९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती किनारमा बनेका पूर्वाधारको संरक्षण र प्रयोगमा ल्याउन उपप्रधानमन्त्री सिंहको निर्देशन

अ+ अ-

काठमाडौँ । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बागमती नदी किनारमा बनेका पूर्वाधारको संरक्षण र प्रयोगमा ल्याउन निर्देशन दिएका छन् । बुधबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका तर्फबाट समितिले गरेका कामहरूबारेको ब्रिफिङ लिएपछि उपप्रधानमन्त्री सिंहले पूर्वाधार बनाउने मात्रै नभएर तिनको उपयोग र संरक्षणमा पनि जोड दिनुपर्ने बताए । 

बनाएका कतिपय ढल प्रयोगमा नआएको, पार्कहरूको संरक्षण हुन नसकेको गुनासो सुनिएको भन्दै मन्त्री सिंहले बागमतीमा बनेका संरचनाको संरक्षणमा पनि ध्यान दिन निर्देशन दिए । उनले बनेर पनि प्रयोगमा नआएका ढलहरूलाई तत्काल प्रयोगमा ल्याउन र पार्कहरूको संरक्षण गर्ने व्यवस्था गर्न निर्देशन दिए ।

‘अहिले नागरिकले प्रश्न गरिरहेका छन् । ढल त बन्छ तर प्रयोगमा किन आइरहेको छैन । यसलाई करेक्सन गर्नुपर्‍यो । तत्काल गर्न सकिने काम अहिले गरौँ,’ उपप्रधानमन्त्री सिंहले भने,‘ बनाएको ढलहरू प्रयोगमा त आउनुपर्‍यो । बनाएको छ, खर्च गरेको छ भनेर मात्र भएन, काम आएको छ कि छैन हेर्नुपर्‍यो ।’

उपप्रधानमन्त्री सिंहले गोकर्णेश्वरदेखि गुह्येश्वरीसम्म बनेका पार्कहरूको दुरावस्था रहेको भन्दै ती पार्कको संरक्षण र रेखदेखमा ध्यान दिन पनि समितिलाई निर्देशन दिए । बागमतीमा सफा पानी बगाउनका लागि बागमतीको ड्याम बनाउनुभन्दा अघि वैकल्पिक उपाय खोज्न पनि उनले समितिलाई निर्देशन दिए।

‘बागमतीमा बाह्रै महिनै पानी बगाउन हामीले सोच्नुपर्छ । धाप ड्यामको क्षमता पशुपतिमा हुने ठुला–ठुला जात्रामा पानी बगाउन सकिने मात्र छ । त्यसको अलावा बागमती ड्याम बनाउने तयारीको कुरा त छँदैछ । त्यसका लागि बाधा अड्चन छ भने हटाउन मन्त्रालय सहजीकरण गर्न तयार छ,’उनले भने, ‘ पानी बगाउनैपर्‍यो । बागमतीको ड्याम बन्नुभन्दा अगाडि वैकल्पिक केही गर्न सकिन्छ कि, त्यसमा पनि सोच्नुपर्‍यो । बागमती बन्न त केही वर्ष लाग्ला । त्यो बनेपछि गरौँला भनेर त भएन । त्यसलाई पनि बनाउनुपर्‍यो । तर, यो बीचका लागि वाग्मतीमा पानी बगाइराख्न वैकल्पिक केही गर्न सकिन्छ की हेर्नुपर्‍यो ।

प्रतिक्रिया दिनुहोस