६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजदूतमाथि छानबिन गर्ने क्यानडाको कदमविरुद्ध भारत रुष्ट

अ+ अ-

नयाँदिल्ली । गत वर्ष एक सिख पृथकतावादी नेताको हत्यापछि ओटावाले आफ्ना राजदूत र अन्य कूटनीतिज्ञमाथि अनुसन्धान गरिरहेको भन्दै भारतले सोमबार क्यानडाको आलोचना गरेको छ।

सन् २०२३ मा क्यानडाका नागरिक हरदीप सिंह निज्जरको हत्यापछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतीय गुप्तचर निकायलाई अपराधसँग जोड्ने ‘विश्वसनीय आरोप’ लागेको बताएपछि भारतसँगको कूटनीतिक सम्बन्ध बिग्रिएको थियो ।

भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्यानडाबाट जारी अनुसन्धानमा भारतीय उच्चायुक्त र अन्य कूटनीतिज्ञहरू घटनामा संलग्न रहेको आशंकाको घेरामा राखिएको भनेर कूटनीतिक पत्र प्राप्त भएको छ।’

सन् १९९७ मा क्यानडामा बसाइँ सरेर सन् २०१५ मा नागरिकता लिएका निज्जरले भारतबाट अलग्गिएर खालिस्तान नामको छुट्टै सिख राज्य हुनुपर्ने पक्षमा वकालत गरेका थिए ।

उनलाई भारतीय अधिकारीहरूले आतंकवाद र हत्याको षडयन्त्र गरेको आरोपमा ‘अत्यधिक खोजीको सूची’मा राखेर खोजी गरिरहेको थियो ।

सन् २०२३ को जुन महिनामा भ्यानकुभरको एक सिख मन्दिरको पार्किङ स्थलमा भएको निज्जरको हत्यामा संलग्न भएको आरोपमा चार जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।

भारतले हत्यासँग जोडिएको आरोपलाई ‘निरर्थक’ र ‘राजनीतिक लाभका लागि भारतलाई बदनाम गर्ने रणनीति’ भनेको छ ।

गत वर्ष भारतले क्यानाडाका नागरिकहरूको भिसामा केही समयका लागि रोक लगाएको थियो र ओटावालाई कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउन बाध्य पारेको थियो।

भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘भारतीय कुटनीतिज्ञविरुद्ध आरोप लगाउने क्यानडा सरकारको पछिल्लो प्रयासको जवाफमा भारतलाई थप कदम चाल्ने अधिकार सुरक्षित छ ।’

क्यानडामा करिब सात लाख ७० हजार शिखहरू बसोबास गर्छन् र यो क्यानडाको जनसङ्ख्याको लगभग दुई प्रतिशत हिस्सा हो।

सन् २०२३ को नोभेम्बरमा अमेरिकी न्याय विभागले चेक रिपब्लिकमा बस्दै आएका एक भारतीय नागरिकमाथि पनि अमेरिकी भूमिमा यस्तै प्रकारको हत्याको योजना बनाएको आरोप लगाएको थियो ।

अभियोजकहरूले अदालतको कागजातमा उक्त योजनामा भारत सरकारका एक अधिकारीको पनि संलग्नता रहेको उल्लेख गरेका छन् । एएफपी

प्रतिक्रिया दिनुहोस