८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली प्राविधिज्ञ विश्वव्यापी प्रतिस्पर्धा गर्न सक्षम छन् : मन्त्री दाहाल

अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाली प्राविधिज्ञहरूले विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम रहेका बताएका छन् ।  

पुलचोक इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियर विद्यार्थी समाज (सेस) ले आजदेखि सुरु गरेको सिभिल इञ्जिनियरिङ प्रदर्शनी ‘आधार’ को उद्घाटन गर्दै उनले विश्वका नवीन प्रविधि र अनुसन्धानमा नेपाली प्राविधिक तथा प्राविधिज्ञहरूले उल्लेखनीय नतिजा ल्याउने गरेको भन्दै निराश हुने अवस्था नरहेको बताए। मन्त्री दाहालले नेपाली प्राविधिकको ज्ञान र सीपलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियासमेत सुरु भइसकेको बताए । 

उनले नेपालमा पूर्वाधार र विकास निर्माणका काममा नेपाली इञ्जिनियर र प्राविधिकहरूको भूमिका सराहनीय रहेको उल्लेख गरे । “नेपाल अहिले निर्माणको चरणमा छ । नेपालमा अवसर छैन भनेर निराश मात्र हुने अवस्था छैन । सिकेको ज्ञान र सीपबाट नेपालकै समृद्धिका लागि योगदान गर्न सकिने आधार बनिरहेको छ”, मन्त्री दाहालले भने,“नेपाली प्राविधिक तथा वैज्ञानिकहरूले भू–उपग्रह प्रक्षेपणदेखि नवप्रवर्तनका विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेका छन् । युवाको ज्ञान, सीप र क्षमताको प्रोत्साहनका लागि सरकारले प्राथमिकता दिइरहेको छ ।” 

त्यस क्रममा उनले विद्यार्थीद्वारा सिर्जना गरिएका विभिन्न प्रदर्शनी स्टलको अवलोकनसमेत गरेका थिए। सेसका अध्यक्ष दिवस पौडेलका अनुसार विज्ञान प्रदर्शनी तथा प्रतियोगिताको १५औँ संस्करण तीन दिनसम्म चल्नेछ । प्रदर्शनी एवं प्रतियोगितामा विभिन्न ६० वटा प्रदर्शनी कक्षमा विद्यार्थीले सिर्जना गरेका सिभिल इञ्जिनियरिङ क्षेत्रका विभिन्न नमूना समावेश रहेको कार्यक्रमका संयोजक राहुल दासले बताए ।

प्रतिक्रिया दिनुहोस