७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिप मेलाबाट तालिम लिएकालाई महानगरले ‘अन द जब ट्रेनिङ’मा पठाउने

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिप मेलाबाट तालिम लिएका ३० प्रशिक्षार्थीलाई मासिक न्यूनतम १८ हजार रुपैयाँ पारिश्रमिक सहित विद्युतीय र अन्य सवारीसाधन मर्मतको ‘अन द जब ट्रेनिङ’ मा पठाउने भएको छ ।

यसका लागि महानगरपालिका र चाँगुनारायण फाउन्डेसनबीच सम्झौता भएको छ । महानगरपालिकाका तर्फबाट सामाजिक विकास विभाग प्रमुख समीक्षा निरौला र फाउन्डेसनका तर्फबाट अध्यक्ष मनिराज खत्रीले हस्ताक्षर गरेका छन् ।

गत वर्ष महानगरपालिकाले सिप मेलाबाट प्रदान गरेको अटो इलेक्ट्रिकमा ४० र इलेक्ट्रिकल भेइकल (ईभी) मा ६० जना गरी १ सय जनाले १ महिने तालिम लिएका थिए ।

उनीहरू सबैलाई सम्पर्क गर्दा ५० जनाले रोजगारीमा जान इच्छा देखाएका थिए । सहरी योजना आयोग सदस्य शैलेन्द्र झाका अनुसार इच्छुक ५० मध्ये ३० छनोट गरेर ‘अन द जब ट्रेनिङ’ मा पठाइने छ । यसरी पारिश्रमिक सहित तालिम र रोजगारीका लागि निजी तथा उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिले प्रतिबद्धता जनाएका छन् ।

फाउन्डेसनसँग २०८३ असार मसान्तसम्मका लागि सम्झौता भएको हो । जसअनुसार प्रशिक्षार्थीलाई आधारभूत तालिम दिएर महानगरपालिकाले अन द जब ट्रेनिङका लागि सिफारिस गर्ने छ । त्यसपछि कार्यस्थलमा सिप सिक्ने प्रबन्धको संयोजन फाउन्डेसनले गर्ने छ ।

यसरी कार्यस्थलमा सिप सिक्ने प्रशिक्षार्थीले मासिक कम्तीमा १८ हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन् । जसमा कार्यस्थल रहेको उद्योगबाट ९ हजार रुपैयाँ र फाउन्डेसनले ९ हजार रुपैयाँ प्रदान गर्ने छ ।

महानगरले विश्व श्रमिक दिवस २०८१ (१९ वैशाख) को अवसर पारेर टुँडिखेलमा ‘सिप मेला २०८१’ आयोजना गरेको थियो । ‘स्वरोजगार’, ‘रोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने लक्ष्य राखिएको मेलामा तालिम लिन ६८ हजार ८ सय ६६ जनाको आवेदन परेको थियो ।

१० विधाका ३० पेसासँग सम्बन्धित तालिम कक्षा सञ्चालन भएका थिए । १५ दिन र ३० दिन अवधिका तालिमबाट २ हजार ७ सय १५ जना प्रशिक्षार्थीले तालिम लिएका थिए ।

प्रतिक्रिया दिनुहोस