७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संहिताहरूको कार्यान्वयनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गरिदिन प्रधान न्यायाधीशको आग्रह

अ+ अ-

काठमाडौँ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकालाई संहिताहरूको कार्यान्वयनका लागि आवश्यक साधन स्रोत र जनशक्तिको व्यवस्थापन गरिदिन सरकारलाई आग्रह गरेका छन् । 

शनिबार मुलुकी संहिता दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिका एवं सम्बन्धित निकायहरूलाई संहिताहरूको कार्यान्वयनका लागि आवश्यक पर्ने न्यूनतम जनशक्ति र साधन स्रोतको व्यवस्थापन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । 

उनले कानुनी व्यवस्थाहरू आफैँमा कार्यान्वयन नहुने भन्दै त्यसका लागि आवश्यक पूर्वाधार, क्षमता र प्रतिबद्धता आवश्यक हुने बताए । उनले जतिसुकै राम्रो कानुनको निर्माण भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभए कानुनको उद्देश्य पूरा हुन नसक्ने बताए । 

उनले भने, ‘कानुनी व्यवस्थाहरू आफैँमा कार्यान्वयनमा आउँदैनन् । त्यसका लागि आवश्यक पूर्वाधार, क्षमता र प्रतिबद्धता आवश्यक हुन्छ । जतिसुकै राम्रो कानुनको निर्माण भए पनि त्यसको प्रभावकारी कार्यान्वयन भएन भने कानुनको उद्देश्य पूरा हुन सक्दैन । संहिताहरूको कार्यान्वयनमा समेत यो विषय सान्दर्भिक र मननयोग्य छ भन्ने मलाई लाग्दछ । संहिताहरूले कतिपय अवस्थाहरूको कार्यान्वयनको सन्दर्भमा नयाँ संरचना, कार्यविधि र क्षमताको परिकल्पना गरेका छन् । संहिताहरूको प्रभावकारी कार्यान्वयनका लागि अदालत एवं सम्बन्धित निकायहरूका जनशक्तिमा अवधारणागत स्पष्टता, क्षमता एवं संहिताहरूको प्रयोगमा एकरूपता आवश्यक छ । संहिताहरू लागू भएदेखि नै यसको कार्यान्वयनका लागि आवश्यक पर्ने स्रोत र साधनको कमी लगायतको चुनौती न्यायपालिकाले महसुस गरी नै रहेको छ । म प्रधानमन्त्रीज्यूको विशिष्ट उपस्थितिमा न्यायपालिका एवं सम्बन्धित निकायहरूलाई संहिताहरूको कार्यान्वयनका लागि आधारभूत रूपमा आवश्यक पर्ने न्यूनतम जनशक्ति, साधन स्रोत व्यवस्थापन हुन समेत विशेष आग्रह गर्न चाहन्छु । संहिता कानुनहरूको प्रयोगमा सम्बन्धित निकायहरूलाई परेको दुबिधा र कठिनाइका बारेमा आपसमा छलफल हुन सकेमा त्यसको सहज एवं दिगो विकास हुन सक्दछ । त्यसबाट नै संहिताहरूको कार्यान्वयनमा एकरूपता ल्याउन सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस