७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभरकै उत्कृष्ट प्रजिअ बनेका अर्यालले सम्हाले पर्सा प्रशासनको कमान्ड, रुपन्देहीमा गरेका थिए यस्ता सुधार

अ+ अ-

रुपन्देहीमा जनप्रिय बनेका प्रजिअ गणेश अर्यालको कुशल नेतृत्वले पर्सामा प्रशासनिक सुधार, सीमामा सुदृढ सुरक्षा र जनउत्तरदायित्वमा नयाँ इतिहास रच्न सक्ला त ? सुधारको कस्तो उदाहरणीय मार्गचित्र अर्यालले पर्सामा कोर्न सक्लान् ?

काठमाडौँ । देशभरका प्रमुख जिल्ला अधिकारीहरूमा उत्कृष्टताको मापदण्ड कायम गर्दै, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले मंगलवारदेखि पर्सा जिल्लाको प्रमुख जिल्ला अधिकारीको रूपमा आफ्नो जिम्मेवारी सम्हालेका छन् । रुपन्देहीका नवनियुक्त प्रजिअ वासुदेव घिमिरेलाई जिम्मेवारी हस्तान्तरण गर्दै जाँदाजाँदै पहिलो पटक बरबुझारथसमेतको शुरुवात गरेका अर्यालले सोमबार नै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर पद बहाली गरेका हुन् ।

प्रजिअ अर्यालले रुपन्देहीमा रहँदा प्रशासनिक सुधार र जनसेवा प्रवाहमा गरेको प्रभावकारी सुधारका कारण राष्ट्रव्यापी ख्याति कमाएका थिए । पर्सा जिल्लामा थप जिम्मेवारी प्रदान गरिएको यस नियुक्तिले अर्यालको कुशल नेतृत्व र जनउत्तरदायित्वलाई पुनः पुष्टि गरेको छ ।

सीमामा सेवा सरल बनाउँदै,‘एकीकृत चेकजाँच विन्दु’को स्थापना
प्रजिअ गणेश अर्यालले भारतीय पर्यटकलाई सहज र व्यवस्थित सेवा प्रवाह गर्ने उद्देश्यले बेलहिया (सुनौली) र लुम्बिनी सांस्कृतिक नगरपालिकाको कक्रहवामा “एकीकृत चेकजाँच विन्दु” स्थापना गरे । यो एकीकृत चेकजाँच विन्दुले सीमामा यात्रीहरूको सहजता र सुरक्षाको प्रत्याभूति ग¥यो ।

नेपालकै लागि नयाँ मोडलको रूपमा परिचित यस प्रणालीमा अर्यालले यातायात र भन्सार कार्यालयलाई एकीकृत गरे । भन्सार परिसरमा लगभग ६ कि.मि. टाढा रहेको यातायात कार्यालयलाई प्रदेश मन्त्रालयसँग समन्वय गरी भन्सार परिसरमै ल्याएर पटके स्वीकृतिलाई सरल बनाउन महत्त्वपूर्ण पहल गरेका छन् । यस प्रणालीले सीमामा सेवा प्रवाहलाई सुविधाजनक मात्र बनाएन, सीमा व्यवस्थापनमा पनि उदाहरणीय सुधार ल्यायो ।

व्यवासयिक सुरक्षामा योगदान
भारतसँगको व्यापारिक सम्बन्धमा एकाधिकार तोड्नका लागि अर्यालले नेपाली ट्रक व्यवसायीहरूको व्यावसायिक सुरक्षालाई प्राथमिकता दिए । भारतीय मालवाहक साधनहरूले नेपाली बजारमा पुर्‍याउने सामग्रीहरूको एकाधिकारले नेपाली व्यवसायीहरूलाई असजिलो बनाइरहेको अवस्थामा अर्यालले भन्सार परिसरमै सामग्रीको पल्ट्रीको व्यवस्था गरेर नेपाली ट्रकमार्फत ढुवानी गर्न सक्ने व्यवस्था मिलाए । यस व्यवस्थाले नेपाली व्यवसायीहरूलाई व्यापारमा सहुलियत प्रदान गर्दै व्यापारिक क्षमता बढायो ।

प्रविधिमैत्री चेकजाँच प्रणालीको शुरुवात
अर्यालको अर्को महत्त्वपूर्ण कदम भनेको प्रविधिमैत्री चेकजाँच प्रणालीको स्थापना थियो । भारतीय भूमिमा नेपालतर्फका यात्रीहरूलाई खुला प्रवेश गर्न दिने अवस्थालाई अन्त्य गर्न, उनले नेपालतर्फ पनि भारतमा जस्तै प्रविधि जडित चेकजाँच प्रणालीको थालनी गरे । यो प्रणालीले सीमा सुरक्षा र सेवा सरलीकरणमा ठूलो सुधार ल्याएको छ । तत्कालीन गृह सचिव एवं हालका मुख्यसचिव एकनारायण अर्यालले उद्घाटन गरेको यो चेकजाँच प्रणाली नेपाल–भारत सीमा व्यवस्थापनमा ऐतिहासिक मानिएको छ ।

सरकारी सम्पत्ति संरक्षणमा उदाहरणीय कदम
अर्यालले सरकारी सम्पत्ति संरक्षणमा आक्रामक ढंगले प्रस्तुत भए । भैरहवास्थित एयरपोर्ट, मसानघाट र रानीगञ्जजस्ता स्थानमा अतिक्रमित सरकारी सम्पत्ति पुनः सरकारी स्वामित्वमा ल्याउन सफल भए । केही प्रभावशाली व्यक्तिहरूले अतिक्रमण गरेको सरकारी जग्गालाई फिर्ता गर्न उनले विशेष सक्रियता देखाए । यस क्रममा, संविधान सभा सदस्य कमलेश्वर पुरी गोश्वामीद्वारा अतिक्रमित सार्वजनिक जग्गा समेत नेपाल सरकारको नाममा ल्याइएको थियो । यी कार्यले अर्याललाई सम्पत्ति संरक्षणमा कडा र प्रतिबद्ध प्रशासकको रूपमा खडा गर्‍यो ।

सेवाग्राहीमैत्री वातावरण तथा संरचना निर्माण
जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै रुपन्देहीको जिल्ला प्रशासन कार्यालय परिसरमा नै सेवाग्राही लक्षित स्वास्थ्य परीक्षण केन्द्र स्थापना गरे । नागरिकहरूलाई राहदानी, राष्ट्रिय परिचयपत्र र अन्य आवश्यक सेवाहरू सहजरूपमा प्राप्त गर्न उनले सहायता कक्ष स्थापना गरे जसमा अनलाइन फारम भरिदिने व्यवस्था गरियो । यसले नागरिकहरूको सेवा लिने प्रक्रियालाई सरल बनाएको थियो ।

साथै, स्थानीय भाषा र राष्ट्रिय भाषामा श्रव्य सूचना प्रणालीको स्थापना गरेर नागरिकहरूलाई विभिन्न सूचनाहरू सजिलै पहुँचयोग्य बनाएका छन् ।

माफियाहरू विरुद्ध कठोर कदम
सीमा क्षेत्रमा हुने तस्करीलाई नियन्त्रण गर्न अर्यालले कडा कदम चाले । उनले राति १२ देखि १ बजेसम्म नियमित अनुगमन गर्दै मेडिकल माफिया र सीमा क्षेत्रमा हुने अन्य अवैध क्रियाकलापहरूलाई नियन्त्रणमा लिने काम गरे । नदीजन्य पदार्थको अवैध दोहनलाई रोक्न सुरक्षाकर्मीहरूको टोली तैनाथ गराई ठेक्का प्रक्रियामा हुने अनियमिततामा नियन्त्रण लिएका थिए । यसले गर्दा, अर्यालको प्रशासनिक कार्यशैलीलाई “दवंग” शैलीका रूपमा परिचित बनाएको थियो ।

निर्माण क्षेत्रमा सुधार प्रयास
प्रजिअ अर्यालले ठेक्का लिने तर काम नगर्ने निर्माण व्यवसायीहरूलाई कारबाहीको प्रक्रियामा ल्याउन महत्त्वपूर्ण कदम चाले । उनले बुटवल-बेलहिया सडक आयोजनामा ठेक्का लिएका तर काम नगर्ने व्यवसायीलाई कारबाही गर्दै परियोजनालाई पुनः सक्रिय बनाए ।

साथै, २०५६ सालमा करोडौँ लगानीमा बनेको तर प्रयोगविहीन बनेको भैरहवा बसपार्कलाई पुनः सञ्चालनमा ल्याएर जिरो प्वाइन्ट मान्दै नगरका अन्य बस स्टपहरूलाई बन्द गरेर बसपार्कलाई व्यवस्थित गरे ।

सामाजिक उत्तरदायित्व र सहानुभूतिपूर्ण नेतृत्व
सामाजिक संघ-संस्था र समुदायमा पनि अर्याल निकै लोकप्रिय बनेका थिए । सामाजिक संघ-संस्थाहरूमा प्रमुख अतिथिको रूपमा अर्यालको उपस्थिति देखिन्थ्यो, जसले केही राजनीतिक नेताहरूलाई नै लोभ्याएका थिए । रुपन्देहीमा अर्यालको लोकप्रियताका कारण कतिपय नेताहरूले आफ्नो नेतृत्वलाई चुनौतीका रूपमा लिइ बजेट उपलब्ध गराउन आग्रह गर्ने स्थिति सिर्जना भएको थियो ।

प्रजिअ अर्यालले साउदी अरबमा मृत्युदण्डको सजाय पाएका धनुषाका रामआशिष यादवलाई ब्लड मनी जुटाएर बचाउने कार्यले सर्वत्र चर्चा परिचर्चा कमायो । यादवले साउदी अरबमा सहकर्मीको हत्या गरेको मुद्दामा मृत्युदण्डको सजाय पाएका थिए, तर अर्यालले स्थानीय उद्यमी र व्यवसायीहरूलाई जुटाएर ब्लड मनी स्वरूप ४६ लाख २५ हजार रुपैयाँको प्रबन्ध गराए । यस अभियानमा लुम्बिनी प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद शर्मा र सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ लगायत ३० जना व्यवसायीहरूको आर्थिक योगदानले यादवलाई सजायबाट मुक्त गरियो ।

अर्यालको सहानुभूतिपूर्ण नेतृत्व र सामाजिक सक्रियताले उनलाई ‘भगवान्’को संज्ञा दिलायो, यादवकी पत्नीले उनको फोटो भगवानको रूपमा राखेर पूजा गर्ने बताई रहँदा प्रायः आलोचना खेपिरहने कर्मचारी नागरिकको हृदयमासमेत बास बस्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । यो घटनाले अर्यालको सामाजिक उत्तरदायित्व र करुणाको भावना उजागर गरेन, इच्छाशक्ति भएमा तोकिएका सीमित जिम्मेवारीबाट माथि उठेर कैयन् सामाजिक सेवाहरू गर्न सक्छ भन्ने उदाहरणसमेत प्रस्तुत गरेको छ । समाजमा सामाजिक न्याय र सहानुभूतिमा आधारित नेतृत्वको प्रेरणा प्रदान गर्दै अर्यालले एक सच्चा समाजसेवीको रूपमा आफ्नो प्रतिष्ठा कायम गरेका छन् ।

जनताको समस्यामा प्रत्यक्ष संलग्न रहन अर्यालले विभिन्न सामाजिक कार्यहरूमा नेतृत्व लिएका थिए । नागरिकहरूबाट “जहाँ दुख्छ त्यहाँ सिडिओ पुग्छ” भन्ने भनाइले उनको जनमुखी छवि निर्माण गरेको छ । प्रजिअ अर्यालले विजयादशमीको अवसरमा फूलपाती भित्र्याउने परम्पराको थालनी गरेर जिल्लामा राष्ट्रिय एकताको भावना बढाएका थिए ।

अन्य महत्त्वपूर्ण सुधारात्मक कार्यहरू
अर्यालले सरकारी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन पनि विविध सुधारात्मक कदम चालेका थिए । सरकारी सेवा प्रवाहमा पर्ने अवरोधहरूको हटाउन उनी पूर्णरूपमा समर्पित थिए। उनले बिचौलियाले कब्जा गरेका दर्जनौँ स्थानका सरकारी जग्गाहरूलाई नेपाल सरकारको नाममा ल्याउन आक्रामक गतिशीलता देखाएका थिए । त्यस्तै, उनले राज्यका सबै कर्मचारीहरूमा सेवकीय संस्कारको विकासका लागि कार्यालय प्रमुखहरूलाई तालिम दिने कार्यसमेत सुरु गरेका थिए । स्वास्थ्य क्षेत्रमा हुने तोडफोड र स्वास्थ्यकर्मीहरूमाथि हुने अभद्र व्यवहार नियन्त्रण गर्न छुट्टै मापदण्ड र व्यवस्थापन प्रणालीको थालनी गरे ।

पर्सामा प्रशासनिक सुधार र जनउत्तरदायित्वका नयाँ आयाम थप्ने दृढ अठोट
रुपन्देहीमा सुधारका केही महत्त्वपूर्ण कार्यहरू सम्पन्न गर्न सबै क्षेत्रको साथ, समर्थन र सहयोगले महत्त्वपूर्ण भूमिका खेलेको प्रजिअ गणेश अर्यालले बताए । ‘हरेक तह र तप्काका नागरिकको सहकार्यले शान्ति, सुव्यवस्था र सेवा सुधारको प्रयासलाई सफल बनाउन सम्भव भइयो, जसमा मन्त्रालयको ठोस सहयोग र मार्गदर्शनले ठूलो योगदान गर्‍यो।’

उनले थपे, ‘अब पर्सामा पनि प्रशासनिक सुधार, जनउत्तरदायित्व र सेवा प्रवाहमा नयाँ आयाम थप्न सबै पक्षसँग समन्वय गर्दै अघि बढ्न प्रतिबद्ध छु। मन्त्रालयले देखाएको विश्वासलाई इमानदारीपूर्वक पालन गर्दै आफ्नो कार्यकाललाई सम्झन लायक बनाउने मेरो दृढ संकल्प छ। पर्सामा सुधार र जिम्मेवारीप्रति जनतालाई अझ नजिक ल्याउने प्रयास गरिनेछ, जसले जनमुखी प्रशासनको उदाहरणीय भूमिका प्रस्तुत गर्नेछ।’

नयाँ जिम्मेवारीसँगै थप उच्च अपेक्षा
रुपन्देहीमा प्रशंसनीय काम गरेर ख्याति कमाएका अर्याललाई पर्सा जिल्लामा जिम्मेवारी दिनुले गृह मन्त्रालयले उनीबाट सुधारका थप उच्च अपेक्षा राखेको बताइन्छ । स्थानीय र सामाजिक सन्दर्भमा जनताको अपेक्षाअनुरूप सेवा प्रवाह गर्न अर्यालले पर्सामा थप प्रभावकारी कार्य गर्ने विश्वास लिएका गृह अधिकारीहरू बताउँछन् । हेरौँ, पर्सा जिल्लामा प्रशासनिक दक्षता, सेवा सुधार र नागरिक उत्तरदायित्वका थप क्षेत्रमा उनले कसरी उत्कृष्टता प्रदर्शन गर्नेछन् र आफ्नो सुदृढ प्रशासनिक दक्षता, जनमुखी छवि र अनुकरणीय कामका लागि थप कति प्रशंसा बटुल्न सक्नेछन् ।

सम्बन्धित समाचार : विमानस्थल जग्गा प्रकरणमा सिडिओ अर्यालको एक्सन, मालपोत प्रमुखलाई सोधे १० बुँदे स्पष्टीकरण 
सम्बन्धित समाचार : विमानस्थल जग्गा प्रकरणमा प्रशासनले हस्तक्षेप नै गरेको हो : सिडिओ अर्याल
सम्बन्धित समाचार : मसानघाटको जग्गा व्यक्तिको बनाउनेलाई कारबाही गर्न रुपन्देही प्रजिअ अर्यालको निर्देशन
सम्बन्धित समाचार : अनधिकृत बोर्ड हटाई सरकारी जग्गा संरक्षण गर्दै रुपन्देही प्रशासन
सम्बन्धित समाचार : सडक अलपत्र छोड्ने ठेकेदारलाई कारबाही गर्न रुपन्देहीका सिडिओको पत्र, मागे कागजात
सम्बन्धित समाचार : रुपन्देही सिडिओको स्टिङ अपरेसन, यात्रुसँग बढी भाडा लिने ट्याक्सी नियन्त्र
णमा
सम्बन्धित समाचार : सरकारी जग्गा संरक्षणमा डोजर लिएर आफैँ हिँड्छन् रुपन्देहीका सिडिओ
सम्बन्धित समाचार : चेकजाँच प्रणालीलाई वैज्ञानिक, व्यवस्थित र प्रविधिमैत्री बनाउने कार्य प्रशंसनीय-गृह सचिव अर्याल 
सम्बन्धित समाचार : रुपन्देही प्रशासनले शुरु गर्‍यो ‘अडियो नागरिक बडापत्र’, सेवा प्रवाहमा थप सहजता ल्याउने विश्वास
सम्बन्धित समाचार : रुपन्देही प्रशासन देशभरमै सर्वोत्कृष्ट, यी हुन् टपटेन जिल्ला प्रशासन कार्यालय 
सम्बन्धित समाचार : आमा आश्रममा, सामाजिक सञ्जालमा ‘ह्याप्पी मदर्स डे’ : प्रजिअ अर्यालको कटाक्ष-‘महान् सपूतको झलझली याद आयो’

प्रतिक्रिया दिनुहोस