११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आरोहक्रममा ज्यान गुमाउने शेर्पाको लागि कल्याणकारी कोष स्थापना हुने

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले आरोहणको क्रममा मृत्यु भएका आरोही शेर्पाहरूका लागि कल्याणकारी कोष व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताएका छन् । 

आज ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कल्याणकारी कोषको लागि मन्त्रालयको तर्फबाट औपचारिक प्रस्ताव अगाडि बढाउने भन्दै आरोहणको क्षेत्रमा कानूनहरु समयसापेक्ष संशोधनको प्रक्रिया समेत अगाडि बढेको बताए । 

उनले भने, ‘नेपालको पर्वतीय पर्यटन र आरोहणको क्षेत्रमा हामीले केही कानूनहरु समयसापेक्ष संशोधनको प्रक्रिया समेत अगाडि बढाइरहेका छौँ । नेपालको आरोही समुदाय अथवा स्वदेशी र विदेशी आरोहीको सपना साकार पार्ने क्रममा मृत्यु भएका आरोही शेर्पाहरूका लागि कल्याणकारी कोषको व्यवस्थाको लागि नेपाल सरकार सकारात्मक छ । यस विषयमा मन्त्रालयको तर्फबाट पनि औपचारिक हिसाबले प्रस्ताव अगाडि बढाउने विश्वास दिलाउन चाहन्छु ।’ 

मन्त्रीले सूचना संकलन, सम्प्रेषण, समन्वय, सहजीकरण र नियमन लगायतका कार्यहरू सम्पादन गर्नका लागि यस वर्ष सगरमाथा आधार शिविरमा अस्थायी फिट कार्यालय स्थापनाका साथ काम अगाडि बढेको पनि जानकारी दिएका छन् । 

उनले भने, ‘नेपाल सरकारले सूचना संकलन, सम्प्रेषण, समन्वय, सहजीकरण र नियमन लगायतका कार्यहरू सम्पादन गर्नका लागि यस वर्ष सगरमाथा आधार शिविरमा अस्थायी फिट कार्यालय स्थापना गरेर हरेक आरोहीको रेकड राख्ने प्रयासको थालनी पनि गरेको छ । सम्पूर्ण सूचनाको आधारमा यस कार्यालयले कुशलतापूर्वक कार्यसम्पादन गर्न सफल भएको पनि छ ।’

यसको साथै, नेपाल सरकारले आगामी वर्ष नेपालमा १६ लाख पर्यटनको आगमनको लक्ष्य निर्धारण गरेको भन्दै त्यो लक्ष्य पूरा गर्नका लागि सबैको समन्वय र सहकार्य आवश्यक भएको पनि उनको भनाई छ । 

उनले भने, ‘नेपाल सरकारले आगामी वर्ष नेपालमा १६ लाख पर्यटनको आगमनको लक्ष्य निर्धारण गरेको छ । यो लक्ष्य पूरा गर्नको लागि पर्वतारोहीहरूसँग सम्बन्धित विभिन्न संस्था, समुदायहरू र पर्यटन व्यवसायहरू सबैसँग समन्वय गरेर सहकार्य गरेर नेपाल सरकारले राखेको लक्ष्य पूरा गर्न लाग्ने छौं ।’ 

प्रतिक्रिया दिनुहोस