६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निश्चित घटनाका आधारमा उपत्यका असुरक्षित छ भन्न मिल्दैन : एसएसपी भट्टराई

अ+ अ-

काठमाडौँ । पछिल्लो समय काठमाडौँमा भएका दुई हत्या सामान्य विवादमा भएको देखिन्छ । घटनामा नाबालक पनि संलग्न छन् । काठमाडौँ तार्केश्वर-९ मनमैजुमा खाजा खाँदा भएको विवादमा ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या भएको छ भने काठमाडौँकै बत्तिसपुतलीमा बाटो हिँड्दा ठोक्किएको निहुँमा मोरङ घर भई विजय चोक क्षेत्रमा बस्ने शम्भु धिमालको हत्या भएको छ । धिमालको वैशाख २९ मा र घिमिरेको जेठ ४ मा हत्या भएको थियो ।

सामान्य विवादमा भएका यी हत्याका घटनालाई हेर्दा युवामा आपराधिक मानसिकता विकास भएको हो ? भन्ने गम्भीर प्रश्न उब्जाएको छ । यसै सन्दर्भमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) सानुराम भट्टराईसँग प्रशासन डटकमले गरेको कुराकानीको सम्पादित अंश ।

बाटो हिँड्दा ठोकिएको निहुँमा र खाजा खाँदा आँखा झिम्काएको निहुँमा हत्या भएको छ । यस्ता घटनालाई कसरी लिनु भएको छ ?
समाजमा विभिन्न खालका मनस्थिति भएका व्यक्तिहरूको बसोबास रहेको हुन्छ । ती व्यक्तिहरूको आफ्नो जीवनको भोगाई अनुसारको व्यवहार फरक-फरक पनि रहेको हुन्छ । आपराधिक कार्य पनि यी जीवनका भोगाई तथा व्यवहार अनुसार सृजित भएको हुन्छ ।

बाटो हिँड्दा ठोकिएको निहुँमा र खाजा खाँदा आँखा झिम्काएको निहुँमा हत्या भएको  घटनाको सम्बन्धमा भन्नु पर्दा यस घटनामा संलग्न व्यक्तिहरूको उमेर समूहको कुरा मुख्यरुपमा बुझ्न जरुरी छ । र अर्को कुरा यस घटनामा संलग्न भएकाहरूको व्यवहार र विगतलाई केलाउन जरुरी छ ।

यी दुवै घटनामा युवा अवस्थामा रहेका व्यक्तिहरूको संलग्नता हामी पाउन सक्दछौ, जुन उमेर समूह आफैमा जोस जाँगर र उमङ्गले भरिएको हुन्छ ।

मैले यहाँ पुनः जोड्न चाहेको कुरा यो छ कि जीवनका भोगाई तथा व्यवहारलाई युवा अवस्थामा रहेको जोस जाँगरले कता तिर निर्देशित गरिरहेको छ त ? सत्कर्म कि दुष्कर्म तिर ? यदि सत्कर्म तिर छ भने समाजसँगै व्यक्तिगत जीवनमा यसले सकारात्मक छाप छोड्दै जान्छ भने दुष्कर्म तिर छ भने यस्तै खालका अपराध र दुर्घटनाको लागि उद्धत रहेको हुन्छ ।

यी दुवै घटनालाई प्रहरीको नजरबाट हेर्दा चुनौतीको रूपमा रहे पनि यी न्यूनीकरण गर्नको लागि प्रहरीलगायत परिवार, समाज, स्वयम व्यक्ति, राज्य, विभिन्न समाजिक सङ्घ संस्था, विद्यालयहरूले आ-आफ्नो ठाउँबाट सकारात्मक भूमिका निभाइरहेका हुन्छन् । अझ प्रहरीको तर्फबाट भन्नु पर्दा यी अपराध रोकथाम तथा नियन्त्रणको लागि हामी २४ सै घण्टा खटिएर समाजमा शान्ति सुव्यवस्था कायम गर्न तल्लीन छौँ  ।

यी घटनाहरूले उपत्यका असुरक्षित बन्दै गएछ भन्ने त्रासमा छन् नागरिकहरू ?
यी निश्चित घटनालाई आधार मानेर मात्र उपत्यका असुरक्षित भनी हाल्न नमिल्ला । जनसङ्ख्याको घनत्व र सामाजिक बनावट अनुसार केही एकाध घटनाहरू समाजमा घटिरहेका हुन्छन् । 

अन्य देशको तुलनामा हाम्रो देशको शान्ति सुरक्षाको पाटो हेर्दा केही माथि नै रहेको हामी पाउँछौ । अझ यी दुई घटनामा हाम्रो अनुसन्धानलाई बुझिदिन जरुरी छ । यी दुवै घटनामा हामीले घटनामा संलग्न भएका मुख्य प्रतिवादीहरूलाई ४८ घण्टाभित्र पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएका छौँ ।

निश्चित प्रतिनिधि घटनालाई आधार बनाएर उपत्यका असुरक्षित छ भन्न मिल्दैन । किनभने अपराध भइहाले पनि हामी तत्कालै पक्राउ गरेर दण्डहीनताको अन्त्य गरेका छौँ । 

उपत्यका सुरक्षित छ र त्यसैले उपत्यकावासीलाई ढुक्क भएर आफ्नो दैनिक काम कारबाही गर्न आग्रह गर्दछौँ । हामी २४ सै घण्टा तपार्इँहरुलाई सुरक्षित राख्न तल्लीन छौँ र सोही अनुसार हामी खटिरहेका छौँ ।

पछिल्ला घटना हेर्दा नेपालीमा आपराधिक मानसिकता विकास भएको हो ? वा यस्तो हुनुमा अन्य कुनै कारण छ ?
समाजको विकास सँगसँगै अपराधको पनि जन्म भएको हामी विभिन्न इतिहासका किताबहरूबाट पढ्न र सुन्न पाउँछौँ ।

समाज विकास हुँदै जाँदा यी अपराधका स्वरूपमा पनि परिवर्तन भएको पाउँछौँ । जहाँसम्म नेपाली समाजको आपराधिक मानसिकता विकासको कुरा छ जुन केही हदसम्म कहिले तल कहिले माथि पर्न गएको हाम्रो तथ्याङ्कले सो कुरा जनाउँछ ।

आपराधिक मानसिकता विकास हुनुमा अहिले घटिरहेका अपराधहरूको विश्लेषण गर्दा प्राय जस्तो अपराधहरूमा आर्थिक पाटो तथा प्रविधिको पाटोहरू जोडिएको हामी पाउँछौँ । समाजमा बढिरहेको आर्थिक गतिविधि र प्रविधिको विकासले समाजमा दुवै खालको सकारात्मक र नकारात्मक प्रभावहरू छोडेको छ ।

जसले यी दुवै पक्षलाई सन्तुलित हिसाबले अगाडि बढाउन सक्छ उसले यसको सही सदुपयोग गर्दछ भने जसले यी दुवै पक्षलाई असन्तुलित हिसाबले अगाडि बढाउँदछ कहीँ कतै अपराध कर्ममा जोडिन पुग्दछ । यी लगायत आपराधिक मानसिकता वृद्धि हुनुमा सामाजिक, सांस्कृतिक, आर्थिक एवं व्यक्तिको मानसिक कारणहरू पनि रहेको हामी पाउँछौँ ।

सङ्गठित आपराधिक गिरोहहरूको गैर कानुनी गतिविधि, परम्परागत र आधुनिक प्रकृतिका अपराधहरूको प्रभावकारी नियन्त्रण र वस्तुनिष्ठ अनुसन्धान गर्न कतिको सहज छ ?
सङ्गठित आपराधिक गिरोहहरूको गैर कानुनी गतिविधि, परम्परागत र आधुनिक प्रकृतिका अपराधहरूको प्रभावकारी नियन्त्रण र वस्तुनिष्ठ अनुसन्धान गर्न हामी योजनाबद्ध तरीकाले अगाडि बढिरहेका छौँ ।

अपराध अनुसन्धानमा नेपाल प्रहरीको विश्वमा छुट्टै किसिमको पहिचान रहेको छ । नेपाल प्रहरी प्रधान कार्यालयदेखि स्थानीय स्तरमा रहेका प्रहरी कार्यालयसम्म हाम्रो अपराध अनुसन्धानमा प्रशिक्षित जनशक्ति कार्यरत रहेको छ, सोही अनुसारको जनशक्ति विभाजन एवं स्रोत साधनको वितरण गरिएको छ ।

जहाँसम्म काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको कुरा गर्नु पर्दा नेपाल प्रहरीको संघीय राजधानी काठमाडौँ उपत्यकाको समग्र अपराध रोकथाम तथा नियन्त्रण हेर्ने एउटा वशिष्ठकृत अनुसन्धान युनिट हो । हाम्रो कार्यालयमा सोही अनुसारको जनशक्ति, कार्यालय संरचना, साधन स्रोत र जिम्मेवारी रहेको छ ।

परम्परागत र आधुनिक प्रकृतिका अपराधहरूको प्रभावकारी नियन्त्रण र वस्तुनिष्ठ अनुसन्धान गर्न हामी सक्षम छौँ, सफल छौँ र आगामी दिनहरूमा हुने चुनौती सामना गर्नको लागि पनि तयार छौँ ।

अपराधविरुद्धको अभियानलाई प्रभावकारी बनाउन र परिणाममुखी अनुसन्धान गर्न के गर्दै हुनुहुन्छ ?
अपराधविरुद्धको अभियानलाई प्रभावकारी बनाउन र परिणाममुखी अनुसन्धान गर्न हामी विभिन्न कार्यहरू गरिरहेका छौँ ।

जनशक्ति विकास, प्रशिक्षण एवं राइट म्यान इन राइट प्लेसलाई अङ्गीकार गरी अगाडि बढदैछौँ । स्रोत साधनको प्रभावकारी परिचालन तथा क्षमता विकास एवं विस्तार गर्दै जाने कुरामा कटिबद्ध छौँ ।

सूचना सङ्कलन तथा विश्लेषणलाई अझ प्रभावकारी बनाउँदै जाने छौँ । अन्तर निकाय समन्वय तथा सहकार्यलाई अझै प्रभावकारी बनाउँदै छौँ । विद्यमान कानुनी व्यवस्थाको अक्षरस कार्यान्वयन तथा मानव अधिकारको सम्मान र पालना गर्ने छौँ ।

प्रविधिले भित्राएको अपराधलाई नियन्त्रण गर्न त्यसै अनुसारको दक्ष जनशक्ति विकास गरी अनुसन्धानमा खटाउने छौँ ।

प्रहरीलाई नै अचम्मित पार्ने, अनौठो लाग्ने आपराधिक घटना कुनै त्यस्तो छ ?
प्रविधिको पहुँचको दुरुपयोग गरी भर्चुअल माध्यमबाट सोझा सीधा युवतीहरूलाई लोभमा पारी स्ट्रिप च्याट: फ्रि लाइभ सेक्स क्याम्स् विथ नेकेड गर्लस् जस्तो वेबसाइट÷पोर्न साइट मा लाइभ बसी शरीर नग्न बनाउन लगाई आर्थिक लाभ लिई यस्ता अपराध कार्यमा प्रयोग गर्ने गरेको पाइएको अवस्था छ ।

वैदेशिक रोजगारमा पठाउने दलालहरूले अन्य व्यक्तिको नागरिकता प्रयोग गरी बैंक खाता खोल्ने र खाता आफूले प्रयोग गर्ने तर पीडितले खातावाला खोजी रहँदा मुख्य व्यक्ति अर्कै भेटाउँदा पीडितहरू नै अचम्मित हुन्छन् । 

मलाई अचम्मित पार्ने खालको घटना त त्यस्तो  खासै छैन । आम रूपमा नेपाली समाजमा नै घटिरहेका घटनाहरू नै हुन जस्तो: हत्या, अपहरण, ठगी, बलात्कार, मानव बेचबिखन, अवैध हातहतियार आदि ।

प्रहरी सेवामा आबद्ध हुनु अगावै नै समाजमा घट्ने घटनाहरूमा के-कसरी घटेको भन्ने जिज्ञासाहरू रहन्थ्यो । पछि प्रहरी सेवामा प्रवेश गरे पश्चात् यी घटिरहेका घटनाहरूको आफ्नो जिम्मेवारी तोकिएको कार्यालयबाट अनुसन्धानमा संलग्न हुने अवसर प्राप्त भयो । 

प्रायः नेपाली समाजमा घट्ने अपराध, अपराध गर्ने प्रवृत्ति केही हदसम्म समान पाइन्छ जस्तो: आवेश प्रेरित घटनाहरू तर समयको परिवर्तन, समाजको विकास, चलायमान अर्थतन्त्र, प्रविधिको विकास र प्रयोग जस्ता विविध कारणले अपराधको अनुसन्धान अपराध पिच्छे फरक रहेको पनि हामी पाउँछौँ । 

आपराधिक घटना भन्दा पनि हरेक घटनामा प्रयोग हुने आपराधिक कार्यविधि र त्यसमा संलग्न भएका पात्रहरू देख्दा हामी कहिले काहीँ अचम्मित हुन्छौँ ।

अपराध नियन्त्रण र अनुसन्धानमा प्रहरीले कस्ता चुनौतीहरूको बढी सामना गर्नु परेको छ ?
अपराध नियन्त्रण र अनुसन्धानमा प्रहरीले विभिन्न प्रकारका चुनौतीहरूको सामना गर्नु परेको हुन्छ । प्रविधिको विकास एवं विस्तारले मानिसले सामाजिक सञ्जालको माध्यमबाट चिनजान गर्ने र त्यसैका आधारमा विश्वास गरेर आफू जन्जालमा फस्ने र सम्पर्क विहीन भएपछि मात्र प्रहरीकोमा आउने हुँदा पहिचान गर्न र नियन्त्रण गर्न कठिनाई हुने गर्दछ । सामाजिक, सांस्कृतिक, धार्मिक तथा राजनैतिक व्यवस्थाहरूमा परिवर्तन एवं विकासले गर्दा परम्परागत रूपमा गरिने अनुसन्धानबाट अभियुक्त पहिचानमा कठिनाई हुने गर्दछ । 

अपराध जुनसुकै बखत घट्ने, जघन्य अपराध घटाउँदा अभियुक्तले कम प्रमाण छाड्ने हुँदा त्यस्ता विषय अनुसन्धान जति छिटो गर्न सक्यो त्यति छिटो प्रमाण फेला पार्न सकिने हुन्छ । तर, हाम्रो कानुन प्रविधिमा नेपाल प्रहरीको पहुँच पुर्‍याउन निश्चित कानुनी प्रक्रिया पुरा गर्नु पर्दा समय लाग्ने हुँदा त्यस्तो अवस्थामा कठिनाई हुने गरेको छ ।

आर्थिक गतिविधिको विस्तार एवं विकासले ठूलो मात्राका ठगी एवं जुवाहरू अनलाइनबाट समेत हुने हुँदा त्यस्तो नियन्त्रणको लागि त्यस्तै स्रोत साधन र जनशक्तिको अपर्याप्तता रहेको छ, साथै विदेश भाग्ने र विदेशमा बसेर नेपालका सोझा सीधा नागरिकहरूलाई झुक्याई तथा लोभ लालचमा पारी अपराध गर्ने प्रवृत्ति देखिएकोले मुख्य आरोपीहरूलाई कारबाहीको दायरामा ल्याउन कठिनाई रहेको अवस्था पनि छ ।

प्रतिक्रिया दिनुहोस