७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारी ठगी प्रकरण : केदारनाथ शर्माविरुद्ध २२ अर्ब बढीको सम्पत्ति शुद्धीकरण मुद्दा

अ+ अ-

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका शिवशिखर बहुउद्देश्यीय सहकारीका तत्कालीन अध्यक्ष केदारनाथ शर्माविरुद्ध २२ अर्बभन्दा बढीको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । संस्थाको रकम अपचलन गरी लुकाउने र विभिन्न कम्पनीमा लगानी गरेर स्वामित्व हासिल गरेको कसुरमा जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर भएको हो ।

केदारनाथले २२ अर्ब ८८ करोड ९५ लाख ७० हजार ४ सय १५ रुपैयाँ सम्पत्तिको स्रोत खुलाउन नसकेको अभियोग पत्रमा उल्लेख छ । बिगोमा धितो राखेर लिएको ऋणको लिलामी सम्पत्तिलाई पनि खुलाइएको छ । शिवशिखर सहकारी र तुलसी सहकारीमा सर्वसाधारणले बचत गरेको रकम उनले अपचालन गरेका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानका आधारमा सहकारीको रकम अपचालन गरेर निजी कम्पनीहरूमा लगाएका केदारनाथविरुद्ध ६ अर्ब ३ करोड ९ लाख ८७ हजार ३ सय ८५ रुपैयाँ बराबरको बिगो माग दाबी गर्दै मुद्दा दायर भएको थियो । पछि सम्पत्ति शुद्धीकरण विभागले गरेको अनुसन्धानमा शर्मा दम्पतीले १०० ठाउँमा जग्गा खरिद गर्नुका साथै ११६ वटा गाडी किनेको पाइएको छ ।

मुद्दामा केदारनाथसहित उनकी श्रीमती तथा शिखर अर्गनाइजेसनकी निर्देशक गीता शर्मा, शिखर अर्गनाइजेसनका म्यानेजर पुष्कर मल्ल, शिव शिखरको भक्तपुरका सञ्चालक समिति अध्यक्ष सुशील बानियाँ, व्यवस्थापक लिलानाथ गौतम, सचिव तेजबहादुर तामाङ, मन्दीप खवास, सबिना न्यौपाने र शिव शिखरका ऋण अधिकृत मुकुन्द कपालीलाई प्रतिवादी बनाइएको छ । बालमुकुन्द कपालीलाई सम्पत्ति जफतका लागि मात्र प्रतिवादी बनाइएको छ । प्रतिवादीमध्ये केदार, उनकी श्रीमती गीता, पुष्कर, मन्दीप र सबिना सहकारीको मुद्दामा पुर्पक्षका लागि थुनामा छन् भने बाँकी चार जना फरार छन् ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३ को उपदफा (१) को (क), (ख) र (ग) अन्तर्गतको कसुर गरेको ठहर गर्दै शर्माविरुद्ध २२ अर्ब, ८८ करोड ९५ लाख ७० हजार ४ सय १५ रुपैयाँ बिगो मागदाबी गरिएको छ । नेपाल एसबीआई बैंकले धरौटी राखेर दिएको ऋणको बोलपत्र रकमलाई आधार बनाएर बिगो कायम गरिएको छ । उनले एसबीआई बैंकबाट १ अर्ब ७६ करोड रुपैयाँ विभिन्न कम्पनीको नाममा ऋण लिएका थिए ।

गीताविरुद्ध ५२ करोड, ३३ लाख ३२ हजार २ सय १४, लिनाथविरुद्ध ५ अर्ब ४८ करोड ४५ लाख ९४ हजार ८ सय २, तेजबहादुरविरुद्ध ७१ करोड ९ लाख १८ हजार ७ सय ९५ रुपैयाँ, सुशीलविरुद्ध ५ अर्ब ४८ करोड ४५ लाख ९४ हजार ८ सय २ रुपैयाँ बिगो माग दाबी गरिएको छ । यसै गरी पुस्करविरुद्ध १० करोड ६३ लाख २२ हजार ९ सय ३, सबिनाविरुद्ध १ करोड २४ लाख र मन्दिपविरुद्ध २० लाख बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको छ । शिव शिखर र तुलसी बहुमुखी सहकारी संस्थाको पदाधिकारी तथा कर्मचारी भएका बेला सम्पत्ति शुद्धीकरणको कसुर गरेको अभियोग पत्रमा उल्लेख छ ।

शर्मा दम्पतीको नाममा १०० ठाउँमा जग्गा, ११६ वटा गाडी
केदारनाथ शर्माले विभिन्न कम्पनीको नाममा ९ अर्बभन्दा बढी रकम लगेर लगानी गरेको अनुसन्धानमा खुलेको छ । सहकारीको रकम अपचालन गरेका शर्मा दम्पतीले १०० ठाउँमा जग्गा खरिद गर्नुका साथै ११६ वटा गाडी किनेको अनुसन्धानमा खुलेको छ ।

कोदारनाथको नाममा झापा, मोरङ, उदयपुर, सुनसरी, म्याग्दी जिल्लाका ६९ ठाउँमा जग्गा भेटिएको छ । शर्माकी श्रीमतीको नाममा काठमाडौँको डिल्लीबजार, दहचोकमा ४ वटा घडेरी, कलंकीमा २ वटा घडेरीलगायत बाँके, धादिङ, चितवनमा गरेर ३१ ठाउँमा जग्गा रहेको अनुसन्धानका क्रममा खुलेको छ ।

यसै गरी केदारनाथले तुलसी माहुरी फार्म, तुलसी कफी उद्योग, तुलसी काउ फार्म एण्ड डेरी, उपकार एक्सपोर्ट इम्पोर्ट प्रा.लि., शिव शिखर एग्रो प्रा.लि., शिखर दीप फुड इण्डष्ट्रिज प्रा.लि., शिखर दीप एग्रो, नटराज फुड, गोरखा टि एण्ड कफी, शिखर मेसिनरी एण्ड अटोमोबाइल्स, उपकार गार्मेन्टलगायत ४० वटा कम्पनी खोलेको पाइएको छ । 

केदारनाथ संलग्न भएका शिखर अर्गनाइजेसन लिमिटेड समेतका विभिन्न १० वटा कम्पनीमा ५ अर्ब ४८ करोड ४५ लाख ९४ हजार ८ सय २ रुपैयाँ बिना कुनै आधार र मापदण्ड लगानी गरेको अनुसन्धानमा खुलेको छ । जसलाई आरोप पत्रमा सम्पत्ति शुद्धीकरणको कसुर प्रमाणित तथ्य मानिएको छ । निजी लाभका लागि खडा गरिएका ४० वटा कम्पनीहरूमा १ अर्ब ३० करोड ३० लाख रुपैयाँको सेयर पुँजी, ११ कम्पनीमा सञ्चालक सापटीबापत १ अर्ब ४० करोड ६८ लाख ४३ हजार ३ सय ३१ लगानी गरेको अनुसन्धानमा खुलेको छ ।

यसै गरी श्रीमती गीताको नाममा शिव शिखर अर्गनाइजेशन, होटेल पोप लाइफ, शिव शिखर खाद्य उद्योग, त्रिदेवी फ्लोर एण्ड आयल इन्डिष्ट्रज, टेक्नो डोन प्रा.लि., डिजिटिल शिखर प्रा.लि., उपकार सोलुसन, त्रिदेवी फुड इण्डष्ट्रिज र काइन्डी केयर इन्डष्ट्रिज गरी ९ वटा कम्पनी छन् ।

शिव शिखर एग्रो प्रा.लि.का विभिन्न शाखाका नाममा दर्जनौँ गाडी भेटिएको छ । शिवशिखरका शाखाहरू ३५ जिल्लामा थिए । शिव शिखर एग्रोको धनगढी र पोखरा शाखाको नाममा १२/१२, भक्तपुर, कोहलपुरमा ९, चितवन, तनहुँ र सुर्खेतमा ७/७, बाग्लुङ शाखाको नाममा ६, दाङ र हेटौँडा शाखाको नाममा ४/४, डडेल्धुरा र बोनियाँ शाखाको नाममा ३/३, महेन्द्रनगर र धादिङ शाखाको नाममा २/२, विराटनगर, हेटौँडा र लमही शाखाको नाममा १/१ वटा गाडी भेटिएका छन् । 

यसै गरी गोर्खा टी एण्ड कफीको नाममा २३ वटा, गोर्खा बेभरेज इन्डष्ट्रिजको नाममा ११ र शिखर मिनिरल्सको नाममा २ वटा गाडी भेटिएको छ । सहकारीको रकम लगेर निजी कम्पनीको नाममा किनिएका ११६ वटा गाडी जफत गर्न मागदाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस