काठमाडौँ । संसद कानून बनाउने थलो हो । संसदले कयौँ विधेयक बनाउनुपर्ने हुन्छ र सांसदले विधेयकलाई पूर्णता दिन भूमिका निर्वाह गर्नुपर्छ, बहस र छलफलमा सहभागी हुनुपर्छ । तर, नेपालको संसद कानून निर्माण भन्दा पनि सरकार निर्माणमा बढी केन्द्रित छ ।
लामो समयदेखि कानून निर्माण प्राथमिकतामा परेको छैन । जसका कारण सांसदहरु पनि असन्तुष्ट छन् । यस्तै असन्तुष्ट मध्येका एक हुन् नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईँ । ‘संसद गरिमामय ठाउँ हो भन्ने लागेको थियो । तर, मेरो अनुभवमा एक दलले अर्को दलको उछितो काड्ने र कसरी दोष देखाउन सकिन्छ भन्ने थलोको रूपमा संसद रहेको पाएँ,’ सांसद बजगाईँ भन्छन् ।
नागरिकका समस्याका विषयलाई सदनमा तीन चार पटक कुरा उठाउँदा पनि सम्बोधन नभएको उनको गुनासो छ । स्वार्थ नमिल्दा सदनमा उठेका विषयले प्राथमिकता नपाउने गरेको बजगाईँले बताए । संसदको अनुभव, कर्मचारीतन्त्र लगायतका विषयमा केन्द्रित भएर नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईँसँग प्रशासन डटकमले गरेको कुराकानीको सम्पादित अंश ।
संसदमा आफ्नो उपस्थितिलाई कसरी लिनु भएको छ ?
संसद गरिमामय ठाउँ हो भन्ने लागेको थियो । तर, मेरो अनुभवमा एक दलले अर्को दलको उछितो काड्ने र कसरी अर्को दलको दोष देखाउन सकिन्छ भन्ने थलोको रूपमा संसद रहेको पाएँ ।
निराशा बढ्दो छ । जनताले पत्याउने परिस्थिति छैन । राजनीतिज्ञ खराब नै हुन्छन् भन्ने परेको छ । यो अवस्थालाई चिर्नुपर्ने छ । जनताको प्रक्षेपणबाट जोगिनका लागि प्रतिरक्षामा हिँडेको जस्तो लागि रहेको छ ।
सांसदको रूपमा आफूले खेलेको भूमिका प्रति सन्तुष्ट हुनुहुन्छ ?
संसद वा समितिमा कतिपय विषयहरू प्रतिनिधि मूलकरुपमा बोल्ने गरिन्छ । कतिपय कुरा प्रतिकात्मक/सांकेतिक रूपमा बोलिन्छ ।
सबै कुराहरू सबैले बुझ्छन् भन्ने छैन । कतिपय सांसदहरुले बोलेका विषय ग्रहण योग्य हुन्छन् । नेपालको राजनीतिमा नेतृत्वतहबाटै शुद्धीकरण आवश्यक छ । नेतृत्वतहबाटै राम्रो भूमिकाको अपेक्षा गरिएको हुन्छ भने त्यसको असरत सबैमा पर्ने नै भयो ।
सदनमा बोलेका कुरा कति सम्बोधन हुन्छन् ?
सम्बोधन हुँदैन । इन्ट्रेशको कुरा पनि हुन्छ । इन्ट्रेश नमिलेपछि सम्बोधन हुने कुरै भएन । राम्रो बोलेको कुरा सम्बोधन भयो भने त्यसको क्रेडिट राम्रो बोल्ने मान्छेले लिन्छ । जनताको नजरमा उ राम्रो हुन्छ । यसकारण पनि सम्बोधनको प्रयास गरिँदैन । तीन चार पटक कुरा उठाउँदा पनि सम्बोधन भएको अवस्था छैन ।
चीनमा दुई जना नागरिक थुनिएको विषयमा मैले तीन पटक कुरा उठाएको छु । रसियाको सेनामा नेपाली युवा भर्ना भएका छन् भनेर मैले कुरा उठाए । तर, यी विषयमा सुरुमा सम्बोधनको प्रयास भएन । पछि व्यापक दबाब परेपछि मात्र सरकारले रसियाको विषयमा बोल्न बाध्य भयो ।
सांसदको काम विकास गर्ने कि कानून बनाउने ?
कानून बनाउने ।
तर, कानून बनाउनमा केन्द्रित भए जस्तो त देखिँदैन ?
लोकेन्द्र बहादुर चन्दको बैतडी, मरिचमान सिंह श्रेष्ठको प्युठान, सूर्य बहादुर थापाको धनकुटामा विकास भएको अवस्था छ ।
जुन क्षेत्रको व्यक्ति अर्थमन्त्री भएको छ । त्यहीँ क्षेत्रमा बढी विकास निर्माणका काम भएको छ । सांसदको काम कानून बनाउने भए पनि विकासका काम गर्ने गरेको पाइन्छ । मन्त्रीका क्षेत्र विकास भएपछि जनताले अन्य सांसदहरूसँग पनि विकास निर्माणको अपेक्षा राखेका हुन्छन् ।
अर्को कुरा चुनावमा मत माग्दा पनि सडक, कुलो, बिजुली, विद्यालय, खानेपानीको धारा बनाइदिन्छु भनेर भनेको हुन्छ । जनताले पनि त्यहीँ अपेक्षा राख्छ । अनि कानून बनाउँछ, विकास निर्माणको काम मेरो होइन भनेर कसले पत्याउँछ ?
पञ्चायत अघिदेखि नै सांसदले विकास निर्माण गरिदिन्छ भन्ने परेको छ । त्यो पारिएको छ । यो पहिलेदेखि नै भूमिका भन्दा फरक काम गर्ने बानी परेको छ ।
राजनीति भनेको आफ्नो वा छोराको पालाको लागि सोचेर गर्ने होइन । यो त नातिनातिनाको लागि सोचेर, भविष्यको लागि सोचेर गर्ने विषय हो । हाम्रो त्यो सोच छैन । यहाँ निर्वाचनको लागि मात्र सोचेर काम गर्ने गरिन्छ । कानून निर्माणको के कुरा गर्ने ? दुईवटा कानून निर्माण गर्न डेढ वर्ष लागेको छ ।
कर्मचारीतन्त्र र सार्वजनिक प्रशासनप्रति तपाईँको बुझाई के छ ?
कर्मचारीहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन/अनुसन्धानमा पर्ने भएकाले त्यसबाट पनि त्रास छ । राजनीतिज्ञलाई कर्मचारीले पर्याप्त सहयोग नगर्दा पनि समस्या भएको पाइन्छ ।
कतिपय कानूनहरुमा दोहोरोपना छ, यसले पनि काम गर्न समस्या भएको देखिन्छ । कानूनहरुको ओभर ल्यापिङका कारण पनि कर्मचारीतन्त्र समस्यामा छ । क्षेत्राधिकार पनि खोसाखोस छ । सबै सिस्टममा सुधार नगर्दासम्म कर्मचारीतन्त्रमा सुधार आउँदैन । असन्तुष्टिहरू रहिरहन्छन् ।
राजनीति करेक्सन नभएसम्म कर्मचारीतन्त्र करेक्सन हुँदैन । कर्मचारीहरूको एउटा युनियन भयो भने कर्मचारीको हितमा कुरा हुन्थ्यो ।
कर्मचारीहरूबाट कत्तिको सहयोग पाइन्छ ?
कर्मचारीहरूले सहयोग गर्न खोजे जस्तो लाग्छ । कानून मिचेर काम गर भनेर दबाब दिएको हुँदैन, त्यसैले सहयोग गरे जस्तै लाग्छ ।
जिल्लाका सरकारी निकायहरूलाई कुनै पनि दबाब दिएको छैन, यसकारण मिल्नेसम्मका काममा सहयोग भए जस्तो लाग्छ । तर, कहिलेकाहीँ प्रक्रियागत ढिलाइले काम ढिलो भएको नागरिकबाट गुनासो आउँछ ।
सार्वजनिक सेवा सुधारका लागि के गर्नुपर्छ, तपाईँका सुझाव के छन् ?
शिक्षामा सुधार गर्नुपर्छ । सबैभन्दा पहिले सरकारी कर्मचारी र शिक्षकले आफ्ना सन्तान सरकारी विद्यालयमा पढाउनु पर्छ । शिक्षामा सुधार गर्दै गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ ।
शिक्षक पेसामा आकर्षण बढाउनु पर्छ, किन कि शिक्षकले नेपालमा जागिर गर्नुभन्दा वैदेशिक रोजगारीमा जान रुचि राख्छ । अमेरिका जान खुट्टा उचालेर डिभी भर्छ किन ? यो बारेमा गम्भीर भएर सोच्नु पर्छ ।
एकीकृत बस्ती हुनुपर्छ । पूर्वाधार बन्नु पर्यो । शिक्षा र स्वास्थ्य जस्ता आधारभूत विषयमा निःशुल्क गर्नुपर्छ । शिक्षाबाटै सार्वजनिक सेवामा सुधार गर्न सकिन्छ ।
नागरिकसँग प्रत्यक्ष जोडिएका सेवा प्रवाहलाई व्यवस्थित र चुस्तदुरुस्त राख्नु पर्छ । कर्मचारीहरूलाई मेरो करियर नेपालमै छ भन्ने हुनुपर्छ ।
कर्मचारीहरूमाथि राजनीतिक हस्तक्षेप भए जस्तो लाग्छ तपाईँलाई ?
कर्मचारीहरूले राजनीतिक हस्तक्षेप आमन्त्रण गरिरहन्छन् । कर्मचारीतन्त्रमाथि राजनीतिक हस्तक्षेप भन्दा पनि कर्मचारीतन्त्रले आफैँ राजनीतिक हस्तक्षेप निमन्त्रणा गरिरहेको हुन्छ ।
यो हस्तक्षेप दोहोरो फाइदाका लागि हुने गर्छ । राजनीतिज्ञहरूले जनताबाट आलोचना खेप्नुपर्छ । भ्रष्टाचारका मुद्दा पनि लागेका छन् । तर, कर्मचारीतन्त्र बलियो छ । अख्तियारमा पूर्वकर्मचारीहरुको नियुक्तले पनि यसलाई प्रष्ट पार्छ ।
विभिन्न निकायमा नियुक्ति लिने र राजदूत बन्ने पनि पूर्वकर्मचारीहरुबाटै हुने गर्छ । यसबाट पनि देखिन्छ कि कर्मचारीले अवकाश पछि पनि पटक पटक नियुक्ति लिएको हुन्छ ।
कर्मचारीमाथि राजनीतिक हस्तक्षेप भन्दा पनि फाइदाका लागि कर्मचारीहरूले राजनीति गरेको जस्तो देखिन्छ ।
सांसदसँग आमनागरिकको अपेक्षा के हुँदो रहेछ ?
आमनागरिकको अपेक्षा भ्रष्टाचार नगरोस्, आफ्नो लागि मात्र नसोचेर हाम्रो मतको कदर गरोस्, इमर्जन्सि पर्दा आइपुगोस्, सहयोग गरोस् भन्ने हुन्छ । नागरिकका यिनै चाहान पूरा गर्न पाउँदा सन्तुष्टि मिल्ने गर्छ ।
सम्बन्धित समाचार : कर्मचारीतन्त्र सुधार नगर्ने हो भने संघीयताको मर्म पूरा गर्न कठिन छ : सांसद कार्की
सम्बन्धित समाचार : सरकार फेरिएसँगै कर्मचारी फेर्ने प्रवृत्ति राम्रो होइन : सांसद शर्मा
सम्बन्धित समाचार : नयाँ मन्त्री आएसँगै सचिव फेर्नुपर्ने यो कस्तो सोच हो ? : सांसद गुरुङ
सम्बन्धित समाचारः प्रशासनिक संघीयता कार्यान्वयनका लागि नेतृत्वले चासो देखाएन : सांसद घर्ती
सम्बन्धित समाचारः राजनीतिक अस्थिरताको फाइदा कर्मचारीहरूले उठाई रहेका छन् : सांसद यादव
सम्बन्धित समाचारः दरबन्दी अनुसारकै कर्मचारी पठाउने र खटाएको ठाउँमै जाने थिति बसाल्छु : मन्त्री गुप्ता
सम्बन्धित समाचारः देश कर्मचारीहरूले नै चलाएका छन्, योग्य कर्मचारीहरूलाई प्रोत्साहन गर्नुपर्छ : सांसद अग्रहरी
सम्बन्धित समाचार : व्युरोक्रेसीमा के समस्या छ ? मधेशमा कर्मचारी जानै चाहँदैनन् : सांसद झा
सम्बन्धित समाचार : कर्मचारी व्यवस्थापन लथालिङ्ग छ, संघ रोज्दा समस्या भयो : सांसद जोशी
सम्बन्धित समाचार : संविधान अनुसार न्यायालय र कर्मचारीतन्त्र पुनर्संरचना हुन सकेनन् : सांसद शर्मा
सम्बन्धित समाचार : सांसदहरु वडाध्यक्ष जस्तो हुन थाले, भूमिकाबारे बुझाउन जरुरी छ : सांसद झा
सम्बन्धित समाचार : कर्मचारी माथिको आदेश होइन, सरकारको नीति अनुसार चल्नुपर्छ : काँग्रेस नेत्री सेजुवाल
सम्बन्धित समाचार : सरकार नै अनुदार भएपछि कर्मचारीलाई मात्र दोष लगाउनुको अर्थ छैन : एमाले नेता गैरे
सम्बन्धित समाचार : अरबौँको काण्ड मच्चाउनेलाई कारबाही हुँदैन, सुशासनका लागि अवस्था र व्यवस्था परिवर्तन गर्न जरुरी छ : शाही
सम्बन्धित समाचार : काठमाडौँबाट शासन गर्नेहरू सिंहदरवारलाई नै सबै कुरा ठान्छन्, अधिकार बाँडफाँड गर्नै चाहँदैनन् : पूर्वमन्त्री खान
सम्बन्धित समाचार : कर्मचारीलाई के दोष दिनु, आफ्नो मान्छे मुछिने भएपछि अनुसन्धानकै अफिसर सरुवाको सिकार हुन्छ: सभापति सिंह
सम्बन्धित समाचार : कतिपय कर्मचारी सरकारलाई उदासीन देखाएर व्यक्तिगत फाइदा लिने क्रियाकलापमा संलग्न छन्: सभापति साह
सम्बन्धित समाचार : कर्मचारीको भूमिका भनेको राज्यलाई सफल बनाउने नै हो : सभापति सुवेदी
सम्बन्धित समाचार : नीतिगत भ्रष्टाचार राजनीतिक नेतृत्वको संलग्नता बिना सम्भव छैन : सांसद खनाल
सम्बन्धित समाचार : कर्मचारीले सय रुपैयाँ उठाएर १० रुपैयाँ दियो भने मन्त्री पनि मक्ख पर्छन् : सांसद थापा
सम्बन्धित समाचार : कर्मचारीले गरेको गल्तीको गाली नेताले खानु परेको छ : सांसद चौधरी
सम्बन्धित समाचार : नीतिगत कमजोरी र कर्मचारीको मानसिकताले सार्वजनिक सेवा चुस्त हुन सकेन : सांसद घर्ती
सम्बन्धित समाचार : समयमा ऐन कानुन नबन्दा कर्मचारी अगाडि राजनीति पछाडि जस्तो भयो : सांसद तामाङ
सम्बन्धित समाचार : गौरवका आयोजनामा सरकार स्पष्ट हुनुपर्छ, कर्मचारीलाई दोष लगाएर पन्छिन मिल्दैन : सभापति रावल
सम्बन्धित समाचार : प्रधानमन्त्री र मन्त्री सुध्रिए कर्मचारीहरू आफैँ सुध्रिन्छन् : सांसद सुवाल
सम्बन्धित समाचार : जनउत्तरदायी कर्मचारी प्रशासनबाट मात्र सेवाग्राहीले छिटो सेवा प्राप्त गर्न सक्छन् : सांसद घिमिरे
सम्बन्धित समाचार : खरिदार भएकै कारण छोराछोरी डाक्टर इन्जिनियर हुन नपाउने ? -काँग्रेस सचेतक थिङ
सम्बन्धित समाचार : सरकार राम्रो भयो भने कर्मचारीहरू त्यसै राम्रा हुन्छन् : सांसद तिवारी
सम्बन्धित समाचार : समस्याको कारण बनेको राजनीतिक नेतृत्व नबदलिएसम्म व्युरोक्रेसी बदलिँदैन : प्रमुख सचेतक गिरी
सम्बन्धित समाचार : ‘हिन्दूराष्ट्र’बारे महासमितिले निर्णय नगरे काँग्रेससँगै राष्ट्र नै गम्भीर सङ्कटमा पर्छ : भण्डारी
सम्बन्धित समाचार : काँग्रेस सहमहामन्त्री परियारलाई प्रश्न- महासमिति बैठकले दिएको सन्देश के हो ?
सम्बन्धित समाचार : नयाँ कानुन नहुँदा पुरानै ढर्रामा चल्नुपर्ने कर्मचारीको बाध्यता हो : सभापति शर्मा
सम्बन्धित समाचार : मन्त्रीले बकम्फुसे गफ र स्टण्टबाजी गरेर जनता अलमलाउनु हुँदैन : सभापति खतिवडा
सम्बन्धित समाचार : गठबन्धन सत्ता स्वार्थको झुन्ड जस्तो लाग्छ : सांसद भण्डारी
सम्बन्धित समाचार : व्युरोक्रेसीबारे सांसदहरूको बुझाई-कानून नहुँदा पुरानै ढर्राबाट चले
सम्बन्धित समाचार :सरकारलाई विश्वासको मत दिन्छौँ, गठबन्धनबारे पार्टीमा विवाद छैन : अध्यक्ष श्रेष्ठ
सम्बन्धित समाचार : व्युरोक्रेसीले राजनीतिक साइड लिँदा जनता मारमा पर्छन् : सांसद पाण्डे
सम्बन्धित समाचार : गृहमन्त्रीबारे प्रधानमन्त्री न्यायाधीश बन्नुभयो -सांसद पाण्डे
सम्बन्धित समाचार : अध्ययनकै क्रममा संघीय निजामती विधेयक, व्यापक छलफल र संशोधनको आवश्यकता
सम्बन्धित समाचार : योग्य र इमान्दार मधेस जान चाहँदैन, भ्रष्ट कर्मचारी खोजी खोजी जान्छन् : डा. सीके राउत
सम्बन्धित समाचार : रसिया श्रमिक पठाउने निर्णय एक महिनासम्म गोप्य, श्रम मन्त्री भन्छन्- शंकास्पद निर्णयबारे अध्ययन भइरहेको छ
सम्बन्धित समाचार : नाउपा विवाद : हात हालाहालदेखि निष्कासनसम्म, अध्यक्ष भन्छिन् -‘अधिकार प्रयोग गरेको हो, हाबी भएको होइन’
सम्बन्धित समाचार : सरकार सुशासनमा केन्द्रित भए व्यवस्थाप्रतिका गुनासा आफैँ कम हुन्छन् : संघीयताविज्ञ देवकोटा
सम्बन्धित समाचार : प्रणाली सुधार नगरेसम्म सुशासन कायम हुँदैन भन्नेमा राप्रपा स्पष्ट छ : राजेन्द्र लिङ्देन
सम्बन्धित समाचार : सुशासनका लागि अडान लिन नसक्ने कर्मचारी प्रशासनले राजनीतिलाई बदनाम गरायो : शेरबहादुर कुँवर
सम्बन्धित समाचार : राजनीतिक दल र सरकारी संरचनामा ‘उप’ दोस्रो पद महिलाकै हो भन्ने भ्रम छ : उपाध्यक्ष घिमिरे
सम्बन्धित समाचार : शिक्षकको राजनीति : दलसँगको आबद्धता त्याग्न समय दिनुपर्छ, जबरजस्ती गरे प्रत्युत्पादक हुन्छ !
सम्बन्धित समाचार : ज्येष्ठ नागरिकलाई वृद्धाश्रम लगेर छोड्ने प्रवृत्तिको अन्त्यका लागि कार्यविधि बनाइँदै छ -मन्त्री चौधरी
सम्बन्धित समाचार : देश कर्मचारीहरूले नै चलाएका छन्, योग्य कर्मचारीहरूलाई प्रोत्साहन गर्नुपर्छ : सांसद अग्रहरी
सम्बन्धित समाचार : ‘अत्यासलाग्दो’ डढेलोप्रति सांसदहरूको चासो, सरकारको मुख ताक्नु भन्दा स्थानीय नै सचेत हुनुपर्छ
सम्बन्धित समाचार : कर्मचारीतन्त्र र सेवा प्रवाह परम्परागत रूपमै चलेको छ : सांसद गैरे
सम्बन्धित समाचार : मन्त्री फेरिइरहने र आफू अनुकूलका मान्छे खोज्ने प्रवृत्तिले कर्मचारीलाई अस्थिर बनायो: पूर्वमन्त्री डा. महतो
सम्बन्धित समाचार : कर्मचारी केन्द्र केन्द्रित भए, अधिकांश काठमाडौँ बाहिर जाँदै जाँदैनन् : सांसद अधिकारी
सम्बन्धित समाचार : कर्मचारीतन्त्रले जहिले जमिनतर्फ हेर्छ : सांसद थपलिया
सम्बन्धित समाचार : सहकारी प्रकरण : संसद अवरोधबारे सांसदको टिप्पणी, भन्छन्- काँग्रेस आफै फस्यो
सम्बन्धित समाचार : कर्मचारीतन्त्र असाध्यै प्रक्रियामुखी र काम नगर्नेमै रमाउने छ : पूर्वमन्त्री किराँती
सम्बन्धित समाचार : अदालतको फैसला कार्यान्वयनकै लागि भनसुन गर्नुपर्छ : सांसद कंशाकार
सम्बन्धित समाचार : जलवायु परिवर्तनबारे सांसदहरूको चासो, भन्छन्– विज्ञ र दक्ष जनशक्तिको व्यवस्था गरौँ
सम्बन्धित समाचार : कानुन गोलमटोल गरेर ल्याउने सचिवहरू नै हो : सांसद तिमलसेना
सम्बन्धित समाचार : कर्मचारीतन्त्र स्वेच्छाचारी र आत्म केन्द्रित छ : सांसद आचार्य
सम्बन्धित समाचार : अयोग्यले शासन गर्दा योग्य कर्मचारीहरू निरुत्साहित र निष्क्रिय छन् : सांसद दाहाल
सम्बन्धित समाचार : मेयर र उपमेयरबिचको लफडाले कर्मचारीहरू काम गर्न हच्किन्छन् : सांसद हजरा
सम्बन्धित समाचार : पूर्वमन्त्री मोदीलाई प्रश्न-के कर्मचारीतन्त्र भ्रष्ट नै छ त ?
सम्बन्धित समाचार : कर्मचारीहरूबाट हामीले सोचे जस्तो साथ नपाएकै हो : रास्वपा सांसद नेपाली
सम्बन्धित समाचार : जनताको म्यान्डेट बमोजिम दुई शक्ति एक ठाउँमा उभिएका हुन् : महेश बर्तौला
सम्बन्धित समाचार : भ्रष्टाचारका मुद्दामा नयाँ तथ्य खुल्न थालेपछि मध्यरातमा गठबन्धन बन्यो : सांसद शाही
सम्बन्धित समाचार : एमालेलाई खेलाएर सत्तामा नाची रहन्छु भन्ने दम्भ ‘प्रचण्ड’मा देखियो : सांसद पौडेल
सम्बन्धित समाचार : राजनीतिक अस्थिरताले कर्मचारीहरूको ‘पर्फमेन्श’ राम्रो हुन सकेन : सांसद रायमाझी
सम्बन्धित समाचार : नेता ठिक भए कर्मचारीले अनियमितता गर्ने हिम्मत गर्दैन : सांसद गौतम