१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको विविधता विश्व समुदायकै लागि एक महत्त्वपूर्ण पुँजी : उपाध्यक्ष घिमिरे

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले जातीय, भाषिक, सांस्कृतिक तथा धार्मिक विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायकै लागि एक महत्त्वपूर्ण पुँजी रहँदै आएको बताएकी छन् ।

इसाई धर्मावलम्बीको चाड क्रिसमसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिँदै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण एक सुन्दर मुलुक भएको बताएकी हुन् ।

“विविधतायुक्त विशेषताले भरिपूर्ण मुलूकका सबै जाति, भाषा, धर्म, समुदाय र संस्कृतिको संरक्षण गर्नु र तिनीहरूको प्रवर्द्धन र विकासका लागि अभिभावकीय भूमिका निर्वाह गर्नु राज्यको दायित्व हो । यस अवसरमा सबै जाति, भाषा, धर्म, समुदाय र संस्कृतिको पहिचान, अपनत्व र अधिकारलाई स्थापित गर्दै सुदृढ राष्ट्रिय एकताका निम्ति क्रियाशील रहन आग्रह पनि गर्दछु”, उपाध्यक्ष घिमिरेले सन्देशमा भनेका छन् ।

नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृति सम्बन्धी हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै उनले संविधान प्रदत्त हक अधिकारहरूलाई कार्यान्वयन गर्दै प्रत्येक व्यक्ति तथा समुदायलाई आफ्नो समुदायको सांस्कृतिक जीवनमा सहभागी गराउँदै आफ्नो भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्नु हामी सबैको दायित्व भएको स्पष्ट परिन् ।

वर्तमान सरकार पनि संविधानद्वारा प्रत्याभूत गरिएका आम नेपाली नागरिकका हक अधिकारहरूको कार्यान्वयनमा प्रतिबद्ध भएर लागिरहेको उपाध्यक्ष घिमिरेको कथन छ ।

नेपालको राष्ट्रिय एकता, स्वधीनता तथा अखण्डतालाई मजबुद बनाउँदै, विभिन्न जात, जाति, धर्म, समुदायबीचको सु–सम्बन्धलाई प्रगाढ तुल्याउन तथा नागरिकमा बढ्दै गएको निराशालाई उत्साहमा बदल्ने गरी विकास र समृद्धिको अभियानमा जुट्न उपाध्यक्ष घिमिरेले सबैमा अपिल गरेका छन् । 

प्रतिक्रिया दिनुहोस