७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१५ वर्षपछि अत्रौलीवासीले पाए खानेपानी

अ+ अ-

सर्लाही । सर्लाहीको चुरे क्षेत्रमा पर्ने अत्रौलीका स्थानीयले डेढ दशकको प्रतीक्षापछि खानेपानीको सुविधा पाएका छन् । निर्माण आरम्भ भएको १५ वर्षपछि हरिवन नगरपालिका-२, अत्रौलीका झण्डै पौने तीन सय घरधुरीले खानेपानी सुविधा पाएका हुन् ।

चुरेको काखमा रहेको साविक अत्रौली गाविसका आधा दर्जन गाउँका स्थानीय पानीको चरम अभाव झेल्न बाध्य थिए । खानेपानीको सुविधा नहुँदा खोलाको पानी पिउनु परेको स्थानीय नवराज मैनालीले बताए।

“पानीको कुनै विकल्प थिएन, १५ वर्षदेखि पानी खान पाइन्छ कि भन्ने आशामा थियौँ, घरघरमै धाराबाट पानी आउन थालेपछि भने सुविधा भएको छ”, उनले भने।

यसभन्दा पहिले वर्षामा खहरे खेलाको धमिलो पानी पिउने गरेको अर्का स्थानीय पशुपति शर्माले सुनाए । हिउँदमा खोला समेत सुक्दा पानीको चरम अभाव भएको उनले बताए ।

तर अहिले भने घरघरमै खानेपानीको धाराबाट पानी झरेपछि स्थानीय हर्षित भएका छन् । संघीय सरकारको लगानीमा २०६६ साल देखि खानेपानी आयोजना सुरु भएको थियो । तर, पर्याप्त बजेट नपाउँदा अलपत्र पर्दै आएको आयोजना १५ वर्षपछि सम्पन्न भएको हो । यहाँका नागरिकलाई पानी खुवाउन सुरु भएको आयोजना ढिलो गरी पूरा भएको वडाध्यक्ष अर्जुनकुमार योञ्जनले जानकारी दिए ।

जनप्रतिनिधिको पहलमा नयाँ बोरिङ र पाइप लाइन विस्तार भएपछि करिब पौने तीन सय घरधुरीले तत्काल पानी उपभोग गर्न सुरु गरेका छन् । हरिवन नगरपालिका-२, का वडाध्यक्ष योञ्जनका अनुसार यस आयोजनालाई आर्थिक वर्ष २०७९/८० मा डिभिजन खानेपानी कार्यालय मलंगवाबाट नयाँ बोरिङका लागि बजेट प्राप्त भएको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा वडाको रु. २० लाख र नगर उपप्रमुख हरिमाया घलानको योजनाबाट रु. १० लाख बजेट विनियोजन गरी पाइपलाइन विस्तार गरिएको वडाध्यक्ष योञ्जनले बताए आयोजना अन्तर्गत दुई हजार लिटर बढी क्षमताको खानेपानी ओभर हेड ट्यांकी यसअघि नै संघीय सरकारको बजेटबाटै निर्माण सम्पन्न भएको छ ।

समयमै आयोजना निर्माण सम्पन्न नहुँदा एउटा बोरिङ निर्माण भएर काम नलाग्ने भएर खेर गएको थियो । पुनः नयाँ बोरिङ बनाएर पानी वितरण गरेको अत्रौली खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिवजी महतोले बताए । हाल धमाधम घर-घरमा धारा जडान गरिरहेका उनले जानकारी दिए।

यस आयोजनाबाट हरिवन नगरपालिका-२ का मिलन चोक, नयाँ बस्ती, जिम्दार टोल, चिसापानी, थाङसिंगे टोल र तिन तले गाउँमा खानेपानीको सुविधा पुगेको छ । खानेपानीको समस्याबाट मुक्ति पाउँदा सारा गाउँलेले खुसी भएका स्थानीय हरि बहादुर क्याप्छाकीले बताए।

हरिवन नगरपालिका-२, अन्तरगतको चुरे गाउँ खोर गाउँ र लालिभत्ती क्षेत्रमा समेत वडा कार्यालयले पाइपलाइन विस्तार गरिदिएपछि लालबन्दी खानेपानी तथा सरसफाई संस्थाबाट करिव डेढ सय घरधुरीमा खानेपानी सुविधा पुगेको छ । खानेपानीको दिगो व्यवस्थापन हुँदा खानेपानीको समस्याबाट मुक्ति पाएको खोर गाउँ र लालभित्तीका स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस