७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिश्रसँगको भेटवार्ताले राजनीति तरङ्गित, अप्ठेरोमा ‘प्रचण्ड’

अ+ अ-

प्रचण्ड र रवीन्द्र मिश्रको भेटले नेपाली राजनीति किन तरंगित बनायो ? मिश्रको सात बुँदाको टिप्पणीले ‘प्रचण्ड’को सचिवालयलाई खण्डन गर्न किन बाध्य बनायो ? मिश्रले संविधानलाई ‘प्रचण्डको संविधान’ भनेको कारण के हो ? बाबुराम भट्टराईको कटाक्षले गणतन्त्रको सन्देशलाई कसरी थप सुदृढ बनायो त ? 

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबिच भएको भेटवार्ताले नेपाली राजनीति तरङ्गित भएको छ ।

‘प्रचण्ड’ र मिश्रबिच मंगलबार खुमलटारमा भेटवार्ता भएको थियो । सामाजिक सञ्जालमा भेटवार्ताबारे जानकारी दिँदै उनले राजसंस्था पुनर्स्थापना नगर्ने हो भने देश विस्फोटको अवस्थातिर जानसक्नेतर्फ ‘प्रचण्ड’को ध्यानाकर्षण गराएको उल्लेख गरेका थिए । साथै, भेटमा ‘प्रचण्ड’ले राखेको अर्थपूर्ण धारणा भन्दै मिश्रले ७ बुँदामा जानकारी गराएका थिए ।

मिश्रसँग खुमलटारमा भएको भेटले ‘प्रचण्ड’लाई भने अप्ठेरो परेको छ । खुमलटारमा भएको सन्दर्भलाई लिएर राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले गरेको टिप्पणीप्रति ‘प्रचण्ड’को सचिवालयले खण्डन नै गर्नुपर्ने अवस्था उत्पन्न भएको छ । राजावादी चरित्रको व्यक्तिलाई खुमलटारमा स्वागत गरेको भन्दै कार्यकर्ताबाट आलोचना खेपिरहेका ‘प्रचण्ड’लाई उनै मिश्रले सार्वजनिक गरेको वक्तव्यका कारण संकट परेको हो । उनीहरुबीच भएको भेटवार्ताको सन्दर्भलाई लिएर मिश्रले गरेको टिप्पणीको ‘प्रचण्ड’को सचिवालयले खण्डन नै गर्नु परेको छ । अध्यक्ष ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको बताउँदै यो उनको मन गढन्ते धारणा भएको प्रस्टीकरण दिएका छन् ।

यस्तो छ ‘प्रचण्ड’ को सचिवालयले दिएको प्रस्टीकरण
हिजो बिहानको खुमलटार भेटघाटमा रवीन्द्र मिश्र जीले आफ्ना विचारहरू राखेको कुरालाई फेसबुकमार्फत पोस्ट्याउनु भएको छ साथै पूर्व प्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नु भएको छ ।

जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान् वलिदानीपुर्ण आन्दोलनको नेतृत्व गर्नु भयो। शान्ति र संविधान निर्माणको नेतृत्व गर्नु भयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ । उहाँका विचार भनेर मिश्र जीले समय सन्दर्भबाट कटाएर  आफ्नो राजनैतिक स्वार्थ अनुकूल प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन।

पञ्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगति र जनताको बरबादीबारे अझै कोही नेपाली भ्रममा होलान् र मिश्र जी ? तसर्थ यति सस्तो राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि? 

‘प्रचण्ड’को सचिवालयको खण्डन आइसकेपछि मिश्रले दिएको प्रतिक्रिया  
‘प्रचण्ड’को सचिवालयको खण्डन आइसकेपछि राप्रपा नेता मिश्रले बुधबार सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘प्रचण्ड’जी र मबिच भएको भेटघाटपछि मैले गरेको टिप्पणीको उहाँको सचिवालयले खण्डन गरेको रहेछ । त्यसलाई जस्ताको त्यस्तै प्रकाशित गर्नु मेरो पनि दायित्व सम्झिएको छु । उहाँको सचिवालयप्रति भद्रतापूर्वक विमति राखेकोमा आभारी छु । 

मेरो थप सानो मात्र टिप्पणी छ 
ठुला नेताहरूसँग भेट्दा ‘यो कुराचाहिँ बाहिर नगरौँ÷हामी बीचमा रहोस्’ भनिएका कुरा म कहिल्यै पनि सार्वजनिक गर्दिनँ । र, हिजोको हाम्रो संवादका हकमा पनि त्यही नै नीति अवलम्बन गरेको छु।

संघीय लोकतान्त्रिक गणतन्त्रका नायक ‘प्रचण्ड’ नै हुन्। काँग्रेस÷एमाले लगायतका दल तथा नागरिक समाज सहायक पात्र हुन्। ती सबै ‘प्रचण्ड पथगामी’ हुन्। ‘नेपालको संविधान २०७२’ वास्तवमा ‘प्रचण्ड’को संविधान २०७२’ हो र ‘प्रचण्ड’ नभएको भए नेपालमा कुनै हालतमा संविधानसभा मार्फत यो संविधान लेखिने थिएन भन्नेमा प्रस्ट छु ।’

त्यसैले ठुला पार्टीहरूलाई आ–आफ्नो पार्टी कार्यालयमा सबैभन्दा माथि ‘प्रचण्ड’को फोटो झुन्डाउन सल्लाह पनि दिने गरेको छु ।

डा. बाबुराम भट्टराईले कटाक्ष
तत्कालीन विद्रोही माओवादीका सर्वोच्च कमान्डसमेत रहेका ‘प्रचण्ड’सँग राजसंस्थाको पक्षपोषण राप्रपाका वरिष्ठ नेताको भेटवार्ताबारे पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कटाक्ष गरेका छन् । 

उनले भनेका छन्, वयोवृद्ध वामपन्थी नेता चित्रबहादुर केसीले बारम्बार सुनाउने लोकोक्ति  सापटी लिएर भन्नुपर्दा– बिरालोलाई जति खास्टोले छोपे पनि आखिरमा म्याककउ गरिहाल्छ रे! ‘प्रचण्ड’ र रवीन्द्र मिश्र बिचको अन्तरङ्ग कुराकानीको सत्य तथ्य वहाँहरूले नै जान्ने र भन्ने कुरा हो । तर माओवादी आन्दोलनभित्रको भीषण  अन्तरसंघर्ष देखी जान्ने सबैलाई थाहा छ अहिले ’बिरालो म्यॉउ’ गरेकै हो! किनकि ‘प्रचण्ड’को वास्तविकता त्यही हो ।

यसको अर्थ हो– गणतन्त्र,धर्मनिरपेक्षता,सङ्घीयता,समावेशी लोकतन्त्र कुनै महापुरुषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट हैन नेपाली शोषित पीडित जनताको अतुलनीय बलिदानपूर्ण संघर्षको बलमा प्राप्त भएको हो । केही राजावादीहरू चिच्याउँदैमा र ‘प्रचण्ड’हरू सत्ता लिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साक कटिएका यी उपलब्धिहरू खोसिन सक्दैनन्, खोस्न दिनु हुँदैन !

‘प्रचण्ड’लाई विवादमा ल्याउने मिश्रका यी ७ बुँदा
१. यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ । आजभोलि प्रशिक्षणमा यही भनिरहेको छु ।

२. पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पञ्चायतकालमा धेरै राम्रो काम भएको रहेछ । राजा महेन्द्र त गजबका ‘भिजनरी’ राजा रहेछन् ।

३. द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पूरै नकारात्मक थिए । म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ ।

४. राजा ज्ञानेन्द्रले पनि २०६२/०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति अर्कै हुन्थ्यो ।

५. देशमा विदेशी हस्तक्षेप चरम अवस्थामा पुगेको सही हो ।

६. अहिले पो प्रधानमन्त्री भएँ । युद्ध गर्दा त मरिन्छ-बाँचिन्छ, थाहा थिएन । देश बनाउनै भनेर सारा गरेको हो । अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो । तर अब यसरी चाहिँ हुँदैन ।

७. म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन । तर राति सुत्ने बेलामा सोच्नचाहिँ पर्ने अवस्था छ । ‘निरन्तरतामा क्रमभङ्गता’ अत्यावश्यक भइसक्यो ।

कौसीमा लामो संवाद गरेर तल ओर्लिँदा माओवादी पार्टीका दर्जनौँ साथीहरू ‘प्रचण्ड’जीलाई पर्खेर बसिरहेका थिए ।

सतहमा उनीहरू आफ्नो नेता पर्खिरहेका थिए । तर गहिराइमा उनीहरू यो देश कहिले बन्ला र मेरा बालबच्चा–बाबुआमाले सुख पाउलान् भनेर पर्खिरहेका करोडौँ नेपालीका प्रतिनिधि पात्र थिए । उनीहरूको जीवन पर्खिएरै बितिसकेको छ–बित्नेछ भन्नेमा सम्भवतः उनीहरू अनभिज्ञ थिए ।

मचाहिँ ‘ईश्वर नै स्वर्गबाट झरेर देश बनाइदिन्छु’ भने पनि वर्तमान प्रणालीमा यो देश बन्दैन र अझ बिग्रिन्छ भन्नेमा विश्वस्त छु ।

त्यसो त अस्ति सोमबार एक सार्वजनिक कार्यक्रममा पनि ‘प्रचण्ड’ र मिश्रबिच घोचपेच भएको थियो । संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आईएसएसआर) को संयुक्त आयोजनामा मल्ल होटलमा आयोजना गरिएको कार्यक्रममा मिश्रले अहिलेको संविधानलाई ‘प्रचण्ड संविधान’ भनेपछि ‘प्रचण्ड’ले मिश्रको आलोचना गरेका थिए ।

मिश्रले भनेका थिए, ‘नेपालको संविधान २०७२ लाई मैले ‘प्रचण्ड’को संविधान २०७२ भन्ने गरेको छु । यो संविधानलाई ‘प्रचण्ड’को संविधान भन्नुको कारण के हो भने यसबाट जे भएको छ, त्यो ‘प्रचण्ड’कै संविधानमार्फत गरिएको छ । अब ‘प्रचण्ड’को संविधानलाई नेपालको संविधान बनाउनुपर्छ भन्ने मेरो धारणा हो ।’

मल्ल होटलमा घोचपेच भएको भोलिपल्टै हिजो मंगलबार माओवादी अध्यक्ष ‘प्रचण्ड’ र राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रबीच ‘प्रचण्ड’ निवास खुमलटारमा भेटवार्ता भएको हो ।

दुई दलका शीर्ष नेताहरूको भेटवार्ताको उद्देश्यबारे भने दुवै दलले स्पष्ट पारेका अहिलेसम्म छैनन् । तर, भेटमा भएका कुराकानीको विषयवस्तुलाई लिएर  दुवै पक्षबाट विवाद भने अहिले चर्चाको विषय बनेको छ ।

भेटवार्ताको विषयलाई लिएर के भन्छन् विश्लेषक ?
जनताको नजरबाट हेर्दा दुई नेताबीचको भेटवार्ता जसरी हुन्छ सत्तामा पुगौँ र सत्तालाई कसरी भागमा लियौँ भन्ने बारे छलफल भएको हुन सक्ने राजनीति शास्त्रका प्राध्यापक तथा राजनीतिक विश्लेषक कृष्ण खनाल बताउँछन् । ‘प्रचण्ड’को विगतका चरित्र र स्वभाव हेर्दा सत्ताका लागि जे पनि गर्न सक्नुहुन्छ, उनले भने, “उहाँहरूबीचको भेटवार्ताले राजनीति समीकरणमा परिवर्तन हुन खोजेको हो कि भन्ने जस्तो भान हुन्छ ।“

यस्तै वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल भने सामाजिक सञ्जालमा रबिन्द्र मिश्रले गरेको टिप्पणीले भोलीका दिनमा अहिलेले राजनीतिमा जुन खालको व्यवस्था छ त्यसलाई पनि कुनै न कुनै ढङ्गले परिवर्तन हुन सक्छ भन्ने धारणाहरू मिलेको जस्तो देखाएको बताउँछन् । ‘प्रचण्ड’ र मिश्रको बाटो फरक–फरक भएकाले उहाँहरूको भेटवार्ताले राजनीतिमा कुनै परिवर्तन नल्याउने विश्लेषक दाहालको भनाइ छ । नेताहरूको बीचमा भइरहने वार्तालाई स्वभावीक रूपमा लिनुपर्ने उनले बताए । 

राजनीति दलका नेताहरुले हल्का रूपमा बोल्ने र त्यसको असर आम जनमानसमा के पर्छ भन्ने कुरा उहाँहरूलाई थाहै नहुने उनले बताए । नेताहरुले बोलिसकेपछि पछि आएको समस्यालाई फेरी व्याख्या गर्ने गर्नुहुन्छ, उनले भने “उहाँहरूको पहिलो समस्या नै त्यही भएको र नेताहरू भेटवार्ता गर्न आउँदा जो सुकै भए पनि उहाँहरूको सम्मान गर्नु पर्छ र आफ्नो बिचार राख्नुपर्छ भन्ने धारणाको छ, ।“ 

यस्तै उनले नेताहरूको काम देश बनाउन तिर भन्दा पनि अर्काको टिप्पणी गर्नमा व्यतीत हुने बताए । नेताहरुले देश बनाउने, जनताको लागि काम गर्ने भन्दा पनि उहाँहरू आफ्नै गन्थन मन्थनमा टिप्पणी गरेर बस्ने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस