१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तरकारीको मूल्यमा अप्रत्याशित वृद्धि

अ+ अ-

काठमाडौँ । पछिल्लो समय तरकारी मूल्य वृद्धि हुँदै गएको छ । बर्खा लागेसँगै तरकारीको मूल्यमा अप्रत्याशित रूपमा वृद्धि हुन थालेको हो । साताभरमै गोलभेँडाको मूल्य ४३ देखि ५८ प्रतिशत, पुदिनाको २०८ प्रतिशत, आलुको ७ प्रतिशतसम्म भाउ बढेको छ । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत साता (असार २१ गते) गत साता १७० रुपैयाँ प्रतिकिलो पर्ने पुदिनाको मूल्य २०८ प्रतिशतले बढेर ५२५ रुपैयाँ पुगेको छ । 

यस्तै, गत साता ७० रुपैयाँ प्रतिकिलो पर्ने हरियो धनियाँको मूल्य ४८३ रुपैयाँ पुगेको छ । यस्तै, ७६.६७ रुपैयाँ प्रतिकिलो रहेको गोलभेँडा ठुलो (नेपाली) ४३.४७ प्रतिशतले मूल्य वृद्धि भएर प्रतिकिलो ११० किलो पुगेको छ ।  

यस्तै, गत साता २८।३३ रुपैयाँ प्रतिकिलो रहेको गोलभेँडा सानो९लोकल० को मूल्य ५८।८४ प्रतिशतले वृद्धि भएर ४५ रुपैयाँ पुगेको छ । 

यस्तै, असार २१ गते ४८ रुपैयाँ प्रतिकिलो रहेको गोलभेँडा सानो (टनेल) को मूल्य ५० प्रतिशतले मूल्य वृद्धि भएर ७२ रुपैयाँ प्रतिकिलो पुगेको छ । 

यस्तै, आलुको मूल्य पनि वृद्धि भएको छ । गत साता ६२ रुपैयाँ प्रतिकिलो पर्ने आलु रातोको मूल्य ७ प्रतिशतले वृद्धि भएर ६६.४० रुपैयाँ प्रतिकिलो पुगेको छ । 

यस्तै, सुकेको भारतीय प्याज गत साता ८८ रुपैयाँ प्रतिकिलो थियो तर आज ४.५५ प्रतिशतले वृद्धि भएर ९२ रुपैयाँले पुगेको छ । 

यस्तै, गत साता ७५ रुपैयाँ पर्ने गाजरको मूल्य ११२ रुपैयाँ प्रति किलो पुगेको छ । यस्तै, २३ रुपैयाँ प्रतिकिलो पर्ने लोकल बन्दाको मूल्य ३६ रुपैयाँ पुगेको छ । 

यस्तै, प्रतिकिलो ७५ रुपैयाँमा बिक्री हुँदै आएको स्थानीय काउलीको मूल्य ७६ रुपैयाँ र स्थानीय काउली (ज्यापु) प्रतिकिलो गत साता ८६.६७ रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको थियो आज ९० रुपैयाँ प्रतिकिलो पुगेको छ । 

यातायात अवरुद्ध हुँदा र बर्खामा हरियो तरकारी बढी सड्ने भएकाले मूल्य वृद्धि भएको हो । 

प्रतिक्रिया दिनुहोस