१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बीमा

अ+ अ-

तनहुँ । जिल्लाको घिरिङ गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गका ६३ जना अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ ।

अपाङ्गता परिचयपत्र लिएका दुई सय ८२ जनामध्ये पहिलो चरणमा ग वर्गका ४९ र घ वर्गका १४ जनाको बीमा गरिदिन लागेको हो । अपाङ्गता भएका व्यक्तिका स्वास्थ्य उपचारमा सहज किसिमले पहुँच पुर्‍याउन बीमा प्रक्रिया अघि बढाइसकेको गाउँपालिका अध्यक्ष होमबहादुर थापाले बताए ।

उनले भने, ‘आर्थिक वर्ष ८०/०८१ मा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा काम गर्न गाउँपालिकाबाट विनियोजित रु चार लाख बजेटमध्येबाट उक्त काम गर्न लागिएको हो ।’ वार्षिक शुल्कबापत जनही रु।सात सयका दरले बीमा रकम तिरेपछि रु एक लाखसम्म स्वास्थ्य उपचारको सुविधा पाउन सकिने व्यवस्था रहेको छ । 

‘क’ वर्गकाले तीन हजार तीन सय ९० र ‘ख’ वर्गकाले दुई हजार एक सय २८ अपाङ्गता भएका व्यक्तिले राज्यबाट मासिक भत्ता रकम पाउँदै आएका छन् ।  ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिले राज्यबाट कुनै सुविधा पाउन सकिरहेका छैनन् तर यहाँको गाउँपालिकाले चासो दिएर काम गर्दै आएको छ । 

गाउँपालिकाले अपाङ्गता क्षेत्रमा गरेको उदाहरणीय कार्यले अपाङ्गता क्षेत्रका व्यक्तिमा खुसी छाएको अपाङ्गता समन्वय समिति सदस्य संस्था प्रतिनिधि कृष्णप्रसाद अधिकारीले जानकारी दिए । परिचयपत्रको आधारमा सेवा सुविधा पाउन थालेपछि अपाङ्गता भएका व्यक्तिमा थप उत्साह मिलेको छ”, उनले भने, “यस्ता कार्यबाट अपाङ्गता भएका व्यक्तिले राहतको महसुस गरिएको छ ।”  

गाउँपालिका कार्यालयले केही दिनअघि मात्रै दश जना ‘ग’ र ‘घ’ वर्गका अपाङ्गतालाई बीउ पुँजीको रूपमा बोयर उन्नत जातका बाख्रा वितरण गरिसकेको छ । गाउँपालिका मातहत रहेका पाँच वटा वडाबाट दुई जना अपाङ्गता भएका व्यक्तिलाई जनही एउटा बोयर जातको बाख्रा वितरण गरेको हो । 

अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार बनाई आयआर्जनमा सबल बनाउने लक्ष्यअनुरूप बाख्रा वितरण गरिएको स्थानीय अपाङ्गता समन्वय समिति सदस्य सचिव हीरामान श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस