८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा सौर्य ऊर्जाको पहुँच भारी

अ+ अ-

काँक्रेविहार (सुर्खेत) ।  कर्णाली प्रदेशका दश जिल्लामा एक लाख ७५ हजार घरधुरीले सौर्य ऊर्जा प्रयोग गरिरहेको पाइएको छ । जलविद्युत् उत्पादनको प्रचुर सम्भावना रहेको कर्णालीमा विद्युत् आयोजना निर्माण गर्नका लागि लगानी नहुँदा भारी मात्रामा सौर्य ऊर्जाकै भरमा यहाँका नागरिक विद्युत् सेवा उपभोग गर्दै आएका छन् । 

जलस्रोतका हिसाबले कर्णाली मुलुककै दोस्रो धनी प्रदेशका रूपमा रहेको छ । कर्णालीमा मात्रै १८ हजार मेघावाट जलविद्युत् उत्पादनको क्षमता रहेको सरकारी तथ्याङ्क छ, तर जलविद्युत्को सम्भावना भए पनि विद्युत् उत्पादनका लागि आन्तरिक तथा बाह्य लगानी जुट्न नसक्दा कर्णालीका अधिकांश नागरिक अहिले सौर्य ऊर्जामै निर्भर छन् ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार कर्णाली प्रदेश सौर्य ऊर्जा प्रयोग गर्ने घरधुरी सङ्ख्यामात्रै एक लाख ७५ हजार तीन सय ६ रहेको छ । जबकि जलविद्युत्को पहुँचमा एक लाख ८१ हजार ६ सय ७६ घरधुरी पुगेका छन् । 

जलविद्युत्को सम्भावनाअनुसार यहाँका अधिकांश नागरिक विद्युतीय पहुँचमा पुग्नुपर्ने भए तापनि विद्युत् विकासले अपेक्षित गति नलिँदा कर्णालीका ६५ प्रशितभन्दा बढी नागरिक अझै अँध्यारोमा दिन गुजारा गर्न बाध्य छन् । कर्णाली प्रदेश जलस्रोत ऊर्जा विकासमन्त्री रणसिंह परियारले सौर्य ऊर्जा प्रयोग गर्नेको दर अझ बढ्ने बताए। मन्त्रालयमा भएको तथ्याङ्क दुई वर्ष दिनअघिको भएकाले अझ सङ्ख्या बढ्ने उनको भनाइ छ । 

विसं २०७८ को जनगणनाअनुसार कुल १६ लाख ९४ हजार आठ सय ८९ जनसङ्ख्या रहेको कर्णालीमा अझै अपेक्षित विद्युत्को विकास हुन सकेको छैन । नाम मात्रको राष्ट्रिय प्रसारण लाइन सेवाभन्दा सास्ती दिने गरेको छ । सहरी क्षेत्रभन्दा सौर्य ऊर्जाको बढी प्रयोग ग्रामीण भेगमा हुने गरेको देखिन्छ । १० वटा जिल्ला रहेको कर्णाली प्रदेशमा सबैभन्दा बढी दैलेख जिल्लामा सौर्य ऊर्जाको पहुँच विस्तार भएको देखिन्छ । तथ्याङ्कअनुसार दैलेखको ३६ हजार तीन सय ९८ घरधुरी सौर्य ऊर्जाको पहुँचमा छ भने सबैभन्दा कम डोल्पामा तीन हजार सात सय ७९ घरधुरी सौर्य ऊर्जाको पहुँचमा पुगेको पाइएको छ ।

त्यस्तै, जुम्लाको सात हजार पाँच सय २५ घरधुरी, मुगुको सात हजार आठ सय १७ घरधुरी, हुम्लामा चार हजार तीन सय ६८ घरधुरी, कालिकोटको १९ हजार ६ सय ९४ घरधुरी सौर्य ऊर्जाको पहुँचमा पुगेको तथ्याङ्कले देखाएको छ । साथै, जाजरकोटमा २६ हजार ७० घरधुरी, रुकुम पश्चिममा १२ हजार ३४ घरधुरी, सल्यानमा २८ हजार सात सय छ घरधुरी र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा २८ हजार नौ सय पाँच घरधुरी सौर्य ऊर्जाको पहुँचमा पुगेका छन् । सबै जिल्लाको सदरमुकाम क्षेत्रभन्दा ग्रामीण भेगमा सौर्य ऊर्जा जडान गरेको देखिन्छ । 

त्यस्तै, मुगुको सदरमुकामभन्दा बाहिरका तीन पालिकामा सौर्य ऊर्जा जडानको काम गर्नका लागि छलफल चलिरहेको छ । केन्द्रीय लाइन पुग्न नसकेका हिमाली जिल्लामा सौर्य ऊर्जाका लागि पहल भइरहेको ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले बताए ।  उपल्लो डोल्पामा सौर्य ऊर्जाका लागि कामहरू भइरहेका छन् । साबिकका कर्णाली अञ्चलमा सबैभन्दा बढी सौर्य ऊर्जाको प्रयोगमार्फत जनस्तरमा विद्युत् सेवा पुर्‍याइने सरकारी लक्ष्य रहेको छ ।  

प्रतिक्रिया दिनुहोस