१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभर एम्बुलेन्समा एकरूपता कायम गर्न ७७ वटै जिल्लालाई निर्देशन

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्समा एकरूपता ल्याउन सातै प्रदेश र ७७ वटै जिल्लालाई निर्देशन दिएको छ ।

मन्त्रालयको स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रले सातै प्रदेशका प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति र ७७ वटै जिल्लाका जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिलाई राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ को दफा १५ ले निर्धारण गरेको मापदण्डअनुसार एम्बुलेन्समा एकरूपता ल्याउन निर्देशन दिएको हो ।

देशैभरका एम्बुलेन्सको रङ, साइरन तथा अन्य संकेतमा एकरूपता ल्याउन निर्देशिकाले निर्देशित गरेको मापदण्डमा एकरूपता नआएको गुनासो आइरहेको भन्दै यस्तो निर्देशन दिएको केन्द्रले जनाएको छ ।

राष्ट्रिय एम्बुलेन्स व्यवस्थापन समितिबाट एम्बुलेन्स सञ्चालनको अनुमति लिएका एम्बुलेन्सले निर्देशिकाको मापदण्ड पूरा गरेको अवस्थामा मात्रै एम्बुलेन्स सञ्चालन अनुमति नवीकरण गर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्न निर्देशन दिइएको हो ।

निर्देशिकाको दफा १५ मा राष्ट्रिय प्रदूषण मापदण्ड अनिवार्य रूपमा पालना गरेको, एम्बुलेन्सको पहिचान हुने आवाज (साइरन), रातो रङको संकेत बत्ती जडान भएको, फोर ह्वील ड्राइभ भएको, अगाडि उल्टो अक्षरबाट र ३ अंकको १०२ टेलिफोन नम्बर अंग्रेजी र नेपाली दुवै भाषामा लेखिएको हुनुपर्ने उल्लेख छ ।

एम्बुलेन्सको वर्गीकरण खुल्ने गरी वर्ग उल्लेख भएको, वर्गीकरणबमोजिमका सामान तथा सुविधा अद्यावधिक भएको, १ हजार सीसीभन्दा बढी क्षमता भएको हुनुपर्ने निर्देशिकामा भनिएको छ ।

निर्देशिका अनुसार एम्बुलेन्समा नीलो रङको कम्तीमा ३० सेन्टिमिटर लम्बाइको स्टर अफ लाइन संकेत चिन्ह दायाँबायाँ र पछाडि गरी तीनतर्फ राखिएको, चालकको पछाडिपट्टि कुनै पनि सीट नराखिएको हुनुपर्नेछ । सरकारबाट राजस्व छुट सुविधाबाट प्राप्त गरेको एम्बुलेन्सले नेपाल सरकारबाट राजस्व छुट प्राप्त एम्बुलेन्स भनी प्रष्ट देखिने गरी लेखिएको हुनुपर्नेछ ।

‘क’ वर्गको एम्बुलेन्समा निर्देशिकाले तोकेको ढाँचामा बाहिर देखिने भागको कम्तीमा दुई तिहाइ भाग रातो, त्यसबाहेक दायाँबायाँको भाग हरियो र पहेँलो रङको व्याटन वर्ग शैली भएको र पछाडि भागमा ६ इन्च चौडाइ भएको उल्टो शैली न्यूनतम ३ धर्का भएको हुनुपर्नेछ ।

‘ख’ वर्गको एम्बुलेन्समा निर्देशिकाले तोकेको ढाँचामा बाहिर देखिने भागको कम्तीमा दुई तिहाइ भाग पहेँलो, त्यसबाहेक दायाँबायाँको भाग हरियो र पहेँलो रङको वर्ग शैली भएको र पछाडि भागमा ६ इन्च चौडाइ भएको उल्टो शैली न्यूनतम ३ धर्का भएको हुनुपर्नेछ ।

एम्बुलेन्सको रङ र स्वरूप निर्देशिकाको अनुसूची १० मा उल्लेख भएबमोजिम हुनुपर्ने, जीपीएस अनिवार्य रूपमा जडान गरिएको हुनुपर्ने, नवीकरण गरेको स्टिकर निर्देशिकाको अनुसूची १६ मा उल्लेख भएअनुसार हुनुपर्ने र यीबाहेक अन्य कुराको हकमा निर्देशिकाको व्यवस्था भएबमोजिम हुनुपर्ने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस