्रण र अवैध सामान ओसारपसार रोक्नका लागि योजना र प्रहरी परिचालन गर्ने तरिका पनि फरक हुन्छ । विगतका तथ्याङ्कलाई हेर्ने हो भने अहिले आपराधिक घटनामा पनि न्यूनीकरण भएका छन् ।

प्रहरी अनुसन्धान प्रभावकारी भएन भन्ने गुनासो छ नि ?
अनुसन्धान भनेको एकै दिनमा सकिने वा नतिजा प्राप्त हुने विषय होइन । अनुसन्धान कहिलेकाहीँ छिटो हुन्छ भने कहिलेकाहीँ लामो रूप लिन्छ र समय लाग्छ ।

घटना घटेकै एक घण्टामा सबै कुरा पत्ता लागोस् भन्ने नागरिकले अपेक्षा राखेको भेटिन्छ । अपराधी छिटो प्रहरीको नियन्त्रणमा आओस् र कानूनबमोजिम कारबाही होस् भन्ने अपेक्षा गलत होइन । तर, कहिलेकाहीँ छिटो होस् भन्दै गर्दा सिर्जना हुने अवरोधले अनुसन्धानको स्पीड (गति)मा ब्रेक अप हुने सम्भावना पनि रहन्छ । 

जति छिटो अनुसन्धान गर्न सक्यो त्यति छिटो अपराधी पक्राउ गर्न सकिन्छ । यसका लागि प्रहरीले अनुसन्धानका क्रममा अवरोध सिर्जना नहोस् भन्ने चाहन्छ ।

केही दिनअघि लुटिएको ८० लाख र बैंकको गार्डको हत्या भएको घटनामा हामीले तीन/चार दिनमै अनुसन्धान गरेर अपराधीलाई पक्राउ गरेर कानुनी कठघरामा ल्याएका थियौँ । अनुसन्धान कहिले छिटो हुन्छ सक्छ र कहिले समय पनि लाग्न सक्छ । 

मधेस प्रदेशमा मेरो कार्यकालमा भएका घटनामा अनुसन्धानबाट पत्ता नलागेको केसहरू छैनन् ।

अपराध नियन्त्रण र अनुसन्धानमा प्रहरीलाई कस्तो चुनौती छ ?
विश्वमा परिष्कृत प्रविधिहरू आइसकेका छन् । ती प्रविधिमा निपुण हुन र प्रविधि प्रयोग गर्न हामीले सकिरहेका छैनौँ । 

सामाजिक सञ्जालका कार्यालयहरू नेपालमा नभएको हुँदा तत्काल सूचना प्राप्त गर्न कठिनाइ छ । दुई देशबीच सम्झौता नभएका कारण सूचनाहरू अनौपचारिक रूपमा मात्र प्राप्त हुने हुँदा अनुसन्धानमा अप्ठ्यारो हुने गर्दछ । अप्ठ्याराका बाबजुद पनि नेपाल प्रहरी अहिलेसम्म अनुसन्धानमा अब्बल छ ।

अपराध गर्ने तरिकामा नयाँ प्रविधिको प्रयोग, विकास र बिस्तार बढ्दै गएको छ, सोही अनुसारको जनशक्ति र आवश्यक प्रविधि प्रहरीसँग छ ?
दक्ष जनशक्ति उत्पादनको लागि प्रशिक्षण प्रदान गर्ने गरिएको छ भने बेलाबेला प्रविधिसँग सम्बन्धित तालिमको लागि विदेश पनि पठाउने गरिएको छ । तर, अहिलेको माग अनुसार यो नै पर्याप्त भने होइन ।

नागरिकलगायत अन्य निकायसँग प्रहरीको अपेक्षा के रहन्छ ?
प्रहरी बर्दीको प्रहरी हो र नागरिक बिना बर्दीको प्रहरी हो । अपराध नियन्त्रणका लागि प्रहरीसँगै नागरिकको पनि सहयोग आवश्यक छ । 

नागरिकको सहयोग नभएको भए प्रहरी एक्लैले मात्र अपराध नियन्त्रण गर्न गाह्रो छ । नेपाल प्रहरी अनुसन्धानमा अब्बल छ भन्ने बनाउनमा नागरिको भूमिका पनि छ ।

प्रतिक्रिया दिनुहोस