९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करार कर्मचारी हटाएर पुनः करार नै भर्ना 

अ+ अ-

काठमाडौँ । पछिल्लो समय सरकारी निकायहरूले करारमा काम गरिरहेका कर्मचारीहरूलाई धमाधम हटाएर पुनः करारमा नै राख्ने लहर नै चलेको देखिन्छ । खासगरी मन्त्री परिवर्तनसँगै आफ्ना तथा आफन्त व्यवस्थापन गर्ने नाममा विगतदेखि नै यस्तो खेल हुँदै आएको हो । 

खानेपानी तथा ढल व्यवस्थापन विभागले लामो समयदेखि काम गर्दै आएका करारका कर्मचारीहरू हटाएर फेरी करारमा नै कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको छ । विभागले मनोमानी ढंगले करारमा रहेका कर्मचारीहरू धमाधम हटाउँदै पुनः करारमा कर्मचारी राख्ने प्रक्रिया थालेपछि, यो विषयले काम गरिरहेका कर्मचारी निराश भएका छन् । यती मात्र होइन विभागले महिनौँदेखि उनीहरूको तलब समेत रोकिदिएको छ । 

वर्षौँदेखि काम गरिरहेका करार कर्मचारीहरूलाई विभागले बिहीबारदेखि लागु हुने गरी आफूखुसी बिदा गरेको छ । कुनै पनि सरकारी निकायले आवश्यकता अनुसार करारमा कर्मचारी राख्न र हटाउन पाउँछन्, तर उचित कारण खुलाउनुपर्दछ, । खानेपानी विभागले भने विना कारण करारका कर्मचारीलाई हटाएर फेरी करार सेवामा नै आफ्ना नजिकका मान्छेलाई राख्न लागेको कर्मचारीहरूले आरोप हटाइएका कर्मचारीले लगाएका छन् । 

विभागले महिला कार्यकर्ता, कार्यालय सहयोगी, कम्प्युटर अपरेटर, सब इन्जिनियर, खा.पा.स.टे. लगायतका धेरै करार कर्मचारीलाई विना कारण हटाएको गुनासो कर्मचारीहरूले गरेका छन् । चाडबाडको समयमा करारका कर्मचारीलाई तलब नदिई बिना कारण जिम्मेवारीबाट हटाउँदा समस्या भएको एक करार कर्मचारीले प्रशासनसँग भने ।

खानेपानी मन्त्री प्रदीप यादवले आफ्नो निकटका मान्छेहरूलाई जागिर दिलाउनको लागि विगत लामो समयदेखि करार सेवामा काम गर्दै आएका कर्मचारीहरूलाई हटाइ आफ्नो दमन पूर्ण शासन लागू गरेको उनले बताए । करिब १४/१५ जना करार कर्मचारीले साउनदेखि असोज मसान्तसम्मको तलब भत्ता अझैसम्म नि पाएका छैनन्, उनले भने, “तलब पाएका अरु कर्मचारीहरूलाई कुनै पनि कारण नखुलाई विभागले मौखिक रूपमा कात्तिक १ गतेदेखि कार्यालयमा नआउनु भनेको छ ।” 

करारका कर्मचारीलाई लामो समयसम्म पनि तलब नदिएको र विना कारण उनीहरूलाई कार्यालयमा नआउनु भनेर ठाडो निर्देशन दिएको भन्दै करार कर्मचारीहरूले गुनासो गरिरहँदा विभागका महानिर्देशक ई.रामकुमार श्रेष्ठ भने आवश्यकता नभएका कारण कर्मचारीहरूलाई हटाउनुपरेको बताउँछन् । हटाएका कर्मचारीहरू पनि कार्यालयमा आएर बस्ने गरेका कारण उनीहरूलाई तलब नदिएको महानिर्देशक श्रेष्ठले बताए । 

करार सेवामा नयाँ भर्ना गर्दै विभाग
करार कर्मचारीहरूले बिना कारण सेवाबाट निकालेको गुनासो गर्दै गर्दा यता विभागले भने करार सेवामा नै नेपाल इन्जिनियरिङ सेवा, राजपत्रांकित तृतीय श्रेणी, इन्जिनियर पदमा नयाँ भर्ना खुला गरेको छ ।

विभाग अन्तर्गत विभिन्न आयोजनाहरूको लागि स्वीकृत अस्थायी दरबन्दीमा रिक्त रहेका नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, राजपत्रांकित तृतीय श्रेणीका इन्जिनियर पदहरू आर्थिक वर्ष २०८१/०८२ को लागि खुला प्रतिस्पर्धाबाट सेवा करारमा लिई पदपूर्ति गर्नुपर्ने भएकाले सूचना जारी गरेको छ ।

अहिले देशभरका विभिन्न सरकारी निकायमा ६५ हजारभन्दा बढी करार कर्मचारी छन् । कार्यालयका हाकिमहरूले नै आफ्ना आफन्तलाई करारमा राखेको आरोप कर्मचारीहरूले लगाएका छन् । कार्यालयको आवश्यकता भन्दा पनि नेता तथा हाकिममुखी व्यवस्थापनका कारण करारका कर्मचारीको समस्या जटिल र विकराल बन्दै छ । यदि समयमै यसतर्फ ध्यान नदिने हो भने अर्को समस्या निम्त्याउने पक्का छ । 

प्रतिक्रिया दिनुहोस