६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायली आक्रमणमा गाजाको उत्तरी क्षेत्रमा ७ सय ७० जनाको मृत्यु

अ+ अ-

जेरुसलेम । हमासलाई पुनर्गठन हुनबाट रोक्ने उद्देश्यले इजरायलले सुरु गरेको आक्रमणमा गाजा क्षेत्रको उत्तरी भागमा सात सय ७० भन्दा बढी मानिसको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकायले बिहीबार बताएको छ ।

हमासको सन् २०२३ अक्टोबर ७ को आक्रमणपछि गाजामा करिब एक वर्षको युद्धपछि इजरायलले गत महिना लेबनानतर्फ आफ्नो ध्यान केन्द्रित गर्‍यो र हिजबुल्लाहको आक्रमणबाट आफ्नो उत्तरी सीमा सुरक्षित गर्ने प्रतिबद्धता जनायो ।

यसैबीच गाजाको उत्तरी भागमा दशौँ हजार नागरिक फसेका छन्  । त्यहाँ इजरायलले यस महिनाको सुरुमा सैन्य कारबाही सुरु गरेर हमासमाथि दबाब कायम राखेको छ ।

“उत्तरी गाजामा सैन्य कारबाही सुरु भएयता सात सय ७० भन्दा बढी मानिसको मृत्यु भएको छ”, क्षेत्रको नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बस्सलले भने । उनले भग्नावशेषमुनि मानिसहरू पुरिएका हुनाले मृत्यु सङ्ख्या बढ्न सक्ने बताए।

उनका अनुसार मध्य गाजामा विद्यालय–आश्रयस्थलमा भएको आक्रमणमा १७ जनाको मृत्यु भएको छ । इजरायली सेनाले भने उक्त स्थलमा हमास लडाकुहरूलाई लक्षित गरेर आक्रमण गरेको बताएको छ ।

उत्तरी क्षेत्रमा अब उसले प्राथमिक उद्धार सेवाहरू प्रदान गर्न नसक्ने नागरिक सुरक्षा निकायले बिहीबार बताएको छ । इजरायली सेनाले आफ्ना टोलीहरूलाई ‘बम विस्फोट गरी मार्ने’ धम्की दिएको आरोप लगाएको छ ।

इजरायली सेनाका अनुसार आक्रमणको उद्देश्य हमासले उत्तरमा पुनर्निर्माण गर्न खोजिरहेको सञ्चालन क्षमतालाई नष्ट गर्नु हो । सेनाले मानिसहरूलाई क्षेत्र खाली गर्न बारम्बार भनेको छ र त्यसो गर्न उनीहरूले सेनाले नियन्त्रण गरेका चेकपोइन्टहरू पार गर्नुपर्छ ।

एएफपीद्वारा प्रमाणित अनलाइनमा पोस्ट गरिएका तस्बिरहरूले यस्ता चेकपोइन्टहरू पार गर्न प्रतीक्षा गरिरहेका प्यालेस्टिनीहरूको भीड देखाएका छन् । केही प्यालेस्टिनीले यस प्रक्रियाको क्रममा दुर्व्यवहार वा हिरासतको बारेमा उजुरी गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस