११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोही अलमल हुनु पर्दैन, अब ७६ (२) कै सरकार बन्छ : शेखर कोइराला

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्ने दाबी गरेका छन्।

जोरपाटीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस र एमाले मिलेर देशलाई स्थायित्व दिनुपर्छ भनेर आफूले उठाएको मुद्दाले सार्थकता पाएको बताए।

‘काँग्रेस र एमाले मिलेर आलोपालो सरकारको नेतृत्व गरेर जाने कुरा गरेको छौँ । र २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिन्छु भन्नुभएको छ। उहाँलाई संविधानले दिएको अधिकार हो।

मिडियाहरूमा धेरै आइरहेको छ, संविधानको धारा ७६ को २ अनुसार सरकार हुन्छ कि ३ अनुसार भन्ने म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु, यसमा अलमल हुने काम छैन, अब बन्ने सरकार ७६ ९२० कै सरकार हुन्छ। यहाँ धेरै मिडियाहरूले मजा लागेको हो वा के हो मैले बुझ्न सकेको छैन । तर अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ कै हुन्छ।

यो विषयमा मैले अस्ति केही कुरा राखेको थिएँ। तर, केही कुरा बङ्गाइदिनुभयो। शेखर त ७६ ९३० को सरकार खोजिरहेको हो कि भन्ने आशंका बाहिर गयो। तर, मैले त सात आठ महिनाअघि देखिनै काँग्रेस एमाले मिल्नुपर्छ भन्दै आइरहेको थिएँ। देशमा अस्थिरता निम्तिएको छ, सरकार चेन्ज भएको भइरहेको छ।

हामीहरूले स्थिर सरकार र सुशासन दिएर आर्थिक विकास गर्नुपर्छ भनिरहेको थिए। कसैले विश्वास गरेको थिएनन्। तर, त्यो कुरा आज सार्थक भएको छ।

काँग्रेस र एमाले र ७६ ९२० कै सरकार बन्छ। र राजनीतिक स्थायित्व र सुशासन दिन्छौँ। संविधानमा भएको कमीकमजोरीलाई करेक्सन गर्छौँ।’

प्रतिक्रिया दिनुहोस