७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जोशी र दुर्गाको गिरफ्तारीले तर्सिएका रवि

अ+ अ-

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्री रमेश लेखकले आइतबार निर्देशन दिए । मन्त्री लेखकले प्रहरी प्रमुख वसन्तबहादुर कुँवरलाई प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएसँगै प्रहरी एक्सनमा उत्रियो । सहकारीहरूको रकम दुरुपयोग र अपचलनमा गोर्खा मिडिया ग्रुपका तत्कालीन सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई प्रहरीले आइतबार नै पक्राउ गर्‍यो ।

सहकारीको बचत अपचलनसम्बन्धी छानबिन प्रतिवेदन संसद् सचिवालय, मन्त्रिपरिषद्, गृह मन्त्रालय हुँदै आइतबार प्रहरी प्रधान कार्यालय पुगेको थियो । प्रतिवेदन गृहले प्रहरी प्रधान कार्यालयमा पठाएकै दिन जोशी पक्राउ परे । संयोग आइतबार नै मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पनि पक्राउ परे । 

गृहको यो पछिल्लो एक्सनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा हलचल ल्यायो । जोशी पक्राउ परेपछि रास्वपाका सभापति रवि लामिछानेको पनि सम्भावित गिरफ्तारीको खबरले पार्टीभित्र तरङ्ग पैदा गर्‍यो । पक्राउको आशंकासँगै रास्वपाले आन्तरिक छलफललाई तीव्र बनायो भने नेता तथा कार्यकर्ता पार्टी केन्द्रीय कार्यालयमा जम्मा भए । 

संसदीय छानबिन विशेष समितिले गितेन्द्रबाबु(जीवी) राईले सहकारीको रकम गोर्खा मिडियामा ल्याएको र रवि लामिछानेले समेत हस्ताक्षर गरेर खर्च गरेको ठहर गरेको थियो । उक्त ठहरपछि समितिले कानुनी कारबाहीको सिफारिस गरेको थियो । सञ्चालकहरू अध्यक्ष जीवी राई, सदस्य कुमार रम्तेल, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुन बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने प्रतिवेदनको सिफारिस खण्डमा उल्लेख छ । 

प्रतिवेदनमा भएको सिफारिस र गृह मन्त्रीको निर्देशनपछि रवि पक्राउ पर्ने सम्भावना बढेको हो । स्रोतका अनुसार कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी लिन प्रहरी टोली खटाई सकिएको खबरले राजनीतिक माहोल नै तातिरहेको छ । प्रहरीले रविमाथि निगरानी बढाएको भनिए पनि तत्कालै पक्राउ भने नगर्ने भनिएको छ । 

बचतकर्ता सर्वसाधारणले दिएको पूरक जाहेरीलाई तत्कालीन गृहमन्त्री लामिछानेले दबाएको आरोपसमेत लागेको छ । अनुसन्धानमा अवरोध गरेपछि छानबिन गर्न संसदीय छानबिन विशेष समिति बनेको काँग्रेस नेता बताउँछन् । दुई–दुई पटक गृहमन्त्री बनेर पावरको अभ्यास गरिसकेका लामिछाने पछिल्लो गृहकै एक्सनले तर्सिएका हुन् ।

मध्यरातमा रविको पुकार
छविलाल जोशी र दुर्गा प्रसाईँको गिरफ्तारीपछि रास्वपाका सभापति तथा गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई पक्राउ तयारीको हल्ला एकाएक सल्कियो । 

पूर्व गृह मन्त्रीसमेत रहेका लामिछानेलाई संसदीय विशेष छानबिन समितिले गरेको सिफारिसको आधारमा पक्राउ गर्ने तयारी प्रहरीले गरिरहेको फैलिएपछि रास्वपाका नेता तथा कार्यकर्ता आइतबार राति पार्टी कार्यालय पुगे । आइतबार राति नै पार्टी कार्यालयमा शुभेच्छुक शुभचिन्तकलाई सम्बोधन गर्दै लामिछानेले घेराबन्दीमा पार्न खोजिएको भन्दै आफू त्यो चक्रब्युहबाट निस्कन सक्ने बताए ।

‘जहाँसुकै लैजानुस् तयार छु । तर झुक्याएर होइन,’ उनले भने,’ मलाई यो दुई तिहाइको सरकारको विश्वास छैन, चनाखो रहनु होला, तयार रहनु होला ।’ रास्वपाका कार्यकर्तालाई अलर्टमा रहन र चनाखो बस्न उनको आग्रह थियो ।

आफूलाई पक्राउ गर्ने निर्णय भए प्रतिवादमा उत्रने बताउँदै लामिछानेले भने, ‘ध्यान बचत फिर्ता गराउनेमा छैन, यिनको ध्यान रवि लामिछानेलाई जेल पठाउनेमा छ, रास्वपालाई सिध्याउनेमा छ । जुन हामी हुनै दिँदैनौ । कुनै हालतमा हुन दिँदैनौ ।’ उनको यो भावले स्पष्ट पार्थ्यो कि उनी केही समयमै पक्राउ पर्दैछन् ।

घेराबन्दीमा पार्न खोजिएको आरोप लगाएका उनले मध्यरातमा सामाजिक सञ्जालमा लेख्दै चेतावनी र आग्रहको भाषा प्रयोग गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा नसन्काउन पनि भनेका छन् ।

‘न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू, फर्केर आउनुस्, बसेर कुरा गरौँ,’ लामिछानेले लेखेका छन्, ‘सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न ।’

पछिल्लो घटनाक्रमले रास्वपा सभापति लामिछानेमा मात्र होइन, नेता तथा कार्यकर्ता पनि त्रासमा देखिन्छन् । १० दिने भ्रमणका लागि शनिबार राति चीन गएको रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको टोली सोमबार स्वदेश फर्किँदै छ । चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा. वाग्लेको नेतृत्वमा १४ जनाको टोली शनिबार मध्यरातमा चीनका लागि उडेको थियो । 

यसैगरी सभापति लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै रास्वपाका नेता–कार्यकर्ता विरोधमा उत्रिएका छन् । उनीहरूले पोखराको शहीद चोकमा विरोध प्रदर्शन गरेका छन् । राजनीतिक पूर्वाग्रह साँधेर फसाउन खोजिएको भन्दै नेता–कार्यकर्ता विरोधमा उत्रिएका हुन् ।

छविलाल जोशी पक्राउ पर्नुको कारण
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारीहरूको रकम दुरुपयोग र अपचलनमा छविलाल जोशीलाई पनि किटान गरेको छ ।

विभिन्न सहकारीको रकम ऋणको रूपमा निकाल्ने कार्यमा जोशीको पनि प्रमुख भूमिका रहेको सूर्य थापा नेतृत्वको समितिको निष्कर्ष छ । समितिको निर्णय कार्यान्वयन गर्ने निर्णय भएसँगै जोशी पक्राउ परेका हुन् । गृहमन्त्री रमेश लेखकले आइतबार छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।

समितिको प्रतिवेदन अनुसार गोर्खा मिडिया नेटवर्क गितेन्द्रबाबु (जीवी) राई र छविलाल जोशीको आधा–आधा लगानीमा खोलिएको थियो । आफ्नो १५ प्रतिशत शेयर घटाएर त्यो हिस्सा रवि लामिछानेलाई दिएका जोशीले बयानमा बताएका छन् । ‘सञ्चालकहरू अध्यक्ष जीवी राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुन बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने,’ प्रतिवेदनको सिफारिस खण्डमा भनिएको छ ।

दुर्गा प्रसाईँमाथिको आरोप
नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आइतबार भक्तपुरबाट दुर्गा प्रसाईँलाई पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको चार दिनपछि प्रहरीले उनलाई मध्यपुर थिमि नगरपालिका– ६ कमेरोटारस्थित घरबाट पक्राउ गरेको हो ।

रास्वपाकी एक नेतृले जाहेरी दिएपछि प्रसाईँ पक्राउ परेका हुन् । आफ्नो चरित्रहत्या भएको भन्दै उजुरी दिएपछि प्रहरीले प्रसाईँ विरुद्ध कारबाही प्रक्रिया अगाडी बढाएको हो । 

विद्युतीय अपराध कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका प्रसाईँलाई ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत काठमाडौँले आइतबारदेखि लागू हुने गरी तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रतिक्रिया दिनुहोस