८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामूहिक प्रयासबाट मात्र भ्रष्टाचार नियन्त्रण सम्भव हुन्छ : आयुक्त डा. हरि पौडेल

अ+ अ-

इटहरी। भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनका लागि सामूहिक प्रयास अनिवार्य रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. हरि पौडेलले बताएका छन्। कोशी प्रदेशको विराटनगरस्थित उद्योग संगठन मोरङको सभा हलमा आयोजित प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा आयुक्त पौडेलले भ्रष्टाचार नियन्त्रणमा विभिन्न निकाय र जनसमुदायको सहभागिता अपरिहार्य रहेको बताए।

”भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी केवल अख्तियारको मात्र होइन, सबैको सामूहिक प्रयासबाट मात्र सम्भव हुन्छ,” आयुक्त पौडेलले भने। उनले भ्रष्टाचार नियन्त्रणका लागि आयोगले विगतमा दिएका सुझावहरूको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अख्तियारलाई संविधानले परिकल्पना गरेको नियन्त्रण र सन्तुलन कायम गर्ने संवैधानिक निकायको रूपमा उल्लेख गर्दै यसको भूमिकालाई सबैले सहयोग गर्नुपर्ने बताए। ”सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न कानुनको पालना गर्नु सबैको दायित्व हो,” मुख्यमन्त्री कार्कीले भने। यस्ता अन्तरक्रिया कार्यक्रमले नीति, कानुन र सुशासनका विषयमा ठोस छलफल गर्न र समाधानको बाटो पहिल्याउन सहयोग गर्ने उनको विश्वास थियो।

कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले प्रदेश सरकारले भ्रष्टाचार नियन्त्रणका लागि गरिरहेका प्रयासहरूको चर्चा गर्दै कर्मचारीहरूले नियम र कानुनको परिधिमा रही कार्यसम्पादन गर्नुपर्ने आवश्यकता औँल्याए। उनले प्रदेश सरकारले सुशासन प्रवर्द्धनका लागि अपनाएको नीतिहरूका बारेमा सहभागीहरूलाई जानकारी दिए।

कार्यक्रममा अख्तियारका महान्यायाधिवक्ता गंगाप्रसाद पौडेल र इटहरी कार्यालय प्रमुख सुरेश न्यौपानेले आयोगको कार्यपत्र प्रस्तुत गरेका थिए। इटहरी कार्यालयका शाखा अधिकृत अकिल बस्नेतले कार्यक्रम सञ्चालन गरेका थिए भने उपसचिव नीरजकुमार देवले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पारे।

कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राई, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री सृजना राई, माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्वो, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सुरक्षा निकायका प्रमुख, संघीय र प्रदेशस्तरीय कार्यालयका प्रमुखहरू लगायत तीन सयभन्दा बढीको उपस्थिति थियो।

कार्यक्रममा सहभागी जनप्रतिनिधि र कर्मचारीहरूले सक्रियताका साथ विभिन्न जिज्ञासा राख्दै आफ्ना सुझावहरू प्रस्तुत गरे। उनीहरूले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि स्थानीय तहदेखि प्रदेश र संघीय स्तरसम्म समन्वय र सहकार्यको आवश्यकता रहेकोमा जोड दिए।

कार्यक्रमको अन्त्यमा आयुक्त पौडेलले सहभागीहरूको जिज्ञासाको सम्बोधन गर्दै सामूहिक प्रयासको महत्त्व पुनः दोहोर्‍याए। उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गरिरहेको र यस्ता अन्तरक्रिया कार्यक्रमले सुशासन र पारदर्शितामा योगदान दिने विश्वास व्यक्त गरे। कार्यक्रम आयुक्त पौडेलले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस